×

NMB BANK
NIC ASIA

बुटवल, ८ वैशाख– नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको ऐतिहासिक जितगढी किल्ला क्षेत्रको संरक्षण र संवद्र्धन थालिएको छ । जितगढीबाटै बुटवलको शान, मान र पहिचान हुने र त्यहीँ नै राष्ट्रिय स्वाभिमान हुने भन्दै बुटवल उपमहानगरले संरक्षणको अभियान शुरु गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

ऐतिहासिक सम्पदाका रुपमा रहेको यो किल्ला संरक्षणको पहल भएको झण्डै २० वर्षपछि यसको संरक्षण थालिएको छ । संरक्षण नहुँदा अतिक्रमणको चपेटामा परेको र उत्खननसमेत हुन नसकेको अवस्थामा रहेको सम्पदाको मुहार फेर्ने भन्दै सुरु भएको अभियानमा निजी क्षेत्रले समेत सघाउने प्रतिबद्धता जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै दुईसय वर्षअघि अंग्रेजलाई परास्त गरेको दिनको स्मरण गर्दै बुटवलको जितगढीमा विजयोत्सव मनाइएको छ । विसं.०५४ सालमा जिल्ला विकास समितिले करिब दुई लाख रुपैयाँ विनियोजन गर्दै यो सम्पदाको संरक्षणका लागि औपचारिक काम सुरु भएको थियो । बीचमा यत्तिकै रहेको यो क्षेत्रको संरक्षणको काम अहिले फेरि सुरु भएको छ । 


Advertisment
Nabil box
Kumari

उतिबेला जिविसमार्फत बजेट विनियोजन गर्दै संरक्षण सुरु गरेका जिविस सदस्य शिवराज सुवेदी अहिले बुटवलको नगर प्रमुखको रुपमा निर्वाचित भएपछि नगरसभामार्फत जितगढी किल्ला विजय उत्सवको आधिकारित तिथि र मिति नै तय गरेर यस्तो विशेष कार्यक्रम सुरु गरेका हुन् । उनले यस अभियानमा यहाँका निजी क्षेत्र, संघसंस्था, नागरिक अगुवाहरुलाईसमेत सहकार्यमा ल्याएका छन् ।

Vianet communication
Laxmi Bank

उतिबेला जिविस सदस्यका रुपमा रहेका बेलामा दुई लाख रुपैयाँ विनियोजन गरेका सुवेदीले अहिले जितगढी सम्पदामा भित्री संरचना निर्माणलगायतका कामका लागि एकैपटक ५० लाख रकम विनियोजन गर्दै विशेष कार्यक्रम सुरु गराएका छन् । यो चालू आवमा छुट्टाइएको रकम हो । त्यस क्षेत्रका घरहरुमा समेत एउटै रङ्ग बनाइने भएको छ । यसका लागिसमेत उपमहानगरले करिब १० लाख बराबरको अनुदान रकम छुट्टाएको उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जनकारी दिए । प्रवक्ता रेग्मीले विज्ञहरुले स्थलको थप अध्ययनका कामहरु पनि गरिरहेको जनाए । 

जितगढीमा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई उप–महानगरपालिकाको गत चैत २६ गते बसेको नगरकार्यपालिका बैठकले टुंगो लगाएको थियो । 

उपमहानगरले जितगढी सम्पदाको संरक्षण र संवद्र्धनका प्रभावकारी काम सुरु गरेपछि यसक्षेत्रका संस्कृतिविद् तथा अभियानकर्ताहरु खुशी भएका छन् । ‘जितगढीमा भएको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन वैशाख ७ गतेलाई विजय उत्सव दिवसका रुपमा बुटवल उप–महानगरपालिकाले मनाउन लाग्नु खुशीको कुरा हो’ विज्ञ प्राडा टेकबहादुर श्रेष्ठले भने–‘बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदा हो यसलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ ।’

ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएपनि अंग्रेज साम्राज्यलाई हराएको यो ठाउँ आफै हारेको जस्तै अवस्थामा छ । तर,अब भने जितगढीको मुहार फेरिने गरी जनप्रतिनिधिले काम सुरु गरेको भन्दै इतिहासकार निर्मल श्रेष्ठले खुशी प्रकट गरे । पाल्पा निवासी इतिहासकार श्रेष्ठ सम्पदाका बारेमा राम्रो ज्ञान भएका विज्ञ मानिन्छन् । उनले जितगढीका बारेमा कैयौँ कार्यक्रमहरुमा अवधारणापत्रहरुसमेत सार्वजनिक गर्दै संरक्षमा चासो दिनुपर्नेमा जोड दिँदै आएका छन् । 

उपमहानगरले लिएको पहलकदमीमा सहकार्य गर्दै बटौली संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौलले अब जितगढीलाई यस प्रदेशकै ऐतिहासिक सम्पदाका रुपमा संवद्र्धन गरिनुपर्ने बताए । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा पहिलोपटक वैशाख ७ गते जितगढी विजय उत्सव दिवस मनाउन लागिएको हो । 

उपमहानगरले जितगढी सम्पदाको क्षेत्रमा रहेको जग्गाको संरक्षण गर्दै हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक बनाउने निर्णय गर्दै प्रक्रियासमेत अगाडि बढेको प्रमुख सुवेदीले जानकारी दिए । जितगढी क्षेत्र रहेको बुटवल वडा नंं.१ र २ का घरहरुमा एकै रंग लगाइने छ र उक्त बस्तीलाई पुरातात्विक क्षेत्रको रुपमा विकास गरिने छ ।

‘जितगढी नेपालको विजयसँगै राष्ट्रिय एकताको पनि प्रतिक भएकाले यहाँ अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा चाँैबीसै घण्टा फहराउने गरी राखिने छ भने कर्णेल उजिर सिंहको पूर्ण कदको सालिक पनि राखिनेछ’–नगर प्रमुख सुवेदीले भने–‘अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सालिक छ अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्छ ।’

किल्लाको संरक्षण र संवद्र्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र उजिरसिंहको पूर्ण कदको सालिक राख्न लागिएको बताउँदै प्रमुख सुवेदीले नगिचैको मणिमुकुन्द सेन दरबार क्षेत्र, रामापिथेकश क्षेत्र र अरु पार्कहरुलाईसमेत जोडेर एकीकृत पर्यटन गन्त्व्य बनाउन लागेको बताए । 

जितगढी विजय उत्सवको अवसरमा आज नेपाली सेनाको टोलीसहित पञ्चेबाजा (विजयी धुन), प्रहरीको ब्याण्डबाजा, शोभा कलश यात्रासहित उप– महानगरपालिकाबाट प्रभातफेरि निकालिने छ । लगत्तै जितगढी किल्ला पुगेर झण्डोत्तोलन गर्दै मूल समारोह गरिने उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । 

जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिनेलगायतका महत्वपूर्ण योजनाहरु रहेको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले जानकारी दिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x