×

NMB BANK
NIC ASIA

जनआन्दोलनका घाइते अञ्जन : एउटा आँखा गुम्यो, तर साहस गुमेन

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ११ वैशाख–आज लोकतन्त्र दिवस । जनआन्दोलन २०६२÷०६३ लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको जिल्लामा पर्छ रूपन्देही पनि ।

Sagarmatha Cement
Muktinath Bank

जनआन्दोलनको शुरु हुनुभन्दा अगाडि नैं बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा विद्यार्थी संगठनहरूले राजतन्त्रविरोधी गतिविधि शुरु गरेर आन्दोलनको माहोल सिर्जना गरिसकेका थिए । त्यसलाई प्रेसले मलजल गर्‍यो । त्यसलगतै रूपन्देहीमा २०६२ चैत २४ गतेदेखि आन्दोलन शुरू भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत २५ गते बिहान ९ बजे एमालका नेता तथा (हाल प्रदेश सांसद) भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतको नेतृत्वमा बुटवल–७ दीपनगरबाट एक हुल युवा कफ्र्यूको प्रवाह नगरी सडकमा उत्रिए । सो जुलुस पुष्पलाल पार्कमा गएर राजतन्त्रविरोधी नारा लगाउँदै चर्को नाराबाजी गर्दै आन्दोलन अगाडि बढाउने योजनाका साथ आएका युवाहरूलाई पुष्पलाल पार्कनजिकै नपुग्दै तत्कालीन शाही नेपाली सेनाको समूहले आक्रमण गर्‍यो । 
हवाई फायर गर्‍यो, अश्रु ग्यासको सेल हान्यो । करीब ८० जनाको संख्यामा रहेका युवा तथा नेताहरूमा भागाभाग भयो । सोही आन्दोलनमा सहभागी थिए बुटवलका अञ्जन श्रेष्ठ ।


Advertisment
Nabil box
Kumari

उनी प्रहरीले हानेको लाठी छल्दै भाग्दै गर्दा नजिकैको घरमा पसे । उनलाई घर भित्रबाट आन्दोलनकारी तैँ होस् भन्दै तत्कालीन शाही नेपाली सेनाले कठालोमा समाएर बाहिर ल्यायो र बन्दुकको नालले आँखामा हिर्कायो । उनी सम्झिन्छन्– ‘मेरो देब्रे आँखामा बन्दुकको नालले हानेपछि मलाई त्यहाबाट उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइयो, त्यहाँ आखाँमा पट्टी बाधियो ।’ 

Vianet communication
Laxmi Bank

उनलाई त्यहाँबाट फेरी एम्बुलेन्समा भैरहवा लगियो । भैरहवामा करीब ४ दिनसम्म राखेर पनि आखाँको उपचार सम्भव नभएपछि काठमाडौं तिलगंगामा लगियो । तर उनको एउटा आँखा कामै नलाग्ने गरी बिग्रियो । करीब २ महिना जति अस्पतालमा बस्दा करीब ८० हजार रुपैयाँ खर्च भयो । २ महिनापछि उनी बुटवल फर्किए । तर एउटा आँखाको ज्योति सदाको लागि गुमाए । 

अहिले बुटवल–११ मिलनचोकमा रहेको बुटवल टुर्स एण्ड ट्राभल्स सञ्चालन गरिरहेका श्रेष्ठ भन्छन्, ‘आन्दोलन सफल भयो । देशमा राजनीतिक परिवर्तन भयो । तर आर्थिक विकास हुन सकेन ।’

उनलाई पछि सरकारले ४ लाख रूपैयाँ दियो । सोही रकमले बुटवलमा ट्राभल्स एजेन्सी सञ्चालन गरेका हुन् । उनले थपे, ‘देशमा परिवर्तनको लागि आन्दोलनमा होमिएँ । एउटा आँखाको दृिष्ट गुमाएँ, तर साहस गुमाएको छैन । यसैबाट मैले परिवार चलाएको छु ।’

लोकतन्त्र स्थापनापछि सरकारले ६० प्रतिशत घाइते भएको प्रमाणपत्र दिएको थियो । केही राहत रकम पनि दियो ।  ‘पहिलाको खर्च पनि  सरकारले नै व्योहोर्‍यो, केही रकम दिएको थियो त्यही ल्याएर टूर्स एण्ड ट्राभल्स खोलेँ, अहिले आफ्नो दैनिकी यसैबाट चलेको छ,’ उनले भने ।

रूपन्देहीमा जनआन्दोलनको नेतृत्व एमाले नेता विष्णु पौडेल, कांग्रेस नेता बालकृष्ण खाँण, अब्दुल रज्जाक, भोजप्रसाद श्रेष्ठ, शिव सुवेदी, रामचन्द्र ढकाल लगायत नेताहरूले गरेका थिए ।

जनआन्दोलनमा पेटमा गोली लागेका बुटवल–११ का कुमार थापा अहिले काठमाडौंमा छन् । बुटवल–९ इँट्टा भट्टी घर भएका सागर गुरूङको पनि पेटमा गोली लागेको थियो । जनआन्दोलनमा मुख्य घाइते श्रेष्ठ, थापा र गुरूङ हुन् ।

जनआन्दोलनमा होमिएका अनेरास्ववियुका विद्यार्थी फाँट प्रमुख बाबुराम पन्थीले जनआन्दोलनमा जनताको सहभागितालाई सम्झेर परिर्वतनको अनुभूति हुने गरी अब देशको विकास हुनुपर्ने बताउँछन् ।

उनले भने, ‘जनआन्दोलन सफल बनाउन रूपन्देहीको ठूलो योगदान छ । यहाँका जनताले आफ्नो ज्यानको कुनै प्रबाह नगरी सडकमा उत्रिए । देशमा परिवर्तनमा पनि आयो । मुलुक अब आर्थिक सवलीकरणतर्फ जानुपर्छ ।’

पत्रकार महेन्द्र थापाले रूपन्देहीका ९५ प्रतिशत जनताले जनआन्दोलनमा साथ दिएको बताउँछन् । उनले भने, ‘सात दल सडकमा देखिए माओवादीले खुलारूपमा नदेखिएपछि पछाडिबाट दबाब सिर्जना गर्‍यो । यहाँका ९५ प्रतिशत जनता अन्दोलनलाई सफल बनाउन सडकमा उत्रिएका थिए । थापाले जनआन्दोलनमा सामान्य घाइते समेत भएका थिए ।

जनआन्दोलन २०६२/०६३ उत्कर्षमा पुगेका बेला बुटवलका विभिन्न व्यक्तिहरू तथा राजनीतिक दलहरूले जनआन्दोलनको नाममा लाखौँ रुपैयाँ जम्मा गरिएको थियो । उक्त रकम के कति खर्च गरियो र कति रकम अहिले पनि बाँकी छ जनकारी छैन । तत्कालीन ७ राजनीतिक दलहरूको सहभागितामा बुटवलमै गठन गरिएको अर्को राहत कोषको रकम पनि के कति रहेको छ भन्ने बारेमा जानकारी नै छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x