×

NMB BANK
NIC ASIA

यस्ता थिए ऐश्वर्या रायका प्रेम प्रसंग

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, — बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय अहिले अभिषेक बच्चनको पत्नीका रूपमा आनन्दपूर्वक जीवन बिताइरहेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनी छोरी आराध्यालाई खेलाउन अनि बच्चन परिवार सम्हाल्न मस्त छिन् । व्यावसायिक र व्यक्तिगत जीवन सन्तुलनमा राख्न उनी सफल छिन् ।

मोडलिङ गर्दाको बेलादेखि फिल्मी करीयरका दौरान ऐश्वर्याको जीवनमा धेरै पुरुष आए । 

शुरुमा त उनी राजीव मूलचन्दानीसँग जोडिइन् । राजीव पनि मोडल थिए र दुवैको भेट फोटोशूटका बेलामा भएको थियो ।

उनीहरूका बीच घनिष्ठता बढ्दै गयो तर पछि राजीवको नाम मनीषा कोइरालासँग जोडियो । अनि राजीव र ऐश्वयाइ छुट्टिए ।

सन् १९९९ मा सलमान खान र ऐश्वर्या राय हम दिल दे चुके सनममा भेट भए । उनीहरूबीच सम्बन्ध झांगिँदै गयो । लगभग दुई वर्षसम्म उनीहरूको रोमान्स चल्यो । 

पछि चाहिँ सलमानले ऐश्वर्यामाथि प्रभुत्व जमाउन खोजे । ऐश्वर्याले अरू कलाकारसँग काम गर्दा पनि उनी शंकाको दृष्टिकोणले हेर्न थाले । 

ऐश्वर्याले शाहरुखसँग खेलिरहेको फिल्म चलते चलतेको सेटमा पुगेर सलमानले तमाशा देखाए । पछि शाहरुखले ऐश्वर्यालाई फिल्मबाटै निकालिदिए । अनि सलमानले ऐश्वर्याको फ्ल्याटमा गएर चिच्याएको कुरा पनि आयो । 

यी सबै कुराले ऐश्वर्यालाई चोट पु–यायो र उनले सलमानलाई छोडिन् । उनले छोडेर गएपछि बल्ल सलमानले उनको महत्त्व बुझे । अहिलेसम्म पनि सलमान ऐश्वर्याको यादमा तड्पिबस्छन् भन्ने चर्चा चल्छ ।

सलमानसँग छुट्टिएपछि एक्ली भएकी ऐश्वर्याले सँगै फिल्म खेल्ने क्रममा विवेक ओबराय भेटिन् । उनीहरूका बीच सम्बन्ध बढ्दै गयो । यो थाहा पाएका सलमानले विवेकलाई खुबै धम्काए ।

विवेकले यो सबै कुरा पत्रकार सम्मेलनमा खुलासा गरे । यही कारणले विवेकको फिल्मी करीयर नै ध्वस्त भयो ।

विवेकले ऐश्वर्यालाई एकदमै धेरै माया गर्ने तर ऐश्वर्याले उनलाई साथी मात्र ठान्ने भएकाले सम्बन्ध टुटेको बताइएको छ ।

पछि ऐश्वर्याले अभिषेक बच्चनसँग गुरु र उमराव जान फिल्ममा खेलिन् । त्यही क्रममा उनीहरूबीचको सम्बन्ध बढ्यो । पछि उनीहरूले सन् २००७ मा विवाह गरे । ऐश्वर्यालाई सेटल हुन मन लागेकाले अभिषेकलाई जीवनसाथी बनाउनुमा भलो देखिन् । वेबदुनियाबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x