×

NMB BANK
NIC ASIA

आजको खेलमा सन्दिपले खेल्ने सम्भावना कति ?

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० वैशाख- भीभो आईपीएल- २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी) ले हालसम्म खेलेका ५ मध्ये ४ खेलमा पराजय व्योहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ । हालसम्म दिल्लीले सबै खेल विपक्षीको मैदानमा खेलेको छ ।

Muktinath Bank

दिल्लीले शनिबार रोयल च्यालेञ्जर्स बैंग्लोरसँग बैंग्लोरमै खेलको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार (आज) बल्ल फिरोज साह कोटला मैदानमा दिल्लीको टीम फर्किनेछ, जहाँ उसको भेट पाहुना टोली किंग्स इलाभेन पञ्जावसँग हुनेछ । दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि अनुबन्धित छन् । सन्दीपले हालसम्म खेल्न पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

दिल्लीको टीमले बलिङमा राम्रो गर्न नसकिरहेको र अन्य केही टीमले तीन स्पीनर खेलाएर शानदार नतिजा निकालिरहेको अवस्थामा सन्दीप लामिछानेले खेल्न पाउने सम्भावना बढेको छ । दिल्लीको आधिकारिक वेबसाइटले घरेलु मैदान कोटलामा सन्दीप उपर्युक्त विकल्प हुनसक्ने लेखेको छ । कोटलाको मैदान स्पीन फ्रेण्ड्ली मानिन्छ ।

Vianet communication
Laxmi Bank

टेस्टमा भारतीय स्पिनर अनिल कुम्लेले पाकिस्तानविरुद्ध एकै पारीमा १० वटै विकेट लिएको यही मैदानमा हो । यस मैदानमा खेलिएको अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डविरुद्ध भारतीय स्पीनरले ६ विकेट लिएका थिए । डीडीको वेबसाइटमा लेखिएअनुसार यस मैदानमा तीव्र गतिका बलरले करीब १० को औसतमा रन खर्चिएका छन्, जबकि स्पीनरको इकोनोमी ६.३३ छ, जुन टी-ट्वान्टीमा निकै राम्रो मानिन्छ ।

सन्दीपले १९ वर्षमुनिको विश्वकपमा आयरल्याण्डविरुद्ध लिएको ह्याट्रिक, डिभिजन टूमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्दै पाएको म्यान अफ द सिरिजको उपाधि, विश्वकप छनोटको प्रदर्शन लगायतलाई उल्लेख गर्दै डीडीको वेबसाइटले सन्दीप फिरोज साह कोटला मैदानमा निकै प्रभावकारी बन्न सक्ने विश्वास गरेको छ ।

'हामी यस्तो यसकारण भन्दैछौं, जुन तरिकाबाट आईपीएल-११ मा तीन स्पीनर टीममा सामेल गर्ने लहर चलेको छ र त्यस्ता टीमहरूले सफलता पनि हासिल गरिरहेका छन्, यस्तो अवस्थामा दिल्ली पनि आफ्नो झोलीबाट सन्दीप लामिछानेलाई निकाल्न चाह्नछ,' डीडीको वेबसाइटमा लेखिएको छ ।

साथै समाचारमा अस्ट्रेलिन लेजेण्ड लेग स्पिनर शेन वार्नका फ्यान सन्दीपलाई अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले पहिचान गरी अष्ट्रेलिया लगेर प्रशिक्षण दिएको पनि उल्लेख छ ।

यदि सन्दीपले दिल्लीको पहिलो घरेलु खेलमा डेब्यु गर्ने मौका पाएमा उनले क्रिस गेल, एरोन फिन्च तथा युवराज सिंहजस्ता धुरन्तर ब्याट्सम्यानको सामना गर्नुपर्नेछ । शुरुमा टीममा स्थान बनाउन नसकेका गेलले पछिल्लो दुई खेलमा शानदार प्रदर्शन गरेका छन् । आफूले खेलेको पहिलो खेलमा अर्धशतकीय पारी खेलेका गेलले बिहीबार खेलेको दोस्रो खेलमा शतक प्रहार गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x