×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : आसमै बित्यो भूकम्पपछिका ३ वर्ष, गृह मन्त्रालयबाटै समातिए एसपी

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ बैशाख–२०७२ बैशाख १२ को शक्तिशाली भूकम्पमा घरबार गुमाएका परिवारलाई सरकारले ३ लाख रुपयाँ घर निर्माण अनुदान दिने घोषणा गर्यो । त्यति रकमबाट पीडितले घर बनाउन सक्ने अवस्था थिएन । त्यसैले उनीहरुलाई उपत्यकामा २५ लाख  र उपत्यकाबाहिर १५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरियो । बैंकहरुको उदासिनता र झन्झिटिलो प्रक्रियाले २ प्रतिशत ब्याजमा दिने घोषणा गरिएको सहुलियत ऋण सुविधा अधिकांशले लिनै सकेनन्  । 
भूकम्प गएको तीन वर्षसम्म पीडितहरुको ठूलो संख्या टहरामै छ । कतिपयले निर्माण सुरु गर्न थालेपछि रकम अभावले अल्मल्लिइरहेका छन् । 
सुनकाण्डमा एसपी पक्राउ
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मकवानपुरमा कार्यरत खनाललाई मंगलबार बयानका लागि गृहमन्त्रालय डाकिएको थियो । बयान सकेलगत्तै समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा र्पुयाइएको थियो । छानबिन कमिटीले इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो । स्रोतका अनुसार राउत भने बयान नसकिँदै गृहमन्त्रालयबाट सुटुक्क बेपत्ता भएका थिए ।
नियन्त्रणमा लिइएका खनाल एक वर्षअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । आइतबारमात्र प्रहरीले पूर्वडीआईजी गोविन्द निरौलालाई पनि बयानपश्चात् नियन्त्रणमा लिएको थियो ।
कांग्रेसका युवा केन्द्रीय सदस्यको प्रस्ताव
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई समूहका युवा केन्द्रीय सदस्यले छुट्टाछुट्टै प्रस्ताव पेश गरेका छन् । 
 


Advertisment
Nabil box
Kumari

मंगलबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गगन थापा र नवीन्द्रराज जोशी नेतृत्वमा दुई समूहले छुट्टाछुट्टै राजनीतिक  प्रस्ताव पेश गरेको  हो ।  गगनको नेतृत्वमा ल्याइएको प्रस्तावमा अन्य ५ केन्द्रीय सदस्यको समर्थन रहेको छ भने जोशीको नेतृत्वमा ल्याइएको प्रस्तावमा उनीसहित १५ केन्द्रीय सदस्यको समर्थन  रहेको दाबी गरिएको छ । 
दुई  दस्ताबेजमा पार्टी विधिसम्मत ढंगले सञ्चालन गरिनुपर्ने, गल्ती तथा कमजोरीलाई सच्याउँदै अब चुस्त ढंगले पार्टी सञ्चालन गरिनुपर्ने, केन्द्रीय कार्यसम्पादन समिति विघटन गरी विधानअनुसार नयाँ चयन गरिनुपर्ने, महाधिवेशनको मिति तत्काल बोलाइनुपर्ने लगायत रहेका छन् । 
    प्रस्तावमा  संघीय तह, प्रदेश तह र स्थानीय तहमा नेपाली काँग्रेसको संगठन र भूमिकालाई अझ सशक्त र सुदृढ बनाउनका लागि ‘सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान’ संचालन गर्दै पार्टीको सबै तहहरुमा र विदेश स्थित जनसम्पर्क समितिहरुमा प्रशिक्षण कार्यक्रम गर्नु पर्नेमा जोड दिइएको छ । 
जोशी नेतृत्वको प्रस्तावमा विभिन्न ९ बुँदा  ध्यानाकर्षण गरिएको छ भने गगनको डकुमेन्ट ५१ पन्नामा नेतृत्वको आलोचनादेखि पार्टी कमजोर हुनुसम्मका विविध विषयलाई समेटिएको छ ।

Vianet communication
Laxmi Bank


राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । 


मन्त्रिपरिषद्को बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए । 

बन्द हडताल गर्न नपाइने 

सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को अघिल्लो बैठकबाट भने यातायात क्षेत्रमा देखिएको एकाधिकार अन्त्य गर्ने सन्दर्भमा यातायात सेवा सञ्चालनका लागि कम्पनीमा दर्ता गर्न गराउन निर्देशन जारी गर्ने निर्णय भएको थियो । उक्त निर्णयप्रति यातायात व्यवसायीले असहमति प्रकट गर्दै आएका छन् । 

सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले बताए । 

तिलगंगा आँखा अस्पतालबाट हुँदै आएको आँखाको लेन्स उत्पादन कार्यका लागि सरकारले रु १० करोड अनुदान दिने निर्णय गरेको छ । बैठकले सरकारी पदाधिकारी एवं उच्चपदस्थ कर्मचारीको वैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन गर्न बनेको निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ । सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय पनि भएको राज्यमन्त्री बाँस्कोटाले बताए। 
कैलालीमा सञ्चालित रानीजमरा–गुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय संस्थामार्फत उपलब्ध हुने रु छ अर्ब ८६ करोड ऋण सहायता लिन बैठकले स्वीकृत दिने निर्णय गरेको छ । सरकारले राष्ट्रिय बसोबास व्यवस्थापन आयोग र त्यसका जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग, राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक र चिकित्सा विधेयकसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ
हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्र कागमारा हिमालबाट उनीहरूलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा पाँच महिला र दुईजना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ । 

उनहरू रु अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न गए पनि उनीहरूले यार्सागुम्बा टिप्न नपाएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरी प्रतिव्यक्ति रु १० हजार धरौटीमा छोडिएको छ । 

प्रदेश नं २ का सरकारद्वारा बजेट प्रस्तुत
प्रदेश नं २ को सरकारले चालु आव २०७४–७५ को तीन महिनाका लागि मंगलबार  प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन् ।  

कुल विनियोजनमध्ये चालुतर्फ रु ५७ करोड ८० लाख ३१ हजार अर्थात् ५६ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ रु ४४ करोड २४ लाख ६८ हजार अर्थात् ४३ दशमलव ३६ प्रतिशत रहेको छ । 

प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पूँजीको परिचालन, रोजगारी सृजना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ । 


५० हजार घुससहित पक्राउ
नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । 

मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार फार्मेसी अधिकृत भट्टराईलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरिएको हो । 

उपत्यकाको छ स्थानबाट प्रहरी रिपोर्ट लिन पाइने
नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । 

विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई मंगलबारदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिए । 
ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु
पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा मंगलबार  अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नंको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ । मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नंको स्कुटरमा घर फर्कदै गर्दा टिपरलाई उछिन्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ । 

दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ । 
शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा
संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ । 

अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले लिएका शुल्क फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको हो । 

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुल्क वृद्धि फिर्ता गराउन दवाव दिन ज्ञापनपत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । 

आगामी बुधबारदेखि थालिने विरोध कार्यक्रममा शिक्षा विभागको घेराउ तथा धर्ना कार्यक्रमसम्मको रहेको बर्तौलाले जानकारी दिए । 
आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । 

शेयर बजार दोहोरो अंकले घट्यो
शेयर बजारमा मंगलबार  नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ । 
मंगलबार कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x