सिटिजन्स बैंकको सहयोग

काठमाडौं, ४ बैशाख- “योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी बैंकिंग सेवापुर्याउँदै  आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।  

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एकलाखको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष शिव गोपाल थापा मगरलाई  हस्तान्तरण गरियो । 
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस