एमाले माओवादीबीच वैशाख ९ मा पार्टी एकता नहुने

बैशाख ४, २०७५

काठमाडौं, ४ चैत– नेकपा एमाले–माओवादीबीच वैशाख ९ गते पार्टी एकता नुहुने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेका दुई दलको बैठक तयारी नपुगेको भन्दै वैशाख ९ मा पार्टी एकता नगर्ने निष्कर्षमा पुगेको हो । 


ADVERTISEMENT

‘नमिलेका विषय टुंगो नलागेकाले ९ गते पार्टी एकता नहुने भएको छ, विवादको टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिने सहमति भएको छ ’ वैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने । 

दुई अध्यक्ष वान टु वान बस्ने र दुई प्रतिवेदनलाई छलफल गरेर समाधान गर्ने श्रेष्ठले भने । उनले विवादका विषय नभएपनि विषयहरुलाई अन्तिमरुप दिन बाँकी रहेको बताए । 

उनले जनयुद्ध, चुनाव चिह्नमा अड्किएर एकता प्रकृया नभाडिने दाबी गरे । 

कसका कतिजना टीममा हुने भन्दा पनि सक्षम नेतृत्व र सक्षम पार्टी बनाउनका लागि केही तयारी अपुग भएको श्रेष्ठले बताए । 
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार