×

NMB BANK
NIC ASIA

३ महिनाका लागि प्रदेश ७ को बजेट : 'हेलो सीएम'देखि 'स्मार्ट भिलेज'सम्म

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ९ बैशाख–प्रदेश नं. ७ को चालु आवको आंशिक बजेट प्रस्तुत भएको छ ।

Muktinath Bank

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आज (आइतवार) बसेको प्रदेश संसद बैठकको विशेष समयमा १ अर्व २ करोड ५ लाख बराबरको आंशिक बजेट प्रस्तुत गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री बोहराले आफ्नो बजेट व्यक्तव्यमा संघीयता कार्यान्वयनमा सहयोग गर्ने, प्रदेशस्तरीय निकायहरुको संरचनाको व्यवस्थापन गर्ने, दिगो, समावेशी र उच्चदरको आर्थिक वृद्धि हासिल गर्न प्रस्थानविन्दु तय गर्ने, सबै क्षेत्रको समानुपातिक विकास गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र विकास प्रक्रियामा अपनत्वबोध गराउन जनसहभागिता सुनिश्चित गराउने बजेटको उदेश्य रहेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

त्यस्तै उनले संघीयता कार्यान्वयनका लागि कानूनी तथा संस्थागत संरचना निर्माण, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालिन आवधिक योजना निर्माण गर्ने बजेटको प्राथमिकताको विषय भएको पनि बताए । 

Vianet communication
Laxmi Bank

साथै गरिबी न्यूनीकरण गर्न लक्षित कार्यक्रम, कृषिमा आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, विकासका पूर्वाधारहरुको प्रारुप तय गर्ने, जल, जंगल, जमिन, जडिबुटी, उद्योग र पर्यटनको वैज्ञानिक विकास गर्ने आर्थिक असमानता हटाई समावेशी विकास गर्ने र     प्रचुर सम्भावना भएका क्षेत्र पहिचान गर्ने पनि चालु बजेटको प्राथमिकताको क्षेत्र भएको मन्त्री बोहराले उल्लेख गरे ।

त्यस्तै, बजेट भाषणमार्फत मन्त्री बोहराले कृषि क्षेत्रको विकासको लागि ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने मूल नाराका सहित ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ सञ्चालन गरिने बताए । जसको लागि चालु आवमा ५० लाख बिनियोजन गरेको उनले जनाए । ९ वटै जिल्लामा शित भण्डार स्थापना गर्ने पनि उनको भनाई थियो ।

मुख्यमन्त्री राहत कोष, ५० लाखको आकस्मिक कोष खडा गर्ने बताइएको छ । मुख्यमन्त्रीबाट सोझै जनताको गुनासोहरु सुन्न ‘हेलाे सीएम कार्यक्रम’ सञ्चालन गरिने समेत मन्त्री बोहराले आफ्नो भाषणमा उल्लेख गरे । 

पाँच वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाइने, ‘फोहरमुक्त स्वच्छता, प्रदेश नं. ७ को प्रतिवद्धता’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

एकिकृत पूर्वाधार विकास गरी नमूनाको रुपमा स्मार्ट भिलेज र नयाँ शहर स्थापना गर्न सम्भाव्यता अध्ययन सुरु गर्न बजेट बिनियोजन भएको मन्त्री बोहराले बताए । 
लगानीमैत्री वातावरण निर्माण संगै प्रदेशमा एक व्यक्ति एक बैंक खाताको अवधारणालाई सार्थकता प्रदान गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने मन्त्री बोहराले आफ्नो भाषण समावेश गरे ।

त्यस्तै, थारु समुदायमा देखा परेको सिकलसेल एनिमिया रोगको औषधोपचारको लागि १० लाख बिनियोजन गरिएको छ । मुक्तकमैया, हलिया, भूमीहिन, सुकुमवासी, बादी समुदायको व्यवस्थापनको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

संसद बैठकपछि बजेटवारे आयोजित पत्रकार सम्मेमलनमा मन्त्री बोहराले बिनियोजित बजेट प्रदेशको ऐतिहासिक, विकासको जग र जनमुखी भएको दावी गरे । बजेटलाई मुर्तरुप दिन बजेटलाई कनिका छरे झंै विवरण गर्ने प्रथाबाट जोगाएको पनि मन्त्री बोहराको भनाई थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x