×

NMB BANK
NIC ASIA

पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, १२ वैशाख-धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाले । 

Muktinath Bank

सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निःशुल्क उपचार गरेपछि उनले आँखा देख्न थाले । अहिले पुरानै पेशा माछा मारेर आफ्नो गुजारा गर्दै छन् माझी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सल्यानटारको नर्सिङधाम आँखा उपचार केन्द्रका नेत्र सहायक रामबाबु कँडेल भन्छन्, “दुई दिनअघि भेट भएको थियो, उहाँ मजाले माछा मार्दै हुनुहुन्छ ।” पुरानै पेशामा फर्किएको देख्दा खुशी भएको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

चैतको २० गते चितवनको पदमपुरमा आँखा शिविर हुँदा धेरै वृद्धवृद्धामा मोतियाविन्दु देखियो । पूर्वी चितवनको पदमपुरकी ५२ वर्षीया चित्रकुमारी चौधरी, ६५ वर्षीया खुंकी थरुनी, रुपमायाँ तिमिल्सिना, ६२ वर्षीया फगुना महत्तो, ६५ वर्षीया न्याउरी महत्तो, ६८ वर्षीया राती महत्तोलगायत नौ जनाको पनि भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी आँखा देखाएर पठायो । 

Vianet communication
Laxmi Bank

“असहाय र गरीबलाई हामी खोजीखोजी ल्याउँछौँ र उपचार गर्छाैं”, नेपाल नेत्रज्योति संघका सदस्य केशव अधिकारीले भने, “कहीँ कतै फेला परे ल्याइदिए हुन्छ, उहाँहरूलाई आँखा देखाएर पठाउँछौँ ।” 

गएको चैत महिनामा पनि चितवनको देवघाटमा बस्ने १२ जना वृद्धवृद्धाको उपचार भयो । उनीहरूको आधा रकम नेत्रज्योति संघ चितवनका कार्यवाहक सभापति कृष्णराज धरेलले सहयोग गरे । आधा रकम भने अस्पतालले सहयोग गरेर उनीहरू आँखा देख्ने भएर फर्किए । 

कालिका नगरपालिकाका ८० वर्षीय टनबहादुर परियार होस् या खैरहनीका ६० वर्षीय मनकुमारी चौधरी, भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेपछि अहिले आँखा देख्ने भएका छन् । उनीहरूका लागि हातबाट शल्यक्रिया गर्दा रु ६ हजार ८१० लाग्छ मने आधुनिक मेसिनबाट गर्दा रु १२ हजार ६१० पर्छ । यति रकम जुटाउन धौधौ पर्नेहरूले निःशुल्क सेवा पाउँदा खुशी हुने गरेका छन् । 

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे भन्छन्, “मोतियाविन्दु भएर आएका बिरामीलाई पैसा छैन भनेर हामी फिर्ता पठाउँदैनौँ ।” उनका अनुसार अन्य बिरामीलाई समेