घरमा यस्ता फोटो राख्दा के हुन्छ ?

काठमाडौं — घर सजाउनका लागि तस्वीर र पेन्टिङहरू प्रयोग गरिन्छ । यस्ता तस्वीरले घरपरिवारमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छन् । वास्तुशास्त्रका अनुसार हरेक चित्रको आफ्नै अलग ऊर्जा हुन्छ जसले पारिवारिक सदस्यमा प्रभाव पार्छ । तस्वीर टांग्दा केही कुरामा ध्यान दिनुपर्छ । 

घरको दक्षिणपूर्व दिशामा कुनै सुन्दर युवती वा मोडेलको फोटो टांग्नुस् । यसो गर्दा घरको वातावरण रमाइलो हुन्छ र घरमा शुभलाभ आउँछ । 

वैवाहिक जीवनमा कुनै समस्यालाई भगाउनु छ भने भगवान् राधाकृष्णको तस्वीर टांग्नुस् । दम्पत्तिले आफ्नो शयनकक्षमा राधाकृष्णको तस्वीर उत्तरपश्चिम कुनामा टांग्नुस् । 

ज्योतिषशास्त्र अनुसार धनका देवीदेवतालाई आमन्त्रित गर्नका लागि उत्तर दिशामा कुबेर, लक्ष्मी वा सूर्यको चित्र झुण्ड्याउनुस् । 

वास्तुदोष हटाउनका लागि दक्षिण–पश्चिम कुनामा प्रकृतिको सुन्दरता देखिने चित्र राख्नुस्, जस्तै पहाड, सूर्य, रुख, बगैंचा । नदी र झरना जस्ता बगिरहेका पानीको चित्र चाहिँ नराख्नुस् । 

सुन्दर र महंगा गहना र जवाहरातको चित्र राख्दा अमंगल मंगलमा परिणत हुन्छ । धनधान्य पनि बढ्छ । 

उत्तर–पश्चिम कुनामा उडिरहेका पन्छीको तस्वीर राख्नुस् । यसो गर्दा पारिवारिक सदस्यहरूका इच्छा पूरा हुन्छन् । 

पञ्जाब केशरी

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस