×

NMB BANK
NIC ASIA

चुनावमा कांग्रेस पराजित हुनुको कारण, ‘टिकटमा आर्थिक चलखेल र अन्तरघात’

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १० वैशाख– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले चुनावमा पार्टी पराजयको मुख्य कारण नेतृत्वको कमजोरी भएको आरोप लगाएका छन् । उनीहरुले उम्मेदवारको टिकट वितरणमा आर्थिक चलखेल भएको समेत आरोप लगाए । केही सदस्यहरुले भने अन्तरघातका कारण चुनावमा कांग्रेस उम्मेदवारले पराजय व्यहोरेको बताए ।

Sagarmatha Cement
Muktinath Bank

विकसित पछिल्लो राजनीतिक घटनाक्रम, चुनावमा पार्टी परायजको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बसेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले सभापति शेरबहादुर देउवाको आलोचना गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवारको बैठकमा अम्बिका बस्नेत, रत्न शेरचन, ध्यान गोविन्द रञ्जित, मानवबहादुर विश्वकर्मा, किरण यादव, अजय चौसरीया, सुजाता परियार, चन्द्र भण्डारी, कमला पन्त र चित्रलेखा यादव बोलेका थिए । 


Advertisment
Nabil box
Kumari

नेता भण्डारीले चुनावमा पार्टी पराजयको मुख्य कारण नेतृत्वको कमजोरी रहेको बताएका थिए । ‘नेतृत्वको कमजोरीका कारण पार्टीले चुनावमा पराजय व्यहोरेको हो’ उनले भने, ‘कांग्रेसले गरेका राम्रा काम पनि बेच्न सकिएन ।’

Vianet communication
Laxmi Bank

केन्द्रीय सदस्य ध्यान गोविन्द रञ्जितले पार्टी भित्रकै अन्तरघातीका कारण कांग्रेसले चुनावमा हारेको बताए । ‘कांगेस हार्नुमा पार्टी भित्रका अन्तरघातीको मुख्य भूमिका छ’ कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको समेत प्रसंग जोड्दै रञ्जितले भने, ‘युवा नेता भन्नेहरुले कहाँ कहाँ कसलाई जिताए ?’ 

उनले बरिष्ठ नेता पौडेलप्रति पनि कटाक्ष गरे । ‘रामचन्द्रजीलाई पदको कस्तो लोभ लागेको हो ? सभामुख भइसकेको मान्छे मन्त्री बन्नु भयो, अब राज्य मन्त्री बन्ने हो कि भनेर जनताले प्रश्न गर्छन्’ देउवा समूहका रञ्जितले पौडेलप्रति व्यङ्य गरे । 

उनले पार्टीको सभापति हुने सम्भावना रहेको भन्दै महामन्त्री शशांक कोइरालालाई देउवाको बिषयमा धेरै नबोल्न सुझाव दिए । ‘सभापतिले पार्टीमा एकता कायम गर्न सक्नु भएन भनेर महामन्त्रीले भाषण गर्दै हिडनु भएको छ । सभापति बन्ने मान्छेले यसो भनेको सुहाउँदैन’ रञ्जितले भने । 

केन्द्रीय सदस्यहरुले भनाइ राख्ने क्रम सकिएपछि मंगलवार नै बैठक सम्पन्न गर्ने तयारी छ । त्यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सभापति देउवाले जवाफ दिने छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x