पुरुषलाई सर, महिलालाई बहिनी !

बैशाख ४, २०७५

काठमाडौं, ४ बैशाख– महिला र पुरुष दुबैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरुलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली भने फरक छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–महिलालाई तिमी र बहिनी सम्बोधन गरिन्छ भने पुरुषलाई तपाईँ र सर !
कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्न भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लिल भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग अली नजिक भएर बोल्यो भने चरित्रमाथि शंका गर्ने परीपाटी पनि छँदैछ । यसले महिला कर्मचारीमाथि मानसिक तनाव सिर्जना गरेको पनि समाचारमा उल्लेख छ । 
 


बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस