×

NMB BANK
NIC ASIA

भूकम्प संस्मरण

केही घण्टापछि धरहरा चढ्ने सपना ढलेको त्यो दिन

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तीन वर्षअघि सुन्धारामा रहेको ९ तले धरहरा ढलेको दिन आज । त्यो भन्दा पनि नेपालमा विनासकारी भूकम्प आएको दिन । जस्ताले बारेर धरहराको भग्नावशेषलाई संरक्षण दिइएको छ । धरहरा ढलेको तीन वर्ष भइसके पनि मानिसहरू धरहराको समिपमा पुग्न छाडेका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

म पनि जब सुन्धारमा भत्किएर रहेको धरहरालाई नियाल्छु, तब स्मरण गर्छु, भूकम्प गएको कहाली लाग्दो त्यो दिन, अनि धरहरा चढ्ने मेरो योजना भूकम्पले ढालेको त्यो दिन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

...................


Advertisment
Nabil box
Kumari

क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे)ले काठमाडौंको बबरमहलमा रहेको सापफल्चा होटलमा महिला पत्रकारका लागि तालिमको आयोजना गरेको थियो । सोही तालिममा सहभागी हुन म धादिङबाट आएको थिएँ । मजस्तै काठमाडौंसहित अन्य २५ जिल्लाका महिला पत्रकारहरू तालिममा सहभागी भएका थिए ।

Vianet communication
Laxmi Bank

वैशाख ८ गतेबाट शुरु भएको ५ दिने तालिमको अन्तिम दिन थियो, वैशाख १२ गते । तालिमको अन्तिम घडीमा पुगेका थियौं । तालिमका प्रशिक्षक रामकृष्ण रेग्मीले पत्रकारमा हुनुपर्ने गुण र पत्रकार आचारसंहिताको विषयमा प्रशिक्षण दिइरहनु भएको थियो । आयोजक डब्लुडब्लुजेका दिदीहरू १२ बजे तालिम समापन गर्ने तयारी गर्दै थिए । विभिन्न जिल्लाका भए पनि ४ दिनसम्म एकै ठाउँमा बस्दा सबैसँग सामिप्यता बढिसकेको थियो । तालिम सकिए पनि त्यो दिन सापफल्चामै बस्ने व्यवस्था थियो । त्यसैले तालिम सकिएपछि खाना खाएर धरहरा जाने योजना थियो हाम्रो ।

रामकृष्ण सरले दिनुभएको तालिम निकै सान्दर्भिक र रमाइलो पनि थियो । अन्तिम समयमा पनि हामी उहाँको कुरा ध्यानमग्न भएर सुनिरहेका थियौं ।

सापफल्चाको तालिम हलमा रामकृष्ण सरको मात्रै आवज आइरहेको थियो । रामकृष्ण सरले बोलिरहनुभएकै समयमा अर्को अनौठो आवज थपियो, हामी बसिरहेको कुर्ची, अगाडिको टेबल हल्लिन थाल्यो । किन हल्लियो भन्ने दिमागले सोच्न पनि नभ्याउँदै ठूलो आवजमा बेजोडले हामी बसेको घर नै हल्लियो ।

‘सबै टेबलमुनि बसौं’ भूकम्प आयो,’ रामकृष्ण सर चिच्याएर बोल्नुभयो, ‘टेबलमुनि बसौं ! टेबलमुनि !

रामकृष्ण सरको आदेशलाई पालना गर्दै हामी टेबलमुनि छिर्‍यौं । तालिम हल मज्जाले हल्लिरहेको थियो ।

...................

वि.सं. १९९० सालमा ठूलो भूकम्प आएको सुनेको थिएँ । कहिलेकाहीँ सानातिना भूकम्प आउँदा बुबाले थाहा पाउनुहुँदो रहेछ, उहाँले भन्नुहुन्थ्यो, ‘आज भूकम्प आयो ।’ म सोध्थेँ, ‘बुबा कसरी आउँछ भूकम्प ?’ सानोमा बुबालाई गरेको प्रश्न अहिले पनि याद गर्छु । ‘जमिन हल्लिन्छ ।’ बुबाको यो जवाफपछि मनले अनेक प्रश्नहरू जन्माउथ्यो ।

‘कसरी आउँछ होला भूकम्प ? किन हल्लाउछ होला जमिन’ मनमनै आफैसँग बहस  गर्थें । जहिले पनि राति मात्रै किन आएको होला ? बुबाले चाहीँ थाहा पाउने मैले किन थाहा नपाएको होला । म निदाएको बेलामा मात्रै आउन पर्ने भूकम्पलाई पनि !’  मेरो कलिलो दिमागले भूकम्पसँग मनमनै गुनासो गर्थ्यो ।

...................

ओहो ! भूकम्प त यस्तरी पो आउने रहेछ । बच्चा बेलामा आभास गर्न नपाएको भूकम्पलाई त्यतिबेला महसुस गर्दै थिएँ । बुबाले सानोमा भूकम्प आउँदा जमिन हल्लिन्छ भन्नुभएको थियो । कसरी हल्लिँदै छ भनेर टेबलमुनिबाट टाउको बाहिर निकालेर हेरेँ । हामी दुईतला माथि थियौं । जस्ताको छानो थियो, तालिम हलको । जस्ता पनि भूकम्पसँगै नाचिरहेको थियो ।  सिलिङ फ्यान हल्लिँदा–हल्लिँदा झर्न लागिसकेको थियो । हामी माथि यो टेबल पनि हल्लिने प्रतिस्पर्धामा सहभागी भएको थियो ।

मैले टेबलमुनि छिरेरसँगै रहेका साथीहरूलाई हेरेँ । केही साथीहरू म जस्तैगरी भूकम्पको गतिविधिलाई नियाल्दै थिए । निरन्तर अनौठो लाग्ने आवजमा जमिन यताउता गरेर हल्लिन थालेपछि केही साथीहरू रुन शुरु गरिसकेका थिए । भूकम्पमा बजिरहेका टेबल, फ्यान र अन्य सामानसँगै साथीहरूको आवज पनि मिसिन थाल्यो ।

अघिसम्म भूकम्पको आभासमा रमाइरहेको मनमा कताकता डर पस्न थाल्यो । भूकम्पको कम्पनसँगै मनको धडकन पनि बढेको थियो । भूकम्पको कम्पन्न विस्तारै कम हुँदै गयो । हामी सबैजना तालिमहलको बाहिर निस्कियौँ । होटलको आँगनमा अरु धेरै जना उभिएका थिए । हामी पनि त्यहीँ उभियौं । मोवालाइमा नेटवर्क थिएन । होटलवालाले ठूलो स्वरमा रेडियो नेपाल बजाए । हामी होटलको आँगनमा उभिएर रेडियो सुन्न थाल्यौं । 
आयो ! आयो ! फेरि आयो । जमिन हल्लिन थालेपछि सबै चिच्याउन थाले । डरले सबैको अनुहार कालोनिलो भएको थियो । केही साथीहरू रुँदै थिए ।

एकैछिनमा रेडियो नेपालले फुकिहाल्यो, सुन्धाराको धरधरा ढल्यो, अरु थुपै्र मन्दिरहरू भत्किएका छन् । नेपालमा ठूलो भूकम्प आयो भन्ने हल्लाखल्ला शुरु भयो । काठमाडौं ध्वस्त भएको छ । गाउँघरमा पनि केही बाँकी छैन भन्ने हल्लाखल्ला शुरु भयो । आकाशमा हेलिकप्टर उड्न थालेको थियो । जमिन बेलाबेलामा हल्लिँदै थियो ।

हल्लाखल्लाकै बीच कसैले सुनाए, भूकम्पको केन्द्रबिन्दु धादिङ हो अरे, धादिङमा सबै ध्वस्त भएको छ रे ! मन झसङ्ग भयो ।

घर सम्झिएँ । बुबा, दिदी, भाइ अनि अरु आफन्तहरू कहाँ होलान् ? कतै केही त भएन मन निकै डरार्‍यो । होटलमा रहेको दुईवटा फोन चलेको थियो । तर रुने साथीहरूको पहिला पालो थियो । बल्लतल्ल पालो आयो, तर घरमा फोन लागेन ।

पोखरामा हुनुभएको दाइलाई फोन गरेँ । पोखरमा केही नभएको तर घरमा फोन लागेन भन्ने सुनाउनुभयो दाइले । घरमा के भयो भन्ने मात्रै चिन्ता लाग्यो । बेलुकामा बल्लतल्त फोन लाग्यो ।

बुबाले मलिन आवजमा घर भूकम्पले भत्किएर गाउँका सबैजना खेतमा एकैठाउँमा रहेको बताउनुभयो । बुबाको मलिन आवजले मेरो आँखा रसायो । सबैजना सुरक्षित रहेको खबरमा खुशी हुँदै बुबालाई सम्झाएर भोलिबिहानै घर फर्किने बताउँदै फोन राखेँ । सानोमा बुबाले भन्नुभएको भूकम्प र यो भूकम्पमा धेरै फरक थियो । मैले कल्पना गरेकी थिइनँ ।

धरहरा चढ्ने योजना तुहियो

धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गर्न लगाएका थिए भन्ने पढेको थिएँ । त्यतिबेला भीमसेन थापाले सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउन धरहरा बनाएका थिए रे ! वि.सं. १९९० भन्दा पहिला यसमा ११ तला थियो ।

यसको बार्दली नवौं तलमा रहेको थियो, तर १९९० माघ २ मा आएको भुकम्पले भत्काएर ९ तल्लाको बनेको थियो । काठमाडौंमै बस्नेहरूका लागि धरहरा चढ्नु सामान्य कुरा थियो । तर मैले धरहरको इतिहास मात्रै पढेको थिएँ । धरहरालाई नजिक पुगेर हेरेको र धरहराको सिँडीहरू चढेको थिइनँ । तालिम सकिएपछि धरहरा चढ्ने सपना अधुरै रह्यो । वैशाख १२ गते विहान ११ः ५६ मा आएको भूकम्पले धरहरा ढालिदियो ।

ढलेकै धरहरा र भूकम्पपछिको काठमाडौं हेर्न हामी होटलबाट निस्कियौं । काठमाडौंको वातावरण उराठलाग्दो थियो ।  टुँडीखेलको चौरमा मानिसहरू ज्यान जोगाउन बसेका थिए । धरहरा परिसरमा हामी पुग्दा धरहरा हेर्न पुगेका मानिसको भीड सम्हाल्न सुरक्षाकर्मीलाई निकै सकस परेको देखिन्थ्यो ।

त्यो दिन धरहरा चढ्ने योजना थियो, तर हाम्रो योजनालाई भूकम्पले असफल बनायो । धरहरा ढल्दा धरहरामा चढेका धेरैको ज्यान गयो । मन झस्कियो, हामी धरहरामा भएको समयमा भूकम्प गएको भए हामी पनि बाँच्ने थिएनौँ ।

मानिसको निकै भिडभाड थियो । भत्किएको धरहरा पनि हेर्न पनि सक्ने अवस्था थिएन । डर र त्रासले थाकेको मन र शरीर सिथिल बन्दै गएको थियो । त्यसैले हामी बबरबहल फर्कियौँ । भूकम्पको कम्पन र मनको त्रास रोकिएको थिएन । भूकम्प गएको रात होटलको आँगनमा बसेरै बितायौँ ।

...................

२०७२ साल वैशाख १२ गतेको भूकम्पले ढालेको धरहरा अहिलेसम्म उठेको छैन । भत्किएर बसेको धरहरालाई जस्ताको बारभित्र संरक्षण दिएर राखिएको छ । ढलेकै धरहराको परिसरमा पुगेर अहिले पनि मानिसहरू धरहराप्रति श्रद्धा भाव प्रकट गरिरहेका हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x