अपडेट : दुर्घटनामा परेका मेयरसहित ७ जनाको उपचार हुँदै
रुकुम, ४ वैशाख– चौरजहारी नगरपालिका–५ मा भएको सडक दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेहरुको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, लेखापाल लोकेन्द्र परियार रहेका छन् । यसैगरी घाइते हुनेमा वडा नं.२ का पार्वती न्यौपाने, वडा नं. ३ का तेजवहादुर वटाला, वडा नं. ५ का भरत शर्मा रहेका छन् ।
विद्यार्थीको पोशाक वितरणका लागि जाँदै गर्दा नगरपालिकाको भे १ ज २४३ नम्बरको जिप चौरजहारी नपा वडा नं. ४ को मेलैनाउलीमा दुर्घटनामा परेको हो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
थप समाचार
- असुरक्षित बन्दै विराटनगर, युवकमाथि छुरा प्रहार गरी लुटपाट
- पोथी हात्तीसँगै बस्दै आएको ध्रुवे फेरि मात्तियो
- महिलामाथि एसिड छ्याप्ने प्रहरीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन
- प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट
- ३३ किलो सुन प्रकरण : पूर्व डिआईजी निरौलालाई बिराटनगर झिकाइयो, २२ जनामाथि अनुसन्धान चल्दै
- सेनाको श्रीमतीलाई प्रहरी नायब निरीक्षकले एसिड छर्किए
ताजा समाचार
- निजी स्कूलले गरेको शुल्क वृद्धिको निर्णयविरुद्ध विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा
- विद्यार्थीलाई छुरा हान्ने व्यक्ति पक्रन प्रहरीको हवाइ फायर, ३ जना नियन्त्रणमा
- गीतकार पाण्डेयको गितीसंग्रह ‘अतृप्तज्योति’ बजारमा
- जनआन्दोलनका घाइतेको माग : बाँच्नका लागि जागिर देऊ सरकार !
- २२ किलो सुन तस्करीका नाइको पक्राउ
प्रतिक्रिया दिनुहोस