आइपीएल : दिल्लीको लगातार तस्रो हार

बैशाख ४, २०७५

काठमाडौं, ४ वैशाख– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डियर डेभिल्सले अर्को हार भोगेको छ । सोमबार बेलुका भएको खेलमा कोलकाता नाइट राइटर्ससँग दिल्ली पराजित भएको हो ।

यो हारसँगै दुई अंक जोडेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ । कोलकाताले दिल्ली डियर डेभिल्सलाई ७१ रनले हराएको हो । कोलकाताको यो दोस्रो जित हो भने दिल्लीको तेस्रो हार ।


कोलकाताले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले १४ ओभर २ बलमा अल आउट हुँदै मात्रै १२९ रन बनाउन सक्यो । कोलकाताका कुलदीप यादव र सुनिल नरिनले समान तीन तीन विकेट लिए । 

दिल्लीका लागि ग्लेन म्याक्सवेलले २२ बलमा ४७ तथा ऋशव पन्तले २६ बलमा ४३ रन बनाए पनि हार टार्न सकेनन् । दिल्लीका अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

यसअघि पहिले ब्याटिङ्ग गरेको घरेलु टोली कोलकाताले ९ विकेटको क्षतिमा २०० रन बनायो । उसका लागि नितिश राणाले ३५ बलमा ५९, आन्द्रे रुसेलले १२ बलमा ४१, रोबिन उथप्पाले १९ बलमा ३५ तथा क्रिस लिनले २९ बलमा ३१ रन बनाए । जितपछि दोस्रो स्थानको कोलकाताको चार अंक भएको छ । 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस