अमेरिका-चीन व्यापार विवादले घाटा कसलाई ?

बैशाख ४, २०७५

काठमाडौँ, ४ बैशाख-विदेशी स्टिल र आल्मुनियममा अमेरिकाले गत महिनादेखि भन्सार शुल्क लगाउन थाल्यो ।
आजको कान्तिपुर दैनिक लेख्छ-लगत्तै चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने मासु, फलफूल, वाईनजस्ता १ सयभन्दा बढी सामानमा भन्सार शुल्क लागाउने निर्णय गर्यो । 

दुबै देशले एकअर्काका ५० अर्ब डलर बराबरको सामानमा भन्सार शुल्क लागाउने  तयारी गरिरहेका छन् ।


ADVERTISEMENT

अर्थशास्त्रीहरु चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लागाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपार्ने बताउँछन् । तर, यसले देशैभर सबै खाले वस्तुको मुल्य बढ्ने उनीहरुको अनुमान छ । 

अमेरिकी कृषि, उड्ययन र उत्पादन उद्योगमा चीनसँगको व्यापार विवादको भने ठूलो   प्रभाव पर्नेछ ।
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस