×

NMB BANK
NIC ASIA

तराईको उखरमाउलो गर्मी छल्ने ‘एसी’ बन्यो खानीडाँडा

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी ८ बैशाख– प्रदेश ७ को कैलाली, अत्याधिक गर्मी हुनेमध्येको तराई जिल्ला यसको परिचय हो । तर यहाँको ४० प्रतिशत पहाडी भूगोलको विशेषता सदैव ओझेलमा छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यहि ४० प्रतिशत भूभागको केही क्षेत्र हाल लोभ लाग्दो गन्तव्य हुन सफल भएको छ । चुरे गाउँपलिकास्थित खानीडाँडा तथा आसपासको पहाडी क्षेत्र तराईको टन्टलापुर घाम र उखरमौलो गर्मी छल्ने प्रमुख गन्तव्य हुन सफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश राजधानी धनगढीको हालको अधिकतम तापक्रम ३७ र न्यूनतम २० डिग्री सेन्टीग्रेट पुगेको छ । यो तापमान जेठसम्ममा ४६ं.४ डिग्री सेन्टीग्रेटसम्म पुग्ने जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाको तथ्यांकले देखाउँछ ।


Advertisment
Nabil box
Kumari

जबकी हाल खानीडाँडामा अधिकतम तापक्रम २४, न्यूनतम १५ डिग्री रहेको रहेको फिल्ड कार्यालय प्रमुख एपी चौरसिया बताउँछन् । धनगढीदेखि ४६ किलोमिटर उत्तरी दिशामा रहेको खानीडाँडाको तापमान धनगढीको भन्दा सधै १० देखि १४ डिग्रि सेन्टीग्रेट कम रहने उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

यही तापमानकै कारण तराईको गर्मी छल्नेहरुको उत्तम गन्तव्य खानीडाँडा बन्न सफल भएको छ । खानीडाँडामा लामो समयदेखि साईपाल रिसोर्ट सञ्चालन गर्दै आएका होटल व्यवसायी श्याम महराले फरक मौसमी विविधता नै खानीडाँडाको प्रमुख विशेषता रहेको बताए । उनको अनुसार यस क्षेत्रमा बैशाख जेठमा पनि कुहिरो लागेको देखेर धेरै अगन्तुक भुलभूलैयामा पर्ने गरेका छन् ।

‘घरको कोठामा नत पंखा जडान गरिएको हुन्छ, नत वातावरण अनुकुलित (एसी) लगाइएको छ । यतिमात्रै होइन, राति न्यानो कपडा नओढेर कसैलाई सुःखै हुँदैन’, उनले भने ।

खानीडाँडा समुन्द्री सतहबाट दुई सय ३० मिटर उचाईमा अवस्थित छ । जहाँ उष्ण मौसमी हावापानी रहेको पाइन्छ, भने वर्षमा एक सय २५ मिलिलिटरसम्म पानी पर्दछ ।

वरिपरी हरियो डाँडाकाँडा, क्षणभरमै घाम लाग्ने, पानी पर्ने, झमक्क हुस्सु लाग्ने जस्तो मौसमी लुकामारीले पर्यटकहरुलाई सहजै लोभ्याउँछ । होटल व्यवसायी महराका अनुसार आन्तरिक मात्रै नभई भारतको उत्तरप्रदेशबाट समेत दैनिक सयौंको संख्यामा परिवार सहित गर्मी छल्ने पर्यटकहरु खानीडाँडा पुग्ने गरेका छन् ।

पछिल्लो समय भारतको दिल्ली लगायतको स्थानबाट समेत गर्मी छल्न खानीडाँडामा पर्यटकहरु आउने गरेको पनि महराको भनाई छ ।
कैलाली, कञ्चनपुर र भारतबाट समेत पर्यटकहरु आउन थालेपछि खानीडाँडामा सुविधा सम्पन्न रिसोर्ट समेत खुल्न थालेका छन् । अद्भुत मौसमको खानी रहेको खानीडाँडाको प्रचारप्रसार गर्न सके पर्यटकहरुको ओइरो लाग्ने व्यवसायीहरुको भनाई छ ।

‘सम्भावना धेरै छ तर प्रचार प्रसारको कमी छ’, महराले भने–‘तराईबासीहरुको लागि गर्मी छल्न उत्तम ठाउँ नै खानीडाँडा हो ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x