निर्वाचनमा अन्तर्घात गर्नेलाई कडा कारबाही हुन्छ : देउवा
हेटौँडा, ३ वैसाख - नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताउनुभएको छ ।
नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताउनुभयो । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाउनुभयो ।
सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताउनुभयो ।
प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताउनुभयो । रासस
बैशाख ३, २०७५ मा प्रकाशितथप समाचार
- कार्यकर्ताको नाराबाजीपछि एमाले-माओवादी संयुक्त कार्यक्रमको ब्यानर हटाइयो
- बुद्धिजीवीहरुप्रति ओलीको आक्रोश : विकासको कुरा गर्दा महेन्द्रपथमा गयो भन्दिने !
- नवीना लामा व्यक्तिगत काममा व्यस्त, उपाध्यक्ष बर्तौला बने अनेरास्ववियूकाे कावा अध्यक्ष
- कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक ( पूर्ण पाठसहित)
- बरु खुट्टा ताछतुछ पारेर मिलाउनुपर्छ, पार्टी एकताको विकल्प छैन- ओली
- लेनिनको फोटो ‘मेचमाथि’, सभागृहमा एउटै कार्यक्रमका दुई ब्यानर
ताजा समाचार
- निजी स्कूलले गरेको शुल्क वृद्धिको निर्णयविरुद्ध विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा
- विद्यार्थीलाई छुरा हान्ने व्यक्ति पक्रन प्रहरीको हवाइ फायर, ३ जना नियन्त्रणमा
- गीतकार पाण्डेयको गितीसंग्रह ‘अतृप्तज्योति’ बजारमा
- जनआन्दोलनका घाइतेको माग : बाँच्नका लागि जागिर देऊ सरकार !
- २२ किलो सुन तस्करीका नाइको पक्राउ
प्रतिक्रिया दिनुहोस