×

NMB BANK
NIC ASIA

सूर्य चुरोटको दादागिरी, कानून उल्लंघन गर्दा पनि सरकारी निकाय मौन !

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ वैशाख– सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानूनी व्यवस्थालाई निजीस्तरको सुर्ती उत्पादक कम्पनी सूर्य टोबाकोले बेवास्ता गर्दै आएको छ ।

Muktinath Bank

मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न भन्दै सरकारले सुर्तीजन्य पदार्थ  नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी  २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका बनायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ मा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने तथा अंकित गर्नुपर्ने व्यवस्था गरियो । २०७१ को निर्देशिकामा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था परिमार्जन गरी ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्‍याइयो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

निर्देशिका अनरूप सुर्ती उद्योगहरुले २०७२ जेठ १ गतेदेखि बजारमा पठाउने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक  चित्र अंकित सन्देश हुनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुरूप स्वास्थ्य मन्त्रालयले २०७३ साल आसर २६ गते अर्थ मन्त्रालयलाई सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत चित्र सहितको चेतावनीमूलक संकेत नभएको वस्तुमा अन्तःशुल्क नलगाउने व्यवस्था गर्न पत्र पठाएको थियो ।

यस्तै आन्तरिक राजस्व विभागलाई पनि ९० प्रतिशत चेतावनीमूलक संकेत नभएको वस्तुमा अन्तःशुल्क स्टीकर नलगाउन २०७३ सालमा पत्र पठाएको थियो ।

नेपालका सबै सुर्ती उद्योगहरुलाई स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सञ्चार केन्द्रले निर्देशिका बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थले पुर्‍याउने घातक क्षेतिको चित्र छाप्न तथा अंकित गर्न पटक पटक सार्वजनिक सूचना प्रशासन गरी उद्योग मन्त्रालयमार्फत सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुलाई पत्र पठाएको थियो ।

सरकारले ऐन र निर्देशिकामा भएको व्यवस्था अनुरूप सबै कम्पनीलाई पत्र पठाएको भएपनि सूर्य टोबाको कम्पनीले भने सरकारको निर्देशनलाई अटेर गर्दै आएको छ  । निर्देशिका बनेको ३ वर्ष भइसक्दा  पनि सूर्य टोबाको नामक चुरोट कम्पनीले  सरकारले बनाएको कानूनलाई वेवास्ता गर्दै आएको छ ।

सूर्य टोबाको कम्पनीले आफूले उत्पादन गर्ने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश नपछापेपछि स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा संचार केन्द्रले उद्योग मन्त्रालय मार्फत २०७४ माघ ३ गते  सूर्य टोबाको कम्पनीको नामै तोकेर नियम पालना गर्न पत्र पठाएको थियो ।

करीब ८० प्रतिशत चुरोटको बजार ओगटेको सूर्य टोबाकोले आफूले उत्पादन गर्ने सूर्य चुरोटको बट्टामा ९० प्रतिशत चेतावनीमूलक सन्देश सहितको रंगित चित्र अंकित नगरेरै आफ्ना उत्पादनहरू बजारमा पठाइरहेको छ ।

सरकारले बनाएको कानूनलाई टेकेर खुलेआम गैरकानूनी रुपमा सूर्य टोबाकोले चुरोट उत्पादन गरिरहँदा पनि सरकारी निकाय मौन छ ।

सरकारले चाहेमा उक्त कम्पनीलाई तत्काल कारवाही गर्न सकिने सरोकारवालाहरु बताउँछन् । सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि अभियान सञ्चालन गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द्रले सरकारले कानूनको पालना नगर्ने सूर्य कोबाकोलाई कारवाही गर्न अग्रसरता नदेखाएको बताए ।

‘कानूनको पालना गर्ने उद्योगलाई कारवाही गर्ने सरकारलाई अघिकार छ,’ उनले लोकान्तरसँग भने, ‘उद्योग र स्वास्थ्य मन्त्रालयले चाहेमा कानूनतः अन्तःशुल्क स्टिकर रोक्न र गैरकानूनी रुपमा उत्पादन भएका सुर्तीजन्य पदार्थ जफत गर्न सक्छ ।’

सूर्य टोबाकोलाई नियम पालना गर्न पटक–पटक निर्देशन दिइए पनि अटेर गर्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘हामीले पटक–पटक भनेका छौं । सूर्य टोबाको कम्पनीले ९० प्रतिशत चेतावनीमूलक सन्देश अंकित चित्र छापेको छैन, यसविषयमा अन्य निकायहरूसँग पनि छलफल गर्ने तयारी गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x