×

NMB BANK
NIC ASIA

श्रीमतीको निधनपछि चिन्ताले बिरामी परे अमेरिकी पूर्वराष्ट्रपति बुस

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङटन, ११ वैशाख -आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । 

रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ । 

सचिवालयद्वारा जारी वक्तव्यमा अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको हो । 

उहाँकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिबार अन्त्येष्टि गरिएको थियो । उहाँको गत मंगलबार ९२ वर्ष उमेरमा निधन भएको थियो । 

उहाँको अन्तिम विदाई समारोहमा चार जना पूर्वराष्ट्रपति सहभागी हुनुभएको थियो । बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उहाँका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुनुहुन्छ । 

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उहाँका छोरा जर्ज डब्लु बुसकी २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो । 

बारबाराको निधनपछि उहाँका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताउनुभएको थियो । अन्त्येष्टिमा हजारौँको सहभागीता थियो । 

पूर्वराष्ट्रपति बुसलाई हातखुट्टा काँप्ने रोग (पार्किन्सन)ले सताएको छ । उहाँलाई बेला बेलामा निमोनिया पनि हुनेगरेको थियो । 

“अहिले उहाँको उपचारको प्रतिफल सकारात्मक देखिएको र स्वास्थ्यमा सुधार भएको छ,” अधिकारीले भनेका छन् । रासस 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x