चौथो राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शिवम् सिमेन्ट सह–प्रायोजक

काठमाडौं, ४ बैशाख- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख २१ देखि २५ सम्म संचालन हुने चौंथो राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजन गर्ने भएको छ । तेश्रो संस्करणमा पनि सह–प्रायोजकको रुपमा महत्वपूर्ण सहयोग गरेको शिवम् सिमेन्टले पूनः निरन्तरता दिदै सह–प्रायोजक बापत ५ लाख सहयोग गर्ने भएको हो ।

शिवम् सिमेन्टले प्रतिष्ठानलाई नगद रु। ३ लाख उपलब्ध गराउने छ, भने बाँकी २ लाख वरावरको मञ्च ब्यवस्थापन, लगायत फुटकर खर्चमा मद्दत पु¥याउने छ । काठमाण्डौको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित एक पत्रकार सम्मेलनमा शिवम सिमेन्टका तर्फबाट निखिल अग्रवाल र प्रतिष्ठिानकी संरक्षक माता गमली खड्का बीच सम्झौता–पत्र हस्ताक्षर तथा चेक हस्तान्तरण भएको थियो । 


शिवम सिमेन्ट लिमिटेडले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा विस्तारमा लामो समय देखि महत्वपूण सहयोग गर्दै आईरहेको छ । यस अगाडि शिवम् सिमेन्टको मुख्य प्रायोजनमा शिवम् न्युडायमण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरेको थियो त्यस्तै गरि पछिल्लो समय महिला खेलाडी उत्पादन गर्न चर्चित स्कुल न्यु डायमण्ड एकेडेमीलाई पनि शिवम् सिमेन्टले टिम ब्यवस्थापन को लागि आवश्यक खर्च उपलव्ध गराई टाईटल स्पोन्सर ९शिवम न्यू डडाइमन एकेडेमी० गदै आइरहेको छ । पछिल्लो समय शिवम सिमेन्टले राष्ट्रिय खेल भलिवलसंग बलियो नाता जोडेको छ । त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन बिभागीय टोलीसँगै शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रियभलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ ।


जस अन्र्तगत प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।  त्यस्तै प्रतियोगिताको विधागत उत्कृष्टतर्फ “शिवम् सिमेन्ट बेष्ट स्पाईकर” को उपाधि सहित नगद ५ हजारले १ खेलाडी पुरस्कृत हुने छन् भने “शिवम् सिमेन्ट बेष्ट डिफेनस” र “शिवम् सिमेन्ट बेष्ट ब्लकर” को उपाधिले एक–एक खेलाडी जनहि पाँच हजारको दरले पुरस्कृत हुने छन्  । त्यस्तै आफ्नो टिमलाई च्याम्पियन बनाउन सफल प्रशिक्षकलाई “शिवम् सिमेन्ट बेष्ट कोच” को उपाधिले सम्मान गरिने छ । 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस