×

NMB BANK
NIC ASIA

भूकम्पले भत्किएको घरमा २२ घण्टा पुरिएका सोनिस के गर्छन् आजकाल ?

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ वैशाख— भक्तपुर कमलविनायकका २६ महिने सोनिस अवाल एक शिशु स्याहार केन्द्रमा भेटिए । भक्तपुर महानगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा खेलिरहेको अवस्थामा हामीले उनलाई भेट्यौं ।

Sagarmatha Cement
Muktinath Bank

विगत एक महिनादेखि उनी उक्त शिशु स्याहार केन्द्रमा दैनिक ६ घण्टा समय बिताउँछन् । खेल्छन् । चकचक गर्छन् । साथीहरूसँग जिस्किन्छन् । शिशु स्याहार केन्द्रका गुरुआमाहरूका अनुसार उनी त्यहाँका सबैभन्दा ‘स्मार्ट’ बच्चा हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


यी तिनै सोनिस हुन्, जो दुई वर्षअघि आजकै दिन (२०७२ साल वैशाख १२) को विनाशकारी भूकम्पमा लामो समयसम्म भग्नावशेषमा पुरिएर बाँच्न सफल भए । भूकम्प जाँदा दुई महिना मात्रै उमेर पूरा गरेका उनी २२ घण्टासम्म भग्नावशेषमा पुरिएका थिए । 


Advertisment
Nabil box
Kumari

‘अहिले त चकचके भइसक्यो, २२ घण्टा पुरिएपछि निस्किँदा पनि मुसुक्क हाँसेको थियो,’ सोनिसकी आमा रश्मीलाले भनिन्, ‘भग्नावशेषबाट निकाल्दा सबैले ताली बजाएका थिए । बाईस घण्टापछि उसलाई सेनाले सकुशल निकालेको थियो ।’

Vianet communication
Laxmi Bank


रश्मीला घरमा चाहिएका सामग्री किन्न पसलतर्फ लागेकी थिइन् । उनी पसल नपुग्दै भुइँचालो आयो । उनका आँखाले बलिया जस्ता देखिने घरहरू ढलेको देखे । आफ्नो पुरानो घर पनि पक्कै भत्कियो भन्ने उनलाई लाग्यो ।

‘दौडेर घर आउँदा घर भत्किइसकेको थियो, बाबु (सोनिस) सुतिरहेको थियो । बाबुलाई हेर है भनेर छोरीलाई अह्राएको थिएँ,’ उनले भनिन्, ‘खोज्दै जाँदा छोरी त दुई घण्टामै सकुशल भेटिई । तर छोरा चाहिँ भेटिएन ।’

भग्नावशेष भित्रैबाट बच्चा रोइरहेको आवाज आएपछि नेपाली सेनाले उक्त ठाउँमा होसियारीपूर्वक खोजी शुरु गरेको थियो । त्यहीँ क्रममा सोनिस भेटिए । 

अँध्यारोमा पुरिएका सोनिस उज्यालोमा निकाल्नेबित्तिकै मुस्कुराए । तत्कालै सेनाले अस्पताल लग्यो । उनलाई केही भएको रहेनछ, सफा गरेर घरमा ल्याइदियो ।


घर भत्किएपछि वासस्थान अभाव भएपनि रश्मीला दम्पतीलाई दुवै छोराछोरी भूकम्पको भग्नावशेषबाट जीवितै निस्किँदा निकै खुशी लागेको थियो । उनीहरूको खुशीसँग धेरैको ध्यान त्यतै खिचियो । भग्नावशेषबाट २२ घण्टापछि जीवितै फेला परेका सोनिस एकाएक ‘स्टार’ बनेका थिए । 

नेपाली सेनाले पनि दुईमहिने बच्चालाई सकुशल उद्धार गर्न सफल भएकोमा त्यो गौरवकै विषय भएको बताएको थियो । 

भग्नावशेषबाट निस्किँदा मुस्कुराएका सोनिस आइतवार लोकान्तर टोली पुग्दा मुस्कुराइरहेकै थिए । एक महिनाअघि मात्रै रश्मीलाले छोरालाई शिशु स्यहार केन्द्रमा लगाएकी रहिछन् ।

‘घरमा साह्रै चकचक गर्न थाल्यो, साथी भएन भने रुन पनि थाल्यो,’ उनले भनिन्, ‘त्यही भएर शिशु स्याहारमा राखेकी छु ।’ सोनिस दिउँसो केही घण्टा त्यहाँ खेलेर घर आउँछन् । रश्मीलाले सामान्य सिलाइ, कटाइको काम गर्छिन् । श्रीमान् टिपर चलाउँछन् ।


रश्मीलाका अनुसार सोनिस सामान्य बच्चाजस्तै छन् । बरू साथीहरूभन्दा बाठा पो छन् । ‘भूकम्पले घरबार त उत्रियो तर छोरालाई सेनाले पढाइदिने भएको छ, छोरीलाई पनि दाताहरूले पढाउनुभएको छ,’ रश्मीलाले भनिन्, ‘बाबुलाई पाँचसम्म बाहिरकै बोर्डिङमा पढाउँछु । त्यो पैसा सेनाले नै तिरिदिन्छ । पछि वीरेन्द्र सैनिक स्कूलमा पढाउने कुरा छ ।’

सेनाले आफ्नौ गौरवस्वरूप सोनिसलाई स्नातक तहसम्म निःशुल्क अध्यापन गराउने वचन दिएको छ ।
सामान्यतया सेनाको स्कूलमा पढ्नेहरू सेनाकै जागिरे बन्ने गरेको उदाहारण छन् । 

त्यसो भए सोनिस पनि ठूलो भएपछि सेनामै पस्छ होला है ? लोकान्तरको जिज्ञासामा रश्मीलाले भनिन्, ‘पारा हेर्दा त त्यस्तै लाग्छ । चकचके छ । जम्प गर्छ । साइकल चलाउँछ । हाइजम्प पनि गर्छ ।’

छोरी सोनियालाई चाहिँ मनकामना केबलकारका रोशनबावु श्रेष्ठले दाताहरू खोजेर निःशुल्क पढाउने व्यवस्था मिलाएका छन् । बोर्डिङमै पढिरहेकी सोनियाको कुनै पनि खर्च घरबाट बेहोर्नुपर्दैन ।


छोराछोरीले पढ्न पाउने भएपनि घरवास चाहिँ उत्रिएको छ । कमलविनायकस्थलमा सानो ठाउँमा रहेको उनीहरूको पुरानो घर भत्किएको छ । अहिले त उक्त घर भएको ठाउँको जग्गा बाटोले खान लागेको रश्मीलाले बताइन् ।
‘चार भाइको घर थियो त्यो, तर भत्कियो,’ उनले भनिन्, ‘अब घर बनाउन त सकिँदैन होला, तर भूकम्पबाट जोगियौं, खुशी छौं ।’


भूकम्पमा पुरिएर रश्मीलाका जेठाजुका दुई छोरीको निधन भएपनि उनको तर्फ चाहिँ केही भएन ।

अहिले उनीहरू भक्तपुरमै कोठा भाडामा लिएर बसिरहेका छन् । *अर्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x