×

NMB BANK
NIC ASIA

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने–अर्थमन्त्री डा खतिवडा

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ वैशाख - जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ । 

सप्रोस नेपाल नामक सामाजिक संस्थाको आयोजनामा आजदेखि यहाँ शुरु भएको ‘नेपाललाई हरियाली बनाउँ’ अनुगमन सम्मेलनमा जैविक कृषि बालीको उत्पादनमा नवीकरणीय ऊर्जाका स्रोत साधनको उपयोग गरी बजारको विकास, विकास र व्यवस्थापन गरी बजारलाई उत्पादक समक्ष नै पर्यावरणीय पर्यटकको माध्यमले पु¥याउन सकिनेमा सहभागी वक्ताहरुले धारणा राख्नुभयो । 

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि र जलवायु परिवर्तनको समस्या न्यूनीकरण गरी गरिवी निवारणमा सरकारले जोड दिएको बताउनुभयो । 

उहाँले साधारण, सुलभ र उपयोग गर्न सकिने प्रविधिको विकासले नयाँ रोजगारीका अवसरको सिर्जनाको साथै उत्पादकत्वमा वृद्धि भई समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्नुभयो । 

संघीयताको कार्यान्वयनसँगै निर्वार्चित स्थानीय, प्रदेश र संघीय सरकारहरु मुलुकको पुनर्निमाणतर्फ अग्रसर भएको बेला उपलब्ध स्रोतसाधनलाई हरित राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने आवश्यकतामा अर्थमन्त्रीले जोड दिनुभयो । 

सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जैविक कृषि, नवीकरणीय ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा गरिने स–साना लगानीबाट स्थानीय समुदायलाई कसरी लाभान्वित बनाउने भन्नेबारे सहभागीबाट अनुभव आदानप्रदान गरिने बताउनुभयो । 

सो अवसरमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक भालेरिया जुलियाण्डले दिगो विकास लक्ष्यहहरुमार्फत अन्तराष्ट्रिय मापदण्डअनुसार ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो । 

साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले कृषकलाई लाभान्वित गर्न विभिन्न कृषि सहकारीमार्फत गरिएको लगानी निकै प्रभावकारी भएकाले आगामी दिनमा पनि प्रविधि र लगानीलाई सँगैसँगै लैजाने बताउनुभयो । 

अर्थविद् डा विनायक भद्राले नवीकरणीय ऊर्जाको आर्थिक पक्षकबा बारेमा कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिमा आएको लागत गिरावटसँगै यातायात र खाना पकाउन नवीकरणीय ऊर्जाको प्रयोगले विस्तारै परम्परागत र जैविक ऊर्जाको प्रयोग कम हुँदै जाने बताउनुभयो । 

सम्मेलनमा भोकमारी जस्तो जटिल समस्याको अन्त्य गरी खाद्य सुरक्षाका विषयलाई व्यवस्थित बनाउने, महिला तथा युवा सशक्तीकरणका विषय, दिगो विकास लक्ष्यप्राप्त गर्नेलगायत विविध विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । मुलुकमा गरिबी न्यूनीकरणका लागि सूचना प्रविधिको उपयोग गरी पर्या–पर्यटन (इको टुरिज्म), नवीकरणीय ऊर्जा, प्रांगरिक खेतीलगायत क्षेत्रमा गरिएका लगानी त्यसबाट प्राप्त भएका उपलब्धिबारे पनि सम्मेलनमा छलफल हुनेछ । 
भोलिसम्म सञ्चालन हुने सो सम्मेलनमा करीब २०० जनाको सहभागिता हुनेछ । 

सप्रोस नेपालले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, र तनहुँका विभिन्न गाउँपालिकामा भूकम्पका कारण विस्थापित भएकालाई पुनःस्थापना गराउन विभिन्न व्यावसायिक सीप तथा तालीम उपलब्ध गराएको जनाइएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x