×

NMB BANK
NIC ASIA

'तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडक धुलो नउड्ने हुन्छन् !'

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ११ वैशाख -प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गर्नुभएको छ । 

मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।” 

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्योे’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ । आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु ।” 

‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।” 

कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राख्नुभयो । 

जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम छ भन्नुभयो । 

महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । 

सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पार्कको साँचो हस्तान्तरण गर्नुभयो भने उक्त साँचोलाई शाक्यले बाटिकाका कोषाध्यक्ष सुमित्रा कडरिया खरेललाई हस्तान्तरण गर्नुभयो । 

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । पार्कमा मदन भण्डारीको पूर्ण कदको शालिक तथा आकर्षक रुख बिरुवासहितका बगैँचा रहेको छ । उक्त पार्कको रु तीन करोड २२ लाखको लागतमा बनाइएको हो । रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x