×

NMB BANK
NIC ASIA

क्रिकेटर आरिफ र दिलिप भन्छन्- अब ब्याटिङ, बलिङ र फिल्डिङ कोच राख्नुपर्छ [अन्तर्वार्ता]

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरमा अहिले दीपक गुप्ता मेमोरियल टी–ट्वान्टी डीजीएम क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ । यो प्रतियोगिता खेल्न राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी पनि जनकपुरमा छन् । सोही प्रतियोगिताका लागि जनकपुर आएका राष्ट्रिय टोलीका ओपनर एवम् विकेट किपर ब्याट्सम्यान दिलिप नाथ र अलराउण्डर आरिफ शेखसँग लोकान्तरका लागि अजय अनुरागीले कुराकानी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाली क्रिकेट टीमले एक दिवसीय मान्यता पाएको छ, यो मान्यता पाउने क्रममा टीमको सदस्य तपाईंहरू पनि हुनुहुन्थ्यो, कसरी सम्भव भयो यो उपलब्धि ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा चार वर्षका लागि ओडीआई स्टाटस प्राप्त गर्न सफल भएको छ । हाम्रो लागि त्यो धेरै ठूलो उपलब्धि हो । त्यो हाम्रा लागि एउटा सपना नै थियो । त्यसका लागि हामी सबैले धेरै नै ठूलो मेहेनत गर्नुपरेको थियो ।


Advertisment
Nabil box
Kumari

हुन त यो उपलब्धिनजिक हामी विगतमा पनि पुग्ने प्रयास गरेका थियौं, तर कहिल्यै हात लाग्न सकिरहेको थिएन । तर यसपटक डिभिजनको शीर्ष २ मा रहँदै विश्वकप छनोटका लागि जिम्बब्वे जाँदा विश्वकप खेल्ने हाम्रो प्रमुख लक्ष्य थियो । त्यसका लागि हामीले तयारी पनि गरेका थियौं । तर शुरुकै तीन खेल जिम्बाब्वे ,स्काटल्याण्ड र अफगानिस्तानसँग लगातार हारेपछि हामीलाई थाहा थियो कि अब हामी विश्वकप खेल्न पाउँदैनौं, तर यदि अबको बाँकी खेलहरूमा हङकङ र पीएनजीलाई हराउन सके एकदिवसीय मान्यता पाउन सकिन्छ ।

Vianet communication
Laxmi Bank

तर ईश्वरको कृपाले र लाखौं नेपालीहरूको प्रार्थनाका कारण हामीहरू त्यसमा सफल भयौं ।

एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रि सेक्टरबाट कस्तो प्रतिक्रिया आयो ?

त्यो त त्यति हामीलाई थाहा भएन । तर भारतीय पूर्वक्रिकेटर वीरेन्द्र सेहवाग, पूर्वकप्तान महेन्द्रसिंह धोनीलगायतले बधाई दिएका थिए । हामीले पनि यो ऐतिहासिक उपलब्धि प्राप्त गरेपछि सेलिब्रेट पनि ग¥यौं । हाम्रा लागि खुशीको ठेकाना थिएन । हाम्रो लागि त्यो दिन सबैभन्दा महत्त्वपूर्ण दिन थियो ।

यो उपलब्धि ४ वर्षका लागि अस्थायी हो, आगामी चार वर्ष नेपाल क्रिकेट टीम कसरी अगाडि बढ्छ ?

हो, तपाईंले ठीक भन्नुभयो । हामीले चार वर्षका लागि मात्र ओडीआई मान्यता पाएका छौं । हामीले नेपालमा क्रिकेटको विकास गर्न सकेनौं भने यो उपलब्धिपछि गएर खोसिन पनि सक्छ । त्यसैले हामी यसप्रति अत्यन्तै गम्भीर छौं । आउने दिनमा नेपालको क्रिकेट झन् राम्रो हुँदै जानेछ । त्यसका लागि नेपालमा घरेलु क्रिकेटको संरचना तयार गर्नुपर्छ ।

धेरैभन्दा धेरै घरेलु प्रतियोगिताहरू सञ्चालन गर्नुपर्छ । भर्खरै क्रिकेट बोर्ड क्यानको साधारणसभाबाट विधान पारित भएको छ । त्यसबारे हामीलाई त अहिले धेरै थाहा छैन, तर आउँदो दिनमा सम्बन्धित निकायले नेपालमा क्रिकेटको विकासका लागि एक वर्षे, दुई वर्षेदेखि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुहुन्छ होला भन्ने हामीलाई लागिरहेको छ ।

भारतसँग खेलेर उनीहरूलाई हराउने धेरैको सपना छ, कहिले पूरा हुन्छ त्यो सपना ?

यो सपना पनि एक न एक दिन साकार हुन्छ । अहिले नै भइहाल्छ भनेर त हामीले भन्न सक्दैनौं । तर भारतमा जसरी भारतीय क्रिकेट बोर्डले आफ्नो क्यालेन्डर बनाउँछ, ठीक त्यसैगरी हाम्रो क्यानले पनि आगामी चार वर्षका लागि क्यालेन्डर बनाउनुपर्छ । भारतसँग कसरी खेल्न सक्ने भन्ने कुराका लागि क्यानका पदाधिकारीले भारतीय क्रिकेट बोर्डसँग आईसीसीसँग समेत समन्वय गर्नुपर्ने हुन्छ । तपाईंलाई थाहै छ, लामो समयदेखि क्यान निलम्बित थियो । भर्खरै साधारणसभा भएको छ । आशा गरौँ सबै कुरा अब सही दिशामा अगाडि बढ्नेछन् ।

मुख्य कुरा के हो भने नेपालमा नियमित अन्तरालमा क्रिकेट म्याच हुनुपर्छ । हामीसँग त्यसै पनि मैदानको अभाव छ । विना ग्राउण्डकै हामीले त्यत्रो ठूलो उपलब्धि हात पार्न सफल भयौं । नेपालमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको स्टेडियम छैन, जहाँ  हामीले अन्तर्राष्ट्रिय स्तरको  प्रतियोगिता सञ्चालन गरेर हामीले होस्ट गर्न सकौं । वीरगञ्जमै पनि राम्रो लेभलको ग्राउण्ड छ तर केही विवादका कारण त्यसलाई मेन्टेन गर्न सकेका छैनौं । त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनु जरूरी छ ।

नेपालमा पनि डीपीएल, इपीएल, डीजीएमटीजस्ता घरेलु प्रतियोगिताहरू भइरहेका छन्, यसले नेपाली क्रिकेटलाई कस्तो योगदान गर्दा ?

कुनै पनि देशमा क्रिकेट निकास गर्नमा घरेलु क्रिकेट अत्यन्तै महत्त्वपूर्ण हुन्छ । बल्ल हाम्रो देशमा पनि त्यस्ता घरेलु प्रतियोगिताहरू सञ्चालन भएको छ । हामीले पनि त्यसको लाभ लिन सक्नुपर्छ । किनभने घरेलु प्रतियोगिताले नै बेन्च स्ट्रेन्थ निर्माण गर्ने हो ।

अहिले भइरहेका प्रतियोगिता टी–ट्वान्टी फर्म्याटका छन्, एकदिवसीय म्याच पनि हुनुपर्ने होइन ?

हामीले पनि त्यही भनिरहेका छौं । मात्र टी–ट्वान्टी म्याचले पुग्दैन । ओडीआई स्टाटसलाई कायम राख्नु छ भने वान डे म्याच पनि हुनुपर्छ । अझ टेस्ट मान्यता पाउनु छ भने त त्यस्तो म्याच हुनु नितान्त आवश्यक छ । त्यो सबै कुरामा क्यानले ध्यान दिनु जरूरी छ ।

नेपाली टीम अझै पूराना खेलाडीमै निर्भर रहेको देखिन्छ, तपाईंहरूजस्ता नयाँ र युवा खेलाडीले कहिले राम्रो प्रदर्शन गर्ने ?

पारस दाइ र सीनियर दाइहरू अनुभवी हुनुहुन्छ । हामी टीममा भर्खरै आएका छौं, सिक्दै छौं । हामीले पनि धेरै मेहेनत गरिरहेका छौं । जति बढी म्याच खेल्दै जान्छौं हाम्रो अनुभव पनि बढ्दै जानेछ । हामीले पनि राम्रो गर्ने प्रायस गरिरहेका छौं । क्रिकेट भनेको टीमको खेल हो । सबैले त्यसका लागि भरपुर मेहेनत गरिरहेका छन् । हामीले पनि अब राम्रो गर्छौं भन्ने विश्वाश छ । आशा गरौँ, आगामी दिनमा सबैको प्रदर्शन राम्रो हुनेछ ।

नेपाली क्रिकेट टीममा कहाँ सुधारको धेरै आवश्यकता छ ?

ब्याटिङ, बलिङ, फिल्डिङ, फिटनेस सबै क्षेत्रमा धेरै नै सुधार गर्नुपर्ने आवश्यकता छ । फिटनेस एकदमै जरुरी छ । त्यसका लागि के खाने, के नखाने भन्ने कुरामा हामीले ध्यान दिइरहेका छौं ।

नेपालमा पनि अब अलग–अलग विधाका कोच राख्ने बेला भइसकेको हो ?

एकदमै ठीक कुरा गर्नुभयो तपाईंले । हामीले अब एकदिवसीय खेल खेल्नका लागि अन्य देशहरूमा भए झैं बलिङ कोच, ब्याटिङ कोच, फिल्डिङ कोच राख्नुपर्छ । सबै देशमा विदेशी कोचहरू छन् । हामी स्वदेशी कोच जगत टमाटा गुरुसँग सिकिरहेका छौं । तर त्यो पर्याप्त होइन । अब आगामी दिनमा राम्रो गर्नका लागि विदेशी कोचहरू राख्नु जरुरी छ  ।

अहिले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित छन्, यसले नेपाली खेलाडीलाई फाइदा पुग्ला ?

सन्दीप लामिछाने आईपीएलमा पुगेका छन् । यद्यपि अहिलेसम्म उनलाई खेलाइएको भने छैन । तर पनि उनलाई खेलाउने छन् भन्नेमा हामी आशावादी छौं । उनी त्यहाँ अहिले अनुभवप्राप्त गरिरहेका छन् । त्यो अनुभवलाई पनि नेपालको क्रिकेट विकास गर्न मद्दत पुग्नेछ । साथै हाम्रा अन्य खेलाडीहरूको लागि पनि आईपीएलमा जाने बाटो खुल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x