×

NMB BANK
NIC ASIA

यी हिरोइनहरुको विवाह किन भएन ?

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फरक परिचय र स्थान बनाएका बलिउडका केही नायिका उमेरले ४० कट्दासमेत अविवाहित नै छन् । भारतीय सञ्चारमाध्यमले बलिउडका केही त्यस्ता अविवाहित हिरोइनबारे रिपोर्ट प्रकाशित गरेको छ जो कुनै समय तथा अहिले पनि अभिनयमा सक्रिय र अब्बल नै छन् । तर, घरजम गर्ने मामलामा भने उनीहरू कमजोर साबित भएका छन् ।

Muktinath Bank

तब्बु
बलिउडमा अभिनयमार्फत बेग्लै परिचय स्थापित गरेकी तब्बु अहिलेसम्म सिंगल नै छिन् । ४६ वर्षीया तब्बुले सन् १९९४ मा प्रदर्शित ‘पेहला पेहला प्यार’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘विजयपथ’, ‘प्रेम’, ‘हकिकत’, ‘जित’, ‘चाची–४२०’, ‘हेराफेरि’, ‘जाल’, ‘हैदर’लगायत थुप्रै फिल्ममा अभिनय गरिन् । उनको गत साता ‘मिसिङ’ नामक फिल्म रिलिज भएको थियो । उनको ‘सुट दि पियानो प्लेयर’ र ‘सैजु’ यही वर्ष प्रदर्शनमा आउँदै छन् । तब्बु आफूले बिहेभन्दा करिअरमा ध्यान दिने गरेको बताउँछिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुस्मितासेन 
सुस्मिता सेन ४२ वर्षकी भइन् । तर, उनी अहिलेसम्म अविवाहित छिन् । बिहे नगरे पनि उनले दुईटा बच्ची ‘एडप्ट’ गरेकी छिन् । उनले सन् २००० मै रिनी नामक बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनी अहिले १८ वर्षकी भएकी छिन् । त्यसैगरी, उनले सन् २०१० मा अर्की बच्ची एडप्ट गरिन् । ती बच्चीको नाम एलिशा राखिन् । सुस्मिताले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । दुई छोरी पालेर बसेकी उनी बिहे गरिहाल्ने योजनामा भने नरहेको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

अमीषापटेल
सन् २००० को सुपरहिट फिल्म ‘कहो ना प्यार हे’बाट बलिउडमा डेब्यु गरेकी अमीषा पटेलले पनि अहिलेसम्म बिहे गरेकी छैनन् । धमाकेदार इन्ट्री मारे पनि उनले बलिउडमा आफ्नो नाम खासै चम्काउन सकिनन् । कहो ना प्यार हैपछि उनले ‘गदर एक प्रेमकथा’, ‘क्रान्ति’, ‘हमराज’, ‘हे बेबी’, ‘रेस २’लगायत थुप्रै फिल्ममा अभिनय गरिन् । लामो समयसम्म निर्देशक विक्रम भट्टको प्रेममा रहे पनि ४१ वर्षीया अमीषाको अझै घरबार हुनसकेको छैन ।

Vianet communication
Laxmi Bank

तनीषामुखर्जी
सन् २००३ मा रिलिज भएको ‘सकस’बाट बलिउडमा डेब्यु गरेकी तनीषाले त्यसपछि ‘नील एन्ड निक्की’, ‘सरकार’, ‘वान टु थ्री’, ‘सरकार राज’, ‘तुम मिलो तो सही’ लगायत फिल्ममा अभिनय गरिन् । हाल उनी ४० वर्षकी भइन् । तर, अहिलेसम्म पनि अविवाहित छिन् । उनी अभिनित पछिल्लो फिल्म ‘अन्ना’ सन् २०१६ मा रिलिज भएको थियो । रियालिटी सो बिग बोसमा समेत सहभागी भएकी तनीषा त्यतिवेला अर्का प्रतियोगी अरमान कोहलीसँग प्रेममा परेको खबरले चर्चा पाएको थियो ।

नरगिसफखरी
नरगिस फखरी उमेरले ३८ पुगिन् । उनी पनि अहिलेसम्म अविवाहित छिन् । अभिनेता उदय चोपडासँगको अफेयरका कारण चर्चामा आउने गरेकी नरगिसले सन् २०११ मा ‘रक स्टार’बाट डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘मद्रास क्याफे’, ‘मै तेरा हिरो’, ‘किक’, ‘अजहर’, ‘हाउसफुल ३’, ‘बैजो’लगायत फिल्ममा अभिनय गरिन् । नरगिसको फिल्मी करिअरले उचाइ भने लिन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x