कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बैशाख १०, २०७५
बाबु मुकेश ! आँ गर, खाऊ खाऊ
मेरो छोरा ज्ञानी छ नि है, यति त खान्छ
अलिकति त खाइदेउ बाबु !
आमाले खाना खान गरेको आग्रहलाई मुकेश खान्छु वा खाँदिन केही भन्न सक्दैनन् । आमा मीराले धेरै समय फकाए पछि खान तयार भएको संकेत गर्दै बल्लतल्ल मुख खोलिदिन्छन् । अलिकति आँ गरेपछि खुसी हुँदै छोराको मुखभित्र खानेकुरा हालिदिन्छिन् मीरा । मुकेश र्याल चुहाउँदै बिस्तारै खाना चपाउने प्रयास गर्छन् । तर दाँत नै नभए पछि आमाले मुखमा हालिदिएको खानेकुरा चपाउन सक्दैनन् उनी ।
मुखभित्र र्यालमा भिजेको केही खानेकुरालाई निल्छन्, केही र्यालसँगै बाहिर ओकल्छन् । छोराले निल्न नसकेर ओकलेको खानालाई रुमालले पुछिदिँदै मीरा अमिलो मन बनाउँछिन् ।
मीराले भर्खरै ६ महिना पुग्दै गरेको बालक छोरालाई खाना खुवाउन गरेको कष्ट होइन यो । मुकेश बालक भएर दाँत नपलाएको वा उमेर नपुगेर बोल्न नसक्ने भएको पनि होइन । मुकेश र उनकी आमा मीरा कुनै काल्पनिक कथाका पात्र पनि होइनन् ।
निरंकुश राजतन्त्र ढाल्नका भएको १९ दिने जनआन्दोलनमा सुरक्षाकर्मीको तातो गोली खाएका ‘जिउँदो शहीद’ मुकेश कायस्थ हुन् उनी । मीरा कायस्थ मुकेशकी आमा हुन्, जो विगत १२ वर्षदेखि मुकेशलाई ६ महिने बालकलाई झैं खाना खुवाइरहेकी छन् ।
गत बुधवार । दिउँसो ३ बजे, लोकान्तरकर्मी काभ्रेको बनेपास्थित मुकेशको घर पुग्दा मुकेशकी आमा मीरा आफ्नो २७ वर्षिया छोरालाई खाना खुवाउँदै थिइन् ।
‘गिलो खानेकुरा मात्रै खान सक्छ । खाना खुवाउन किनै गाह्रो हुन्छ । उसलाई मन लागेको बेलामा २०–२५ मिनेटमा खाइसक्छ,’ मुकेशको मुखमा खानेकुरा राखिदिँदै मीराले लोकान्तरकर्मीसँग भनिन्, ‘कुनैबेला खान मान्दैन, फकाउँदै खुवाउँदा एक घण्टा लाग्छ ।’
‘मुकेश नखाने पुग्यो ?’
मुकेश आमाको मुखलाई एकनासले हेरिरहन्छ मात्रै कुनै प्रतिक्रिया दिँदैन । मुख बन्द गरेर नखाने संकेत गर्छ ।
‘बाबुलाई पुग्यो है, नखाने, अब मुख सफा गर्ने है,’ मीरा छोराको मुखबाट बाहिर निस्कएको खाना रुमालले पुछिदिन्छिन् ।
‘पहिला पहिला त मुकेशले खाना खानै सक्दैनथ्यो । पाइपबाट दुई–दुई घण्टामा खुवाउनु पथ्र्यो । अहिले गिलो खानेकुरा खान सक्ने भएको छ । अहिले ६–६ घण्टाको फरकमा गिलो खानेकुरा खुवाउँछु,’ मीराले सुनाइन् ।
मुकेशले बोलेको त्यो अन्तिम शब्द
२०६२ सालमा कक्षा ८ को परीक्षा दिएर बसेका थिए, मुकेश । घरमा पालेको कुकुरलाई निकै माया गर्ने उनी आफुले खाना खाइसकेपछि कुकुरलाई पनि खाना खुवाउँथे । चैत २७ गते साथीहरुसँग खेल्न गएका मुकेश बिहान खाना खान किनै ढिला आए ।
‘साथीहरुसँग पहिला नै सल्लाह गरेर आएको थियो कि के हो । त्यो दिन ढिला खान खान आयो । हतार हतार खान खाएर बाहिर निस्किन लाग्यो,’ मीराले विगत सुनाइन् ।
सधैं कुकुरलाई खाना खुवाउने मुकेशले त्यो दिन आमालाई त्यो जिम्मेवारी सारे । आमासँग ‘आज कुकुरलाई खाना तपाईं खुवाउनु है’ भनेर बाहिरिएका मुकेशको त्यसपछि बोली सुन्न पाइएको छैन । ‘उसले बोलेको यहि शब्द र त्यो दिन अहिले सम्झन्छु अनि आँसु थाम्नै सक्दिन्,’ आँखाबाट बगेका आँसु पुच्छै मीरा सुकसुकाइन् ।
मुकेशको ८ कक्षाको परीक्षाफल (रिजल्ट) भर्खरै आएको थियो । बुवा कृष्णमानलाई आफ्नो रिजल्टपेपर ल्याइदिन भनेका थिए । तर रिजल्टपेपर देखाउन नपाउँदै उनको समवेदना हराइसकेको थियो ।
छोराले साथीसँग खेल्न जान हतार गरेको होला भन्ने सोचेकी मीरा घरमै बसेकी थिइन् । तर कसैले सुनाए मुकेश त गोली लागेर अस्पतालको बेडमा छन् ।
अस्थिपञ्जरजस्तै थिए मुकेश
चैत २६ गते, पोखरामा गोली लागी मृत्यु भएका काभ्रेका भीमसेन दासको शब २७ गते बनेपा ल्याइँदै थियो । आन्दोलनमा शहादत प्राप्त गरेका भीमसेनको शव ल्याउँदा बनेपामा मानवसागर उर्लियो । गोली हान्ने सरकारविरुद्धको आक्रोश र दिवंगत भीमसेनप्रतिको श्रद्धाले हरेक घरका मानिसहरु सडकमा उत्रिएका थिए । १५ वर्षिया मुकेश पनि साथीहरुसँगै सडकमा पुगे । आन्दोलनको पक्षमा नारा लगाउँदै गरेका मुकेशको टाउकोमा गोली लाग्यो । गोली लागेर ढलेका मुकेशलाई निकै मुस्किलले वीर अस्पतालमा पुर्याइएको थियो ।
‘वीर अस्पतालमा उपचारको लागि पुर्याउँदा त्यहाका चिकित्सकहरुले बाँच्दैनन् यहाँबाट लैजानुहोस् भनेका थिए,’ विगत सम्झँदै मुकेशका बुवा कृष्णले भने, ‘जसरी पनि बचाउनुपर्छ भनेर लागे ।’
मुकेशलाई आकस्मिक कक्षमा स्लाइन पानी दिएर राखिएको ५ घण्टा पछि मात्रै चिकित्सकहरु अपरेसन थिएटरमा लैजान तयार भएको कृष्ण सम्झन्छन् । खल्तिमा एक पैसा पनि नबोकी वीर अस्पताल पुगेका कृष्णलाई छोराको उपचारको लागि औषधि पाउन निकै मुश्किल परेको थियो ।
‘चिकित्सकहरुले २२ हजारको औषधि तुरुन्त किनेर ल्याउनु भने । आफुसँग एक पैसा थिएन । बनेपाका साथीहरुलाई फोन गरे, पैसा भए पनि कर्फ्यू लागेकाले ल्याइदिने अवस्था थिएन,’ मुकेशको उपचार गर्दा बेहोरेको कष्ट सम्झदैँ कृष्ण भन्छन्, ‘औषधि पसेलेलाई मेरा साथीहरुले फोनमा आधा घण्टा कुरा गरेपछि बल्लतल्त उनले औषधि उधारो दिएका थिए । मेरो छोरा निकै मुश्किलले बाँचेको हो ।’
आईसीयूमा राखेर उपचार गर्दा मुकेश चिन्न नै नसकिने भएका थिए । ‘अस्थिपञ्जर जस्तै थियो त्यो अवस्थामा मुकेश,’ आमा मीरा सम्झिन्छिन्, ‘वीर अस्पतालको आईसीयूमा उपचार गराएको ६ महिनामा बल्ल देब्रे हात र टाउको चलाएको थियो ।’
१२ वर्ष अघि गोली लागेर अचेत अवस्थामा रहेका मुकेश अहिले पनि देब्रे हात मात्रै चलाउन सक्छन् । दाहिने खुट्टाका अाैंलाहरु अलिअलि चलाउँछन् । बोली फुट्न लागेको बच्चाले जस्तै बोल्ने प्रयास गर्छन्, तर बोल्न सक्दैनन् । बाबु–आमाले मुकेश भनेर बोलाउँदा एकोहोरो हेर्छन् मात्रै ।
कहिलेकाँही बाबु–आमाका कुरा सुनेर हाँस्छन् उनी । मुकेशको त्यही मुस्कानलाई आफ्नो र देशको गौरव मानेर बाँचिरहेका छन्, कायस्थ दम्पती ।
कृष्णले भने, ‘मेरा छोराको योगदानले देशमा लोकतन्त्र आएको छ । देशलाई अहिले पनि खबरदारी गरिरहेको छ मेरो छोराले । यसमै गर्व गरेका छौं ।’
‘१२ वर्ष भइसक्यो छोरा ओछ्यानमै छ, कहिलेकाही त धेरै दुःख लाग्छ, विगत सम्झिंदा पीडा हुन्छ,’ मीरा निःशब्द भइन् ।
जिउँदो शहीद, भनियो तर घोषणा भएन
जनआन्दोलनमा घाइते भएका मुकेशको अवस्थालाई सबैले जिउँदो शहीदको संज्ञा दिए । आन्दोलन सफल भएपछि मुकेशको उपचार खर्च सरकारले नै बेहोर्दै आएको छ ।
१२ वर्षको अवधिमा सरकारमा गएका प्रधानमन्त्री, मन्त्रीहरु सबैले मुकेशलाई जिउँदो शहीद भन्दै देशको प्रेरणाको पात्र भन्दै शब्दमार्फत सम्मान व्यक्त गरे ।
मुकेशको नाममा उनका परिवारले खोलेको प्रतिष्ठानले प्रकाशन गरेको मुकेश कायस्थको ऐतिहासिक ग्रन्थमा ‘बिम्ब प्रतिबिम्बहरु २०७३’ मा प्रधामन्त्री केपी शर्मा ओलीलगायत सबैले मुकेशलाई जिउँदो शहीद भनेर सम्बोधन गरेरै प्रतिष्ठानलाई लिखित शुभकामना समेत दिएका छन् ।
मुकेशलाई जिउँदो शहीद भनिए पनि सरकारबाट घोषणा भने नभएको मीराले गुनासो गरिन् । ‘सबैले मुकेश जिउँदो शहीद नै हो भनेर भन्नुभयो । तर सरकारले अहिलेसम्म घोषणा भने गरेको छैन । यसमा दुःख लागेको छ,’ मीराले दुखेसो पोखिन् ।
'लोकतन्त्र आएको आभास भएको छैन'
१९ दिनसम्म चलेको आन्दोलनपछि बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेक्यो ।
जनआन्दोलनको सफलतासँगै युद्धरत तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ घोषणा गरे ।
राजसंस्थाको पारिवारिक र जहानिया प्रत्यक्ष शासन अन्त्य र लोकतन्त्र पुनस्र्थापना भएको सम्झनामा बैशाख ११ गतेलाई ‘लोकतन्त्र दिवस’ भनेर मनाउन थालियो । नेपाली राजनीतिले नयाँ मोड लियो । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी पनि भयो ।
यतिबेला देशमा स्थानीय, प्रदेश र संघीय गरि तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । गाउँदेखि सिंहदवारसम्म थरिथरिका सरकार बनेका छन् । तर आन्दोलनमा रगत बगाएका मुकेशहरुको अवस्था भने झन दयनिय बन्दै गएको छ ।
‘त्यतिखेर देशको लागि लडेर मेरो छोराजस्तै धेरै परिवारका छोरा–छोरीहरु घाइते भए, शहीद भए । जनआन्दोलनकै परिणामले देशले लोकतन्त्र पाएको छ,’ मीराले भनिन्, ‘मुकेशकै लागि त सरकारले केही गरेको छ । तर मुकेशजस्तै धेरै घाइते, शहीद र उनीहरुका परिवारको अवस्था निकै दयनिय छ भन्ने सुनेको छु । उनीहरुका लागि पनि सरकारले विशेष व्यवस्था गरिदिनु पर्छ ।’
‘जनआन्दोलन हुनुभन्दा अगाडीको समय भन्दा देशमा धेरै परिवर्तन भएको त छ । तर पूर्ण रुपमा लोकतन्त्र आएको आभास भएको छैन,’ मीराले थपिन्, ‘स्थीर सरकार बनेको छ । अब सरकारले आफ्नो र आफ्नो पार्टीको स्वार्थ मात्रै नहेरी देश र जनताका लागि पनि सोचेर काम गरिदियो भने लोकातन्त्र आएको आभास गर्ने थियौं ।’
मुकेशको नाममा पुनर्स्थापना केन्द्रको आस
जनआन्दोलनका घाइतेको पुर्नस्थापनाको लागि सरकारले मुकेशको नाममा पुर्नस्थापना केन्द्र खोलिदिनुपर्ने मुकेशको परिवारको माग छ ।
मुकेशजस्तै जनआन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनमा घाइते भइ अपाङ्गता भएकाहरुको उपचारका लागिसमस्या भएको भन्दै उनीहरुको लागि छुट्टै अस्पताल तथा पुनस्र्थापना केन्द्रको आवश्यकता रहेको मीराले बताइन् ।
‘सरकारले पुर्नस्थापना केन्द्रमा राखिदिए मुकेश जस्तै धेरै अपाङ्गता भएकाहरुको उपचार र हेरचाह राम्रोसँग हुने थियो,’ मीराले भनिन्, ‘सरकारले त्यस्तो केन्द्र खोलिदियो भने मुकेशलाई पनि त्यहि राख्थे र मेरो छोराजस्तै अपाङ्ग बनेका पीडितहरुको पनि सेवा गरेर बस्थें ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...