अक्षय तृतीयामा किन किन्ने गरिन्छ सुन ?

बैशाख ४, २०७५

बुधबार(भोलि) अक्षय तृतीया पर्व हिन्दूहरुले मनाउने गर्दछन् । 

यो पर्वका बारेमा पुराणहरुमा बताइए अनुसार यो  निकै पुण्य तिथि हो जुनदिन भगवान विष्णुले परशुरामको अवतार लिएका थिए । 


ADVERTISEMENT

यस दिन गरिएको दान तथा पुण्य अक्षय हुने छ । अर्थात कयौं जन्मसम्म यसको लाभ मिल्ने छ । 

वैशाख महिनालाई भगवान विष्णुको नामबाट ‘माधव मास’ पनि भनिने गरिएको छ । भविष्य पुराणका अनुसार यस तिथिमा थोरै धेरै जे दान दिइन्छ त्यसको फल अक्षय हुन्छ । 

भविष्योत्तर पुराणका अनुसारस त्यसदिन जौ, चनाको सात्तु, दही चावल, उखुको जुस, दुधको मिठाइ आदी दान गर्नु उपयुक्त हुन्छ । 

सुन किन्ने चलन

पछिल्ला दिनमा अक्षय तृतीयामा सुन किन्ने होड नै चल्ने गरेको छ । भगवान विष्णु तथा लक्ष्मीलाई निकै मनपर्ने आभुषण सुन भएकोले उनीहरुको प्रिय वस्तु खरिद गर्दा फाइदा हुने मान्यता अनुयायीहरुले राख्ने गरेका छन् ।

र यस दिन किनिएको सुन अक्षय हुने वा कहिल्यै क्षय वा हानी नहुने तर्क कतिपयको छ ।  तर पुराणहरुका अनुसार यो दिन दान गर्ने दिन हो । कुनै पनि बस्तुको संग्रहलाई वर्जित गरिएको छ ।  अक्षय तृतीयाका दिन सुन या आभुषण किन्नाले समृद्धि बढ्छ तर संग्रह गर्दा उपयुक्त हुन्न । 

अक्षय तृतीया हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व हो । हिन्दू धर्ममा यसको विशेष महत्व रहेको छ । यो पर्व हरेक वैशाख शुक्ल तृतीयमा मनाइन्छ । जसलाई अक्षय तृतीया पनि भन्निछ । 

पात्रो अनुसार भोलि९बुधबार० अक्षय तृतीया परेको छ । तपाई यो दिन शुभ कार्य गर्न सक्नुहुनेछ । 

यस पटक सूर्योदय पूर्व देखि लिएर राति ३ बजेर १८ मिनेटसमम अक्षय तृतीया रहेन छ । 

उसो त हरेक महिनाको शुक्ल पक्षको तृतीयालाई शुभ मानिन्छ तर अक्षय तृतीयाको भने विशेष महत्वा रहेको छ । 

अक्षयको शाव्दिक अर्थ हो जसको कहिल्यै क्षय नहुने । अर्थात जो स्थान बनाइ रहने । स्थायी त्यही मात्र हो जो सधै सत्य हुन्छ । धर्मशास्त्रका अनुसार सत्य केवल परमात्म हो जो अक्षय, अखण्ड तथा व्यापक छन् । 

यो अक्षय तृतीया तिथि ईश्वर तिथि हो । अक्षय तिथि परशुरामको जन्मदिन पनि भएका कारण परशुराम तिथि पनि भन्निछ । 

धार्मिक महत्व

विष्णुले परशुरामको रुपमा धर्तीमा अवतार लिएको दिनको रुपमा लिइन्छ । धार्मिक मान्यता अनुसार विष्णु भगवान त्रेता एवं द्वापर युगसम्म पृथ्वीमा अमर रहेका थिए । 

अर्को मान्यता अनुसार त्रेता युगको शुरुवात हुने बेलामा धर्तीको सवैभन्दा पवित्र मानिएको गंगा 

नदी यस दिन स्वर्गबाट पृथ्वीमा आएको थियो । गंगानदीलाई भागिरथले धर्तीमा ल्याएका थिए । त्यसै भएका कारण यसदिन गंगा

नदीमा डुबुल्की लगाउँदा पाप नाश हुने विश्वास लिइन्छ । 

यसदिन पकवान्न्नकी देवी अन्नपूर्णको जन्मदिनको रुपमा पनि मनाइने गरिएको छ । 

अक्षय तृतीयाको दिन नै महर्षि वेदव्यासले महाभारत लेख्न शुरु गरेका थिए । यस दिन नै महाभारतका युधिष्ठिरले अक्षय पात्र प्राप्त गरेका थिए । यस अक्षय पात्रकोमा कहिले भोजन समाप्त हुँदैन थियो । जसका कारण उनले

आफ्ना प्रजालाई भोजन दिन सक्थे । 

विशेषता

ग्रहको शुभ संयोग

यस दिन ग्रहको विशेष संयोग बन्छ । 

सूर्य तथा चन्द्रमा आफ्नो उच्च राशिमा हुन्छन् । 

वर्षमा एकदिन मात्र यस्तो संयोग बन्छ । 

सूर्य मेषमा आउँछ भने चन्द्रमा वृषमा हुन्छन् । 

शास्त्रमा सूर्यलाई प्राण तथा चन्द्रमालाई मन मानिएको छ । 

सूर्य र चन्द्रमाको समबन्ध बन्ने कारण यो तिथि बहुत महत्वपूर्ण मानिन्छ । 

यस कारण यो दिन जो काम गरिन्छ त्यो फल दुई गुणा र कहिले समाप्त नहुनेवाला हुने धार्मिक विश्वास छ । 

अक्षय तृतीयामा गर्नुहोस् यस्तो काम

अक्षय तृतीयाको दिन विवाह, गृह प्रवेश, घर जमिन, गाडीसँग जोडिएका नयाँ काम  । 

यस दिन नयाँ संस्थाको उद्घाटनलाई पनि शुभ मानिन्छ । 

पौराणिक मान्यताका अनुसार यस दिन पितृ पक्षमा गरिएको तर्पण तथा पिण्डदान या कुनै पनि दान अक्षय फल दिन्छ । 

यस दिन गरिएको स्नान तथा पूजा सवै पापलाई नष्ट गरिदिन्छ । 

यस दिन पापको क्षमा याचना गर्दा फाइदा पुग्छ । 
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार