पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हाम्रो गाउँ गैरीखेतका अधिकांश पुरुषहरु रोजगारीका लागि भारत पसेका हुन्थे । गाउँघरका सबै जसो गतिविधि महिलाहरुले चलाउँथे । गाउँका बस्तुभाऊ हरु महिलाहरुले नै पालेका भएर होला पुरुषहरुलाई पटक्कै मन पराउँदैनथे । दूधालु गाई भैँसीले पनि केबल महिलालाई मात्र दूध दिन्थे ।
हाम्री जेठी भाउजुको दुहुनो मार्चे भैँसी त्यस्तै असजिलो मध्येको एक थियो । भाउजुको खास प्यारो त्यो भैँसी हामीलाई देखि नसहने मार्नै खोज्ने त्यसैले हामी त्यसलार्ई मार्चे भैँसी भन्थ्यौ । म पनि छन त गाउँमै थिए तर बस्तुभाउलाई घाँसपात गर्न अलिक कठिन मान्थे । त्यसैले मलाई बस्तुभाऊहरुले झन रुचाउदैनथे । भाउजु बाहेक कसैलार्ई दूध नदीने मार्चे भैँसीले म र अरु कसैलार्ई दूध दिने त कुरै भएन ।
तर प्रत्येक महिना भाउजु पर सरेको बेला हामीलार्ई ठुलै समस्या पर्दथ्यो । त्यो बेला मार्चे भैँसी दुहुनका लागि हामी केटाहरुले केही न केही गर्नु पर्दथ्यो । नत्र दूध नपाइने । यसका लागि हाम्रो साहारा भएका थिए भाउजुले फालेका पुराना कपडा । दूध खाने लोभमा हामी तिनै कपडा लगाउँथ्यौ र ठेकी लिएर मार्चेको भकारोसम्म जान्थ्यौं । मै हु भन्ने मार्चे पनि हाम्रो नाटकबाट झुक्किन्थ्यो । यसरी हामीले मार्चे भैँसीको दूध दुहेरै छाड्थ्यौं । जब ठेकी दूधले भरिन्थ्यो कपडा कहिल्यै नचाहिएला जस्तो गरि घरको कुल्सेडामा फालिन्थ्यो । अनि अर्को महिना फेरी खोजिन्थ्यो किनकी मार्चे भैँसीलार्ई फकाएर दूध झार्ने अचुक अस्त्र थिए ती पुराना थाङ्ना ।
नेपालमा चल्ने भारत बिरोधी राष्ट्रवादी नारा पनि तिनै पुराना थाङ्ना जस्तै भएको छ । जनताबाट भोट झार्ने अचुक अस्त्र । फरक यत्ति हो भाउजुका थाङ्ना महिने पिच्छे मार्चे भैँसी झुक्याउन प्रयोग हुन्थे । राष्ट्रवादी नारा जनता झुक्याउन प्रत्येक चुनावमा प्रयोग हुन्छन् । जनताबाट भोट खसाल्न परेमा भारत विरोधी राष्ट्रवाद भिरेर गाउँ छिर्यो । हामीले मार्चे भैँसी झुक्याएर दूध झारेझै जनतालाई बेवकुफ बनाएर भोट झार्यो । कपडा कुल्सेडामा फालेर दूधको ठेकी लिएर घरभित्र छिरेझै भोट पाएपछि राष्ट्रवादी खोल कुना कन्दरामा फालेर दिल्ली छिर्यो । समयमा कुरो नबुझे पछि, न भाउजुको मार्चे भैँसीले ठेकीमा झरी सकेको दूध फिर्ता लान सक्थ्यो न जनताले पार्टीको झोलीमा खसाली सकेको मत फिर्ता लान सक्छन् ।
खास गरि नेपालका वाम दल र यसका नेताहरुले शक्तिमा नपुन्जेल राष्ट्रवादी नाराको भरपुर उपयोग गर्ने गर्छन् । पछिल्लो पटक हाम्रा प्रधानमन्त्री केपी ओलीले यसको प्रयोग गरेर राम्रै लाभ हासिल गरे । जब उनको ठेकी भोटले भरियो ओलीले बोली फेरे ।
गत बर्ष ६ भदौ तिर होला तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमण जानु पुर्व ओलीले शंसद मार्फत भारत गएर के गर्ने भनेर देउवालार्ई खास खास सुझाब दिएका थिए । ओलीको भनाइ साच्चिकै दमदार थियो ।
उबेलामा ओलीले देउवालार्ई सुझाब दिएको पहिलो बिषय कोशी बाँधसम्बन्धी थियो । कोशी बाँधका सबै गेटहरुको साँचो उताकाको हातमा मात्र भयो । यतातिर डुब्दा पनि गेट खोलिएन । ‘प्रधानमन्त्री ज्यू तपाईं दिल्ली जाँदै हुनु हुन्छ । कोशी बाँधका गेट खोल्ने साँचो मागेर ल्याउनु होस् ।’
ओलीको दोश्रो विषय सीमा रेल सम्बन्धी थियो । ओलीले भनेका थिए, ‘तपार्ईं सीमा रेल भन्नुहुन्छ । सीमा रेल कसरी हुन्छ ? सीमा भन्दा उताको उतै यताको यतै हुने सीमा नछिचोल्ने रेलको कुरा गर्नु होला ।’
ओलीको तेश्रो र अझ दमदार कुरा त सीमा पारि भारतीयहरुले बनाएका बाँधका सम्बन्धमा थियो । ओलीले भनेका थिए, ‘भारतीयहरुले सीमानाबाट बगेर गएका नदी–नालामा नेपालको सहमतिबेगर बाँध बाँधेका छन् । यो अन्तर्राष्ट्रिय मान्यता र कानून विपरित छ । यसले नेपालमा क्षति पुर्याएको छ । प्रधानमन्त्रीले यी बाँध भत्काउने र आइन्दा कानून विपरित बाँध नबनाउन भारतलाई सहमत गराउनु पर्यो ।’
ओलीले देउवालार्ई सुझाब दिएको चौथो विषय उर्जा व्यापारसम्बन्धी थियो । उनले भनेका थिए, ‘भारतीयहरुले आफ्नो लगानी भएको उर्जा मात्र किन्ने नीति सार्वजनिक गरेका छन् । त्यो नेपालको हितमा छैन । नेपालको हित अनुकुल हुने गरी उर्जा व्यापारसम्बन्धी भारतीय नीतिमा परिवर्तन गराउन पहल गरियोस् ।’
उबेला ओलीले उठाएको पाँचौ विषय भारतीयहरुले अटेरी गरेर उपयोग गरिरहेको विराटनगरको घर तथा कम्पाउण्डसम्बन्धी पनि थियो । कोशीमा बाढी आउँदा कोशी ब्यारेजको अस्थायी सम्पर्क कार्यालय स्थापनार्थ भारत सरकारको अनुरोधमा उपलब्ध गराइएको विराटनगरको त्यो घर कम्पाउण्ड भारतले अझैसम्म छाडेको छैन । ओलीले देउवालाई भनेका थिए, ‘भन्दा सम्पर्क कार्यालय भनिए पनि त्यसले अनधिकृत काम गरेको छ । पटक पटकको ताकेताका बाबजुद घर कम्पाउण्ड नछोडेर भारतले गल्ती गरेको छ । यो दिल्ली भ्रमणपछि त्यो घरबाट भारतीय सम्पर्क कार्यालय हटाउन पहल होस् ।’
कञ्चनपुरको पुनर्बासमा भएको गोविन्द गौतमको हत्या, सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हुने अत्याचार, सुपुर्दगी सन्धी लगायतका विषयमा कुरा गरेर समस्या सल्टाउन ओलीले देउवालार्ई सुझाव दिएका थिए ।
नेपालमा भारत विरोधी जनमत भएको बुझेका ओलीले पहाडी मुकामहरुमा जाँदा खुलेरै भारतीय रबैयाको विरोध गरी नेपालीहरु मन जितिसकेका थिए । अझै संसदमै उभिएर बोले पछि ओलीको राष्ट्रवादी रुझानमा कसैले शंका गर्ने कुरै भएन । त्यसपछि भएका सबै चुनाबमा ओलीको बोली विक्यो, अत्याधिक भोट पाए ।
संयोग भनौ संसदमा देउवालार्ई सुझाव दिएको एक बर्ष नपुग्दै ओली आफैं प्रधानमन्त्री बने । ओलीले आफैंले उठाएका विषयहरु उनको भारत भ्रमणको कार्यसूची बन्नेछन् भनेर अपेक्षा गर्नु स्वभाविक थियो । किनकी तत्कालीन प्रधानमन्त्री देउवामार्फत गराउन खोजिएका काम आफैंले गर्न सक्ने बलियो हैसियत लिएर ओली आफै भारत जाँदै थिए ।
तर अहिले ओली प्रधानमन्त्रीको रुपमा भारतको सयर गरेर फर्केका छन् । उबेलामा ओलीले बोलेका कुनै विषयमा पनि यस पटक दिल्लीमा छलफल भएको पाइएन । पहिले आफैंले जोडदार रुपमा उठाएका बिषयहरु अहिले उनको मेनुमा परेनन् । उल्टो जलमार्गको सपना नेपालीहरुलार्ई देखाएर, कोशीमा उच्चबाँध बनाउने भारतीय एजेण्डालार्ई घुमाउरो पाराले स्वीकार गरी नेपालीकै एजेण्डाजस्तो बनाए । रेल, तेल, पानी, विजुली आदिको उत्तर तिरबाट दिर्घकालीन रुपमा लेनदेन हुने सम्भावना अब कम भएको छ । अर्थात् ओलीले विपक्षमा हुँदा दुनियालाई देखाएको राष्ट्रवादी बस्त्र आफैंले उतारि सकेका छन् ।
पहिले ओली सीमापारीका बाँधहरु अन्तर्राष्ट्रिय कानूनबिपरित भएको र नेपालको अनुमति बेगर निर्माण गरिएकाले भत्काउनका लागि भारतसंग छलफल गर्न देउवालार्ई सल्लाह दिन्थे । अहिले उनै ओलीको सरकारले महाकाली नदीमाथि भारतीयहरुद्वारा अनधिकृत बनाइएका पुलहरु सन्चालन गर्न अनुमति दिएका खबरहरु आएका छन् । विज्ञहरुले अत्यन्तै सम्बेदनशस्ल भएकोले अनुमति नदिन गरिएको आग्रहको बेवास्ता भएको बुझिएको छ ।
पहिले ओलीले कोशी बाँधको साँचो मागेर आउन सल्लाह दिन्थे । अहिले ओलीले पानी जहाज ल्याउँछु भन्दै कोशिमा उच्चबाँध बनाउन भारतलार्ई हरियो झण्डा देखाएका छन् । बिराटनगरको घर कम्पाउण्डको बारेमा उनले कहिँ कतै बोलेको र भारतले सुनेको देखिएन । ओलीले नेपालको उर्जामा भारतीय लगानीको एकाधिकार हुनु पर्ने भारतीय नीतिको विपक्षमा बोलेको सुनिएन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ज्यादतीलगायत तत्कालीन प्रधानमन्त्री देउवालाई सुझाब दिँदै उनले संसदमा बोलेका कुनै पनि विषय आफैंले मौका पाउदा पटक्कै उठाएनन् । उल्टो भारतीय स्वार्थ र चासो सम्वोधन गर्न खोजेको जस्तो देखियो । अन्तमा उनी भारतका एक असल मित्र बनेर फर्किए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले भारत संगको सम्बन्धले नयाँ उचाइ पाएको ‘तस्बिर सार्वजनिक’ गरे ।
प्रधानमन्त्री हुनुपूर्व ओलीले संसदमा बोलेका कुराको कुनै अर्थ थिएन भन्नु सही हुने छैन । तर साँचो अर्थमा परिवर्तनका लागि नवोलेको बुझ्न भने अब कठिन छैन । मार्चे भैँसीले भाउजुका कपडा नलगाइ दूध दिन्न भन्ने हामीले बुझेजस्तै भारतको बिरोध गरेर राष्ट्रवादी नदेखिएसम्म जनताले भोट दिन्नन् भन्ने राम्रोसँग बुझेका रहेछन् ओलीले । अतः उनले त्यही गरे जो हामीले मार्चे भैँसी झुक्याएर दूध झार्न गर्दथ्यौं । हामी भाउजुको नक्कली आवरणमा दूध दुहुने काम गर्दथ्यौं । भारतीयहरुका पुराना मित्र ओलीले राष्ट्रवादी आवरणमा भोट दुहुने काम गरे । कोशीको बाँधले उचाइ लिने भए पछि ओलीसंगको भारतको सम्बन्धले पनि थप उचाइ लिने नै भयो । बस उहिले मार्चे भैँसी झुक्कीए जस्तै अहिले हामी जनता झुक्कियौं ।
(कडेल क्विन्स विश्वविद्यालय युकेमा बिद्यावारिधि गर्दैछन् ।)
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...