रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

बैशाख ४, २०७५

नुवाकोट, ४ बैशाख-  दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाइएको छ । केक काटेर नौलो तरिकाले पहिलो पटक रेडपान्डाको जन्मदिन मनाइएको हो । वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउन सुरु गरिएको हो ।

२३औँ वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताको अवसरमा रसुवाका प्रदेश ‘ख’का सांसद प्रभात लामाले केक काटेर खेल उद्घाटन गरे । रसुवा सदरमुकाम धुन्चेमा नवौं रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता र छैटौँ\ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ । जिल्ला समन्वय समिति रसुुवा, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।


ADVERTISEMENT

कार्यक्रम सञ्चालन गर्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेका छन् । कार्यक्रमका लागि पाँचवटा गाउँपालिका, विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत् आयोजनाले सहयोग गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपान्डा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिए । गतवर्षदेखि सुरु भएको रेडपान्डाको शून्य चोरीसिकार अभियान यस वर्ष सफल भएको उनले दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ  ।

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार