किम जोङ इलको आदेशमा प्रसिद्ध कलाकार चोइको अपहरण गरिएको थियो

बैशाख ४, २०७५

सोल, ४ बैशाख -दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । 

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । 

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उहाँलाई अपहरण गरिएको थियो । 

यसरी अपहरण गरी उहाँलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । 

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । 

अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बस्नुभएको पनि जनाइएको थियो । 

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उहाँलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो । 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस