×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

प्राज्ञिक क्षेत्रमा पैसाको चलखेल : त्रिविका प्राध्यापकले १० लाख रुपैयाँमा प्रश्नपत्र बेचे

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ वैशाख– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७२ चैतमा विभिन्न विषयमा उपप्राधापक पदका लागि सञ्चालन गरेको परीक्षामा भएको अनियमितताका सम्बन्धमा लोकान्तरले थप कागजात फेला पारेको छ । लोकान्तरले २३ पुस २०७३ मा समाचार सम्प्रेषण गरी त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको विषय प्रकाशमा ल्याएको थियो । 

Muktinath Bank

त्रिवि सेवा आयोगले विज्ञापन नम्बर ७-२०७२-०७३ र ८-२०७२-०७३ अन्तर्गत विभिन्न विषयका उपप्राध्यापकको पदपूर्ति गर्न दरखास्त आह्वान गरी ०७३ चैतमा परीक्षा सञ्चालन गरेको थियो । तर नतिजा प्रकाशनको चरणमा आइपुग्दासम्म परीक्षामा व्यापक अनियमितता भएको प्रमाण लोकान्तरले फेला पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खास गरेर विज्ञान तथा मानविकी समूहको गणित विषयका परीक्षामा ब्यापक अनियमितता भएको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

परीक्षामा चरम अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानवीनबाट त्रिवि सेवा आयोगले सञ्चालन गरेको गणित विषयमो परीक्षामा ब्यापक अनियमितता भएको देखिन्छ । 

Vianet communication
Laxmi Bank

सतर्कता केन्द्रले ०७३ मंसिर २२ गतेदेखि ३० गतेसम्म त्रिविको परीक्षामा भएको अनियमितताका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो ।

केन्द्रले त्रिविको परीक्षामा व्यापक अनियमितता भएको प्रमाण तयार गरी थप अध्ययन र कारवाहीका लागि उक्त प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । 

दुई प्राध्यापकको प्रत्यक्ष संलग्नता

त्रिवि सेवा आयोगले सञ्चालन गरेको गणित विषयको परीक्षामा भएको अनियमिततामा गणित विषकै दुईजना प्राध्यापकको संलग्नता देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणित विषयका प्रध्यापक रामविश्वास प्रसाद साह र चेतराज भट्टले अनियमितता गरेको निष्कर्श निकालेको छ । 

आयोगले अनियमिततामा दुईजना प्रशिक्षार्थी अमरनाथ साह र प्रमोद कुमार गोइत पनि संलग्न रहेको ठहर गरेको छ । आयोगले ४ जनाविरुद्ध २१ वैशाख २०७४ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अहिले विशेष अदालतमा बिचाराधीन अवस्थामा छ । 

योजनागत रुपमै भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानवीनअनुसार परीक्षामा त्रिवि शिक्षा आयोगका पदाधिकारी समेत संलग्नतामा योजनागत रुपमा भ्रष्टाचार भएको देखिन्छ । 

परीक्षाको प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्म विभिन्न ठाउँमा कैफियत देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ । 

गणित विषयका विज्ञ रोष्टरको सूचीमा ४८ जना विज्ञहरुको नाम हुँदा हुँदै पनि प्राध्यापक चेतराज भट्ट र राम विश्वास प्रसाद साहलाई मात्र दोहर्याएर जिम्मेवारी दिइनुले पनि शंका उब्जाएको अख्तियारले जनाएको छ । साथै प्रश्न निर्माण गर्दा प्राध्यापक भट्ट र साहसँगै अरु दुई जना रहेकोमा पनि उत्तर पुस्तिका परीक्षणको जिम्मा भने भट्ट र साहलाई मात्रै दिइनुले योजनागत रुपमै भ्रष्टाचार भएको देखिन्छ । 

परीक्षा हुनुअगावै १० लाख लिएर प्रश्नपत्र आउट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानवीनका क्रममा प्रश्नपत्र निर्माणमा समेत संलग्न रहेका दुवै जना प्राध्यापक चेतराज भट्ट र राम विश्वास साहले परीक्षा हुनु अगावै प्रश्न पत्र आउट गरेको देखिएको छ । 

