×

NMB BANK
NIC ASIA

यस्तो रह्यो साताको सेयरबजार , भोलिदेखि नेप्सेमा ‘अड लट’ कारोबार

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ, २२ माघ - नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ ।

नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम(अड लट) धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गर्ने भएको हो ।
यसअघि नियमित कारोबार समय (आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म) ‘अल अर नन’(एओएन) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने सङ्ख्याका धितोपत्र कारोबार हुँदै आएको थियो ।

यसरी अन्य किसिमका मागमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा माग खारेज हुने समस्या थियो ।

नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

यसैबीच केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७६ अङ्कले बढेको देखिएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ ।

यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार बराबरका ५९ लाख पाँच हजार पाँच सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६४ प्रतिशत कम हो ।

गत साता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अङ्कले बढेर ३०० दशमलव ३५ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम (रु १४ करोड ५५ लाख ९० हजार) को आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या –आठ लाख ३१ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ३१४) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ११ लाख, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ लाख ५० हजार, सिन्धु विकास बैैंक लिमिटेडको १२ लाख र प्राइम कमर्सीयल बैंक लिमिटेडको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।

त्यसैगरी तिनाउ विकास बैंक लिमिटेड र सिन्धु विकास बैैंक लिमिटेडको क्रमशः ६ लाख ८२ हजार र दुई लाख तीन हजार बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x