पुलित्जर पुरस्कार- न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई प्रदान

बैशाख ४, २०७५

काठमाडौं, ४ वैशाख– यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ ।

पुलित्जर पुरस्कार अमेरिकी पत्रकारिता क्षेत्रमा सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ । यो पुरस्कार सन् १९१७ मा सुरु गरिएको थियो । 


फिल्मी दुनियाँका महत्वपूर्ण व्यक्तित्व वाइन्सटानमाथि विभिन्न महिला र अभिनेत्रीले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका छन् । तर, उनले भने सहमति मै आफूले महिलाहरुसँग सम्बन्ध राखेको दाबी गर्दै आएका छन् । 

लण्डन, न्यूयोर्क र लस एन्जलस्का प्रहरीले उनी विरुद्ध जाँच गरिरहेका छन् ।

यस्तै सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको रिपोर्टिङका लागि वाशिंटन पोष्ट र न्यूयोर्क टाइम्सलाई संयुक्त रुपमा खोजी पत्रिकारिता पुरस्कार प्रदान गरिएको छ ।
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस