×

NMB BANK
NIC ASIA

रुघाखोकीले सतायो ? अपनाउनुस् यी सरल ५ उपाय

चैत २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेवित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएकाले यस्तोमा आधुनिक औषधीको प्रयोग आवश्यक छैन । बरु घर अथवा कार्यालयमै बसेर रुघाखोकीलाई कम गर्ने अनेक उपाय गर्न सकिन्छ । यसरी कम गर्न सकिन्छ रुघाखोकी:

Muktinath Bank

क. नाक बजाउनुहोस् : रुघा लागेको बेला नाकलाई नियमित रूपमा सफा गर्नु जरुरी हुन्छ । त्यसका लागि एकापटिको नाकको प्वाल पुरिने गरी माथिबाट हातका औँलाले थिच्ने र अर्को खुला नाकको प्वालबाट ‘सीँ’ गर्नु उचित हुन्छ । दुवै नाक यसैगरी सफा गर्नुहोसस् र यति गरिसकेपछि हात र नाक दुवै सफा गर्नुहोस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

. आराम गर्नुहोस् : रुघाखोकीमा किन आराम गर्ने भन्ने लाग्न सक्छ । रुघाखोकीमा आराम गर्दा रुघाखोकी छिटो निको हुने सम्भावना बढी छ किनभने तपार्इँ आराम गरेर बस्दा तपाईँको शरीरको रोग प्रतिरोधात्मक क्षमता केवल रुघाखोकी नियन्त्रणमै मात्र केन्द्रित हुन्छ र छिट्टै रुघाखोकी निको हुन्छ ।


Advertisment
Nabil box
Kumari

. कुलुकुल गर्नुहोस् (कुल्ला) : मनतातो पानीमा नुन ९सम्भव भए बिरेनुन ०हालेर कुल्ला गर्नुहोस् । यसले तपाईँको घाँटीभित्रको सुख्खा भागलाई स्वस्थ्य पार्न धेरै मदत मिल्छ । दिनको चार पटक यसो गर्नु ठिक हुन्छ । कुल्ला गर्ने पानीमा नुनसँगै मनतातो पानीमा कागती राख्नु उचित हुन्छ ।

Vianet communication
Laxmi Bank

. तातो तरल पदार्थ र फलफूल खानुहोस् : तातो पानी नियमति पिउँदा त्यसले बन्द भएको नाकलाई खुलाउन सहयोग गर्छ । अहिले त स्थानीय बजारहरूमा तुलसी लगायतका जडीबुटी राखिएका चियाहरू समेत उपलब्ध छन् । त्यस्तै, फलफूलमा पर्याप्त भिटामिन हुने भएकाले सबैखालका रोगसँग लड्दछ । तिनको सेवन गरे झनै राम्रो । यसर्थ, रुघाखोकीको बेला खासगरी सुन्तलजन्य फलफुल अत्यन्त लाभकारी हुन्छ ।

. वास्फस्नान : आम नेपालीहरूले तातो वाफको स्नान लिन उति व्यवहारिक छैन तर सम्भव भएसम्म तातो पानीले नुहाएर तत्कालै रुमालले पुछ्दा रुघाखोकीमा धेरै राहत हुन्छ । र, अर्को कुरा धेरैले रुघाखोकीमा सिँगान पुछ्ने रुमाल बारम्बार एउटै प्रयोग गर्ने गर्छन् । यो एकदमै गलत हो । एक पटक प्रयोग गरेको रुमाल दोहो-याएर प्रयोग नगर्नुस् । त्यसका सट्टा बजारमा उपलब्ध टिस्यु पेपर प्रयोग गर्नुस् । प्रयोग गर्नुस्, फाल्नुस् ।

यसो गरेमा तपाईँको रुघाखोकी सहजै निको हुन्छ । ख्याल राख्नुहोस् , प्रकृति आफैँमा ठुलो औषधालय हो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x