माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
धनगढी, ८ बैशाख–महुवा प्रजातिको रुखको फूल संकलनको लागि कैलालीको ग्रामीण भेगका स्थानीय थारु समुदायका मानिसहरु जंगलमै बास बस्ने गरेका छन् ।
रक्सी उत्पादनको लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिने महुवाको फूल संकलनको लागि जिल्लाका विभिन्न सामुदायिक वनहरु स्थानीय बासै बस्न थालेका हुन् । एक सातायता उनीहरु दिनरात नभनि जोखिम मोलेरै भएपनि महुवाको फूल संकलन गरिरहेका छन् ।
कैलालीको कैलारी गाउँपालिका–६ लम्बीफाँटाकी ८० वर्षीया बृद्धा मनटुन्नी देवी थरुनीले प्रत्येक वर्ष चैत र वैशाखमा महुवाको फूल संलकन गर्नु आफूहरुको संस्कार जस्तै भएको दाबी गरिन् । आफूहरुको बाजेबजैदेखि महुवा संलकन हुँदै आएको बताउँदै उनले आजभोलि आफ्नो दिनचार्य नै महुवा संकलनको कार्य भएको उल्लेख गरिन् ।
लम्बीफाँटाका अर्का स्थानीय ८० वर्षीइ रतिलाल चौधरीले घरको भाले बासेपछि नजिकैको वनदेवी सामुदायिक वन, गणेशगौरी सामुदायिक वनमा महुवा संकलनको लागि पस्ने गरेको जानकारी दिए ।
उनले भने–‘गाउँमा भन्दा आजभोलि जंगलमा चैनार (रमाइलो) हुन्छ । कलुवा (विहानको खाना) खाने काम समेत जंगलमै हुन्छ ।’
स्थानीयका अनुसार थारु समुदायमा महुवाको फूललाई प्रशोधन गरी बनाइएको रक्सीलाई विशेष रुपमा लिने गरिएको जनाइएको छ । विशेष पूजा, कार्यक्रम तथा चाडपर्वमा महुवाको रक्सीको प्रयोग हुने थारु अगुवाहरु बताउँछन् ।
भजनी नगरपालिका–६ महादिउलीका भल्मन्सा (मुखिया) कालीराम चौधरीले थारु समुदायमा महुवाको रक्सीलाई देउतालाई चढाउन प्रयोग गरिने बताए । उत्पादित रक्सी सुगन्धित र औषधीको काम गर्ने समेत भल्मन्सा चौधरीले जिकिर गरे ।
स्थानीयहरु महुवाको बोटलाई आफ्नो भनी संरक्षण गर्दै आएको बताइन्छ । भजनी रेञ्ज पोष्ट स्तरीय सामुदायिक वन समन्वय समितिका अध्यक्ष विजयराज श्रेष्ठले महुवा संकलकहरु महुवाको बोटलाई मेरो÷तेरो भनेर पुर्खौदेखि संरक्षण गरी फूल बटुल्दै आएको बताए । फूल फूल्ने समयमा बोटको वरिपरी सरफाई गर्दै आएको बताउँदै उनले फूल फूल्ने अवधीभरी बोटलाई कुर्दै आएको जनाए ।
झरेको फूल संकलन गरी औषधीवद्र्धक रक्सी उत्पादन गर्नुले कुनै सामाजिक र प्राकृतिक सम्पदामा हानी नोक्सानी नपु¥याउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
तर स्थानीय जनप्रतिनिधीले रक्सी बनाउनकै लागि महुवा संकलन गर्नुको कुनै फाइदा नभएको ठोकुवा गरे । उनीहरुले मदिराकै कारण घरेलु हिंसा, महिला हिंसालाई मलजल पुगेको बताएका छन् ।
कैलारी गाउँपालिका–६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरीले महुवा बहुउपयोगी वनस्पति भएपनि यसलाई रक्सी बनाउने कार्यले विकृतिको जरोको रुपमा स्थापित गरेको बताए ।
महुवा संकलन गरी मदिरा बनाउने कार्यले व्यक्ति, परिवार, समाजलाई कुनै फाइदा नहुने भएकोले समय सापेक्षा गलत परम्परा र संस्कारलाई सुधार गर्नु पर्ने सुझाए ।
महुवा संकलनमा महिलाहरुकै वढी सहभागिता हुने गरेको बताउदै उनले भने–‘यहि संस्कारकै कारण समाजमा घरेलु हिंसा, महिला हिंसाले प्राथमिकता पाउँदै आएको छ । एकातिर महुवा संकलकहरुबाटै वनमा डढेलो लगाउने कार्य हुँदै आएकोले वन विनाश हुने, अर्कोतिर जंगली जनावरहरुको बासस्थानमा असर पुग्ने र जंगली जनावरको जोखिम पनि भएकोले सचेत जरुरी छ ।’
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...