प्राध्यापक भट्टले पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराइरहेका रामदत्त भट्ट र प्राध्यापक साहले त्रिवि प्राध्यापक संघका सचिव नन्दकिशोर सिंहमार्फत प्रश्न पत्र बिक्री गरेको फेला परेको अख्तियार स्रोतले लोकान्तरलाई बतायो । यद्यपि अख्तियारले रामदत्त भट्ट र नन्दकिशोर सिंहबारे आफ्नो छानवीन प्रतिवेदनमा उल्लेख गरेको छैन ।  

परीक्षार्थीहरुबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर प्रश्नपत्र आउट गराएको अख्तियारले छानवीन प्रतिवेदनमा उल्लेख गरेको छ । परीक्षामा फेल गराइएका दुईजना परीक्षार्थीको बयानलाई आधार मानेर अख्तियारले परीक्षार्थीबाट दुईजना प्राध्यापकले १०–१० लाख रुपैयाँका दरले पैसा असुल गरेको छानवीन प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्राध्यापक चेतराज भट्टले पुराना प्रश्न हल गरेको भन्दै परीक्षा अगावै प्रश्नपत्रमा भएका प्रश्नको उत्तर समेत आफ्नै हातले लेखेर केही परीक्षार्थीलाई उपलब्ध गराएको अख्तियारले उल्लेख गरेको छ । प्राध्यापक भट्टले उत्तर पुस्तिका परीक्षण गर्दा उत्तर पुस्तिकामा प्रश्न मात्रै उतारी उत्तर नलेखेको अवस्थामा समेत अङ्क दिएका छन् । 

यस्तै प्राध्यापक साहले आफ्नै ज्वाइँको उत्तर पुस्तिका परीक्षण गरी प्रश्नको उत्तर नै नलेखेको अवस्थामा समेत अंक दिइ उत्तिर्ण गराएको अख्तियारको छानवीन प्रतिवेदनमा उल्लेख छ । प्राध्यापक साहले परीक्षा सञ्चालनको प्रचलित मान्यता एवम् सिद्धान्त विपरित आफ्नै ज्वाइँ परीक्षार्थी हुँदाहुँदै सेवा आयोगलाई जानकारी नै नगराएको अख्तियारले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

प्राध्यापक साहले आफ्ना ज्वाइँ अमरनाथ साहको कोड नम्बर ३०७१ को उत्तर पुस्तिका परीक्षण गरी त्यसमा अंग्रेजीमा ‘टीयु सर्भिस कमिसन’ समेत लेखेको भेटिएको छ ।   

पैसा दिने व्यक्तिले केही नलेखेपनि उत्तिर्ण

गणित विषयको परीक्षामा यतिसम्म अनियमितता भएको छ कि उत्तर पुस्तिका जाँच गर्ने प्राध्यपक भट्ट र साहले उत्तर पुस्तिकामा उत्तर नै नलेखेका विद्यार्थीलाई समेत उत्तिर्ण गराएका छन् । 

मानविकी समूहको गणित विषयका परीक्षार्थी प्रमोद कुमार गोइतले ५७०८ कोड नम्बरको आफ्नो उत्तर पुस्तिकामा प्रश्न मात्रै सारेर छाडेका छन् । तर उत्तर पुस्तिका जाँच गर्दा प्राध्यापक चेतराज भट्टले उनलाई उत्तिर्ण गराइदिएका छन् । अख्तियारले गरेको छानवीनअनुसार गोइतले धेरै ठाउँमा प्रश्न मात्रै लेखेर उत्तरै नलेखी छाडेको देखिएको छ । 

यस्तै प्राध्यापक साहका ज्वाइँ अमरनाथ साहले उत्तर पुस्तिकामा विशेष संकेत गरेको र संकेतकै आधारमा उनलाई चिनेरै नम्बर दिइएको अख्तियारको छानवीनमा भेटिएको छ । 

यो पनि पढ्नुहोस्

त्रिविमा अनियमितता, लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x