माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बैशाख ५, २०७५
विराटनगर, ५ वैशाख–यमबहादुर लिम्बूको उमेर ८४ वर्ष भयो । उनले गणपति कटन मिलमा १४ वर्षसम्म नियमित काम गरे । २०३८ सालदेखि २०५२ सालसम्म त्यही मिलमा उनको दिनचर्या बित्यो । श्रीमती, छोरी र आफू मिलमा आश्रित थिए ।
त्यो बेलामा त छोरीहरू पनि सानै थिए । तर छोरीहरूको पनि पढ्ने बेला हुँदै जाँदा उनीहरूले गर्दै आएको काम छोड्नु पर्यो । उनी विराटनगर आउनुभन्दा पहिलाको उनको थातथलो इलाम हो । उनी परिवारसहित गणपति कटन मिल बन्द भएदेखि नै यही उद्योगको आवास गृहमा बस्दै आएका छन् ।
अर्का पुराना कर्मचारी सुदामा चौधरी क्वार्टरको तल्लोतलाको एउटा अँध्यारो कोठामा भेटिए । उनले पनि यो मिलमा २०३२ सालदेखि काम गरेका हुन् । २०५२ सालमा मिल बन्द हुँदा उनी कर्मचारीको रूपमा जिम्मेवारीमा थिए । उनले पनि मिल बन्द हुनुपूर्वको तीन वर्षको एक रुपैयाँ पनि तलब नपाएरै मिल छाड्नु पर्ने अवस्था आयो । मिल बन्द भयो अहिले उनी परिवारसहित त्यही मिलको आवास गृहमा बस्दै आएका छन् ।
राजेन्द्र चौधरी २०३१ सालदेखि गणपति कटन उद्योगको आवासगृहमामा बस्दै आएका छन् । उनी त्यो बेला लुम चलाउने कालिगढको रूपमा काम गर्थे । कारखाना बन्द भयो । अहिले चौधरीको व्यापार फरक छ, तर त्यो बेलाको रकम अझै पाउन सकेका छैनन् । उनको अहिलेको व्यापार छोला र चाउमिन हो । उनको बसाइ पनि त्यही उद्योगको आवास गृहमा नै रहेको छ । उनले गत साउनमा आएको बाढीपछि त्यही उद्योगको आवास क्षेत्रको जग्गामा आफ्नो घर बनाएका छन् ।
यी तीनजना त प्रतिनिधि पात्र मात्र हुन् । विराटनगर महानगरपालिका–१४ मा नेपाल प्रहरीको क्षेत्रीय तालिम केन्द्र नजिकै रहेको गणपति कटन उद्योग बन्द भएको २३ वर्ष पूरा भइसकेको छ । तर उक्त उद्योगमा काम गरेका मजदूर तथा कर्मचारी २३ वर्ष अगाडिको श्रमको मूल्य खोजिरहेका छन् ।
पारिश्रमिक नपाएको झोकमा कटनमिल उद्योगको आवास भवनमा आएर बसेको पनि २३ वर्ष पुगेको छ । त्यो बेलाको महिनाको तलब ४ सय थियो, तर अहिले त्यही अनुपातमा रकम बाँड्न खोजेपछि उनीहरू आक्रोशित छन् । यो उद्योगको आवास भवनमा अहिले पनि १६ परिवारका करीब सयजना बसोवास गर्दै आएका छन् । अहिले उद्योगको नाममा भएका सबै जग्गा बिक्री भइसकेको छ । उद्योगका मजदूर तथा कर्मचारी बस्दै आएको आवासगृह पनि बिक्री भइसकेको छ । बिक्री भएको आवास गृहमा ३५ दिने म्याद टाँस गरेर उनीहरूले पाउनु पर्ने रकमै नदिइ हटाउने प्रपञ्च रचिएको छ ।
उद्योगको यस्तो लापरवाही
२०५२ सालभन्दा अगाडि गणपति कटन मिलमा काम गरेकाहरू अहिले पनि त्यसको ज्याला पाउन नसकेर त्यही उद्योगको आवास भवन कुरेर बसेका छन् । पहिलाको ज्याला पर्खेर बसेका उनीहरूले ३ वर्षसम्म विनातलब त्यसै उद्योग कुरेर बसे । त्यसको हिसाब त उनीहरूले खोजेका छैनन् । तर मिल बन्द हुनुभन्दा अगाडि आफूले काम गरेको समयको रकम भने उनीहरूको मागको विषय बन्दै आएको छ । उनीहरूले मिल बन्द भएको २०५२ सालमा नै रकम दिएर निकाल्न भनेका थिए । तर उद्योगले भोलि–भोलि भन्दै टार्दै आयो ।
लामो समयको पर्खाइमा पनि केही उपाय लागेन । मिल सञ्चालकले ज्याला दिन्छु भन्न छाडेनन्, उनीहरू पनि आशा पालेरै वर्षौसम्म त्यही भत्किएको आवासगृहमा जीवन बिताउँदै गए । जब मिलको सबै पार्टपुर्जा बिक्री भयो, मिलका भवनहरू भत्काइए, बिक्री गरिए, सबै सकियो, तर उनीहरूले पाउनु पर्ने ज्यालाको सुनुवाई भएको छैन ।
‘हाम्रा तीन पुस्ताले यहीँ बितायौँ, अहिले पैसाको वास्तै नगरी ३५ दिनभित्र क्वार्टर खाली गर्न भनेकोले सबैलाई तनाव भएको छ,’ ८० वर्षीय हस्तमाया लिम्बूले भनिन् । २०३६ सालमा मिलमा स्थायी भएका श्रीमान्को मृत्यु भए पनि श्रीमानको पैसा अहिलेसम्म उनले पाएकी छैनन् । उनी भन्छिन्, ‘त्यो बेलाको ४ सयमा काम गरेकाहरूलाई अहिले आएर ४० हजार दिन्छौ भनेर हुँदैन, अब घर बनाएर बस्ने जग्गाको व्यवस्था गरियोस् ।’
उनका श्रीमान पनि बिते, छोराछोरी साथमा कोही नै छैनन्, चुहिने छानोमुनि बस्दा पनि हटाउने भन्दै आउँछन्, उनले सुनाइन् । सबै गुमाएर एक्लो भएकी उनले गहभरी आँसु पार्दैे भनिन्, ‘श्रीमानलाई यही उद्योगले खायो, अहिले एक रुपैयाँ नदिइ लखेट्ने भन्छन् ।’
आवास क्षेत्रमा महल ठडिए
गणपति कटन उद्योगमा ३ कोठाको घर बनाएका चौधरीले अन्यत्रै कमाएको पैसाको सदुपयोग गरेको सुनाए । वर्षौसम्म कुरेर बसेका हामीलाई बेवास्ता गर्यो, पैसा पनि नदिएपछि १० लाखको लागतमा घर बनाएको उनले सुनाए । गत साउनमा आएको वर्षापछि यहाँका सबै भागाभाग भएको थियो ।
भत्किएको घरको छतमा बसेर ज्यानको बाजी लगाएका थिए । तर कम्पनीको तर्फबाट कोही नआएको चौधरीले सुनाए । आवासको जग्गामा ३ लाखदेखि २० लाखसम्म खर्च गरेर यहीँ काम गर्ने मजदूरहरूले घर बनाएका छन् । घर बनाउँदासम्म कसैले नबना भनेन, तर जब घर बन्यो त्यसपछि मात्र मिल सञ्चालकले ३५ दिने म्याद थमाउन खोजेको उनको गुुनासो छ ।
उनले भने, ‘यसरी जबरजस्ती दुःख गरेर कमाएको रकमको घर भत्काए आत्मादाह गर्छु ।’ अहिले गणपति कटन मिल परिसरमा करीब एकदर्जन साना ठूला घर बनेका छन् । सुदामा चौधरीका अनुसार ‘अहिले २० लाख सम्मका घर यही कटनमिलको जग्गामा बनेको छ ।’ कोही त्यही भत्किएको आवास भवनमा बस्दै आएका छन् ।
ज्याला नपाउँदै १८ जनाको मृत्यु
विक्रम संवत २००३ सालमा स्थापना भएको नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योगमा काम गरेका धेरैको बिल्लीबाठ भएको छ । कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदैै ज्यान गुमाएका छन् । नातामा पूर्वराजा ज्ञानेन्द्रका मामा पर्ने सुशील शमशेर जबराले सो उद्योग भारतीय नागरिकसँगको सहकार्यमा सञ्चालन गरेका थिए ।
उनीसँगै यसरी उद्योगमा लगानी गर्ने अन्य ९ जना भारतीय नागरिक थिए । तर ती भारतीय नागरिक कता छन् अत्तोपत्तो छैन ।
बैंकको ऋण तिर्न नसकेर २०५२ सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलब दिन सकेन । त्यसयता अहिलेसम्म काम गरेको तलब नपाइ धेरैले ज्यान गुमाइसकेका छन् ।
यसरी तलबै नपाई ज्यान गुमाउनेमा अजय चौधरी, कामेश्वर कामत, काजीमान लिम्बू, खोकन मजुम्दार, इन्द्र राई, चन्देश्वर माझी, असर्फी राउत, मिना राउत, किशोर साह, देवनाथ सिंह, मुलुकसिंह राई, भोला यादव, उमा शंकर छन् । मर्ने त मरिहाले अब बाँच्नेलाई पनि एक रुपैयाँ नदिई हटाउने भएको उनीहरूको भनाइ छ ।
उद्योग प्रशासन प्रमुखको यस्तो अभिव्यक्ति
वंशिधर इण्डष्ट्रिज लिमिटेडको नाममा रहेको युनिक गणपति कटन मिलका लागि तत्कालीन समयमा सुनिल शमशेर जबराले २४ करोड बढी ऋण लिएको र उक्त रकम लिएर भारतीय सञ्चालकहरू फरार भएपछि उद्योगमा समस्या आएको हो ।
मिल बन्द भएपछि ल्याइएका कर्मचारी प्रशासनका प्रमुख कृष्ण थापाले जग्गा बिक्री भएपछि मजदूरलाई तलब दिने भनिएको र अब त्यो प्रक्रिया शुरु भएको बताए । तर उनीहरूले अब पाउँदा ज्याला पाउन बाँकी देखिएको रकम र २० हजार आवासको लागि भन्दै जम्मा ४७ हजार मात्र पाउने भएपछि अहिले कुरा नमिलेको उनको भनाइ छ ।
कम्पनीका अध्यक्ष सुशील शमशेर जबरासँग कुरा भएपछि आवासगृह खाली गराउन ३५ दिने सूचना जारी भएको उनले सुनाए । प्रशासन प्रमुख थापा सुशील शमशेरका विश्वास पात्र मानिन्छन् । उनको भनाइका आधारमा नै जबराले निर्णय लिँदै आएको पूर्वकर्मचारी तथा मजदूर आरोप लगाउँछन् ।
सुशील शमशेरकी छोरी संयुक्ता राणा हुन्, उनीसहितको संलग्नतामा आवासगृहमा बस्दै आएका मजदूरलाई हटाउन लागि ३५ दिने सूचना टाँस गरिएको मजदूरहरूको आरोप छ ।
कम्पनीको नाममा विराटनगरको विभिन्न स्थानमा रहेको १० बिगाहा ९ कठ्ठा जग्गा ठूला घरानाका व्यापारीले किनेको स्रोतको दाबी छ ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...