×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीमा गएकाले जलविद्युतमा लगानी गर्न पाउने, काम नगर्नेको लाइसेन्स खारेज

बैशाख २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ वैशाख– सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई लगानी गर्ने अबसरसहित जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । सबै नेपालीले जलविद्युतमा लगानी गर्न पाउनेगरी नीति ल्याउने तयारी भएको उर्जामन्त्री वपर्षमान पुनले जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bank

‘पौने तीन करोड जनताले लगानी गर्न पाउने गरी आयोजना छनौटको काम भइरहेको छ’ अनलाइन मिडियाका सम्पादकहरुसँग आइतवार मन्त्रालयमा कुरागर्दै मन्त्री पुनले भने, ‘वैदेशिक रोजगारीमा गएका युवालाई लगानी गर्न विशेष ध्यान दिने छ ।’ वैदेशिक रोजगारीबाट आएको बिप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोले त्यसको सदुपयोग गर्नपनि जलविद्युतमा लगानी गर्न आकर्षक व्यबस्था गरिने मन्त्री पुनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वैदेशिक रोजगारीमा गएका लाखौं युवाले पठाएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भएको छ । विदेशबाट पठाउँदासम्म घरखर्च चलेको छ, फर्केर आउदा रित्तै’ नेपाली गाम्रीण अर्थतन्त्रको बनाबट फेरिएको टिप्पणी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘प्रतिफलको सुनिश्चिततासंगै जलविद्युतमा लगानीको अबसर दिइयो भने युवाहरुले घरखर्च कटाएर पनि विद्युतमा शेयर हाल्छन् । बिदेशबाट फर्केर आउँदा जलविद्युतको शेयर पेन्सन जस्तै हुन्छ ।’


Advertisment
Nabil box
Kumari

विगतमा पति विदेशमा भएपनि पत्नीले गाउँमा खेतबारीमा काम गरेर घरखर्च चलाउने परिपाटी पछिल्ला दिनमा बन्द भएको उदाहरण दिँदै मन्त्री पुनले भने, ‘वैदेशिक रोजगारीका कारण ग्रामीण क्षेत्रमा देखिएको समस्या भविष्यमा झन भयाभह बन्ने खतरा छ ।’ यसका लागि सरकारले नै ग्यारेन्टि लिएर जलविद्युत आयोजना छान्ने उनले बताए । 

Vianet communication
Laxmi Bank

‘जलविद्युतको शेरका नाममा धेरै नेपाली ठगिएका छन्’ मन्त्री पुनले भने, ‘जुन पायो त्यही कम्पनीको शेयर किनेर फाइदा हुँदैन भनेर सञ्चारकर्मीले चेतना फैलाइदिनु पर्र्यो ।’ निजी क्षेत्रका जलविद्युत कम्पनीहरुले अनावस्यक खर्च देखाएर आफूहरुले फाइदा लिने र सर्बसाधारणको पैसा हिनामिना गर्ने गरेको उनले बताए । 

दश वर्षमा दश हजार मेगावाट खपत

मन्त्री पुनले दश बर्षमा नेपालको विद्युत खपत १० हजार मेगावाट बनाउने गरी उत्पादन बढाइने बताए । अहिले विद्युत खपत १३ सय मेगावाट हाराहारि छ । 

मन्त्री पुनले घरघरमा विद्युतीय चुलो र विद्युतीय सवारीलाई प्रबद्धन गर्ने नीति लिन लागेको बताए ।

‘दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्न दश बर्षमा दश हजार मेगावाट विद्युत जरुरी छ’ मन्त्री पुनले भने, ‘यसका लागि स्वदेशमै बजारको सृजना गछौ, बाँकी रहेको विद्युत निर्यात गर्नेगरी चीन र बंगलादेशसँग समेत विद्युत खरिद सम्झौता गछौ ।’

भारतसँग सुख्खा याममा नेपालले विद्युत किन्ने र वर्षायाममा भारतलाई विद्युत बेच्नेगरी पावर बैंकको अवधारणामा छलफल भइरहेको उनले बताए । 

बूढीगण्डकी अगाढि बढ्ने

उर्जामन्त्री पुनले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढ्ने जानकारी गराए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिएको लाइसेन्स पूर्ववर्ती शेरबहादुर देउवा सरकारले खारेज गरेर स्वदेशी लगानीमा बनाउने तयारी गरेको थियो । 

तर उनले कुन मोडलमा आयोजना बन्ने भन्नेबारे स्पष्ट पारेनन् । सरकारले सो आयोजना चिनियाँ कम्पनीलाई दिने तयारी पनि गरेको चर्चा छ । विद्युतका अतिरिक्त सिंचाइ र पर्यटनलाई समेत जोडेर यसलाई बहुउदेश्सीय आयोजना बनाउन सरोकारवालाले माग गरेका छन् ।

बूढीगण्डकी बनाउका लागि सरकारले इन्धनमा अतिरिक्त शूल्क लगाएको थियो । जसबाट १८ अर्ब रुपैया जम्मा भएको छ । मुआव्जा र क्षतिपूर्ति बापत ९४ करोड रुपैयाँ लाग्ने र सो रकमले ३ सय मेगावाटको अर्को आयोजना बन्ने मन्त्री पुनले बताए ।  

मन्त्री पुनले विद्युतको लाइसेन्स ओगटेर काम नगर्नेको लाइसेन्स खोसिने बताए । ‘गलानी गर्न सक्नेसँग लाइसेन्स छैन, जसले लाइसेन्स ओगटेको छ त्यससँग लगानी छैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x