×

NMB BANK
NIC ASIA

भूकम्पपछिका तीन वर्षमा कति बने जनताका घर ?

बैशाख १२, २०७५

NTC
Sarbottam
हनुमान ढोका दरबारस्थित गद्दी बैठकको पुनःनिर्माण गरिँदै
Premier Steels
Marvel

काठमाडौँ, १२  वैशाख - भूकम्पपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि तीन वर्षमा एक खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क, चीन, युरोपियन युनियन, विश्व बैङ्क, भारत, अमेरिका लगायतका दातृ निकायको सहयोगमा पुनःस्थापना तथा पुनःनिर्माणका लागि पैसा खर्च गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । 
प्राधिकरणले तेस्रो भूकम्प स्मृति दिवस पारेर मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म एक लाख १९ हजार १८२ घरको निर्माण सम्पन्न भइसकेको छ । भूकम्पमा प्रभावित ३१ जिल्लाका सात लाख ६७ हजार ७०५ लाभग्राही घर निर्माणका लागि छनोट भएका थिए ।
प्राधिकरणले करिब चार लाख ३० हजार ८९ लाभग्रहीले भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेको जानकारी दिएको छ । घर निर्माण गरिरहेका दुई लाख १८ हजार ४३४ लाभग्राहीले आगामी वर्षभित्र घर निर्माण गरिसक्ने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले बताए  । 
काठमाडौँ उपत्यकाका तीन जिल्लाका करिब एक लाख लाभग्राहीमध्ये निकै थोरैले मात्र निजी घर बनाएको प्राधिकरणले जानकारी दिएको छ । सहरी क्षेत्रमा घर निर्माणको लागत अत्यन्तै बढी भएको र सरकारले दिने सहुलियत र निब्र्याजी ऋण सहज तरिकाले उपलब्ध नहुँदा प्रगति कम छ, गोरखापत्रमा खबर छ  । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x