×

NMB BANK
NIC ASIA

भूकम्पले भत्किएका ३ हजार ६ सय विद्यालयको पुनर्निर्माण

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ९ वैशाख– सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ । 

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको कार्ययोजना’ अन्तरक्रियामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का योजना निर्देशक इमनारायण श्रेष्ठले तीन वर्षमा भूकम्पले क्षतिग्रस्त करिब नौ हजार विद्यालयमध्ये तीन हजार ६१३ मात्र निर्माण गर्न सकेको बताए। 

प्राधिकरणले तीन वर्ष सरकार, गैरसरकारी संस्था (गैसस), निर्माण व्यवसायी र विद्यालय व्यवस्थापन समितिको सहयोगमा ती विद्यालय निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त विद्यायल रु एक खर्ब तीन अर्बको लागतमा पुनःनिर्माण गरिएको हो । भूकम्पबाट क्षति पुगेका अझै करिब पाँच हजार ३०० विद्यालय पुनःनिर्माण हुन बाँकी छ । 

भूकम्प प्रभावित ३२ जिल्लाका सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएका थिए । तीमध्ये २१ हजार १६९ कक्षाकोठामा पूर्ण र १५ हजार ९९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेका थियो । योजना निर्देशक श्रेष्ठका अनुसार एक हजार ७१९ विद्यालय निर्माणाधीन र ३२४ विद्यालय निर्माणको छनोट गरिएको छ । 

सरकारले विद्यालय व्यवस्थापन समिमिमार्फत दुई हजार ५६१, निर्माण व्यवसायीमार्फत दुई र गैरसरकारी संस्थामार्फत एक हजार ५० विद्यालय पुनःनिर्माण गरेको हो । केन्द्रीय कार्यान्वयन इकाई योजना निर्देशक श्रेष्ठले तोकिएको समयसीमाभित्र सम्पूर्ण विद्यालयको पुनःनिर्माण सम्भव नभएकाले समय बढाइएको बताए । 

उनले भूकम्प गएको एक वर्षसम्म नीतिगत काम गर्नुपर्ने भएकाले अर्को वर्षबाट मात्र काम भएको बताए । पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले विसं २०७६ असारसम्म चार हजार ६०० विद्यालय पुनःनिर्माण गरिसक्ने बताए । 

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले पुनःनिर्माणाको काम सुस्त गतिमा भएको स्वीकार गरे । विद्यालयको जग्गा प्राप्ति दक्ष जनशक्ति नहुँदा समयमा नै विद्यालयको निर्माण गर्न नसकिएको उनले बताए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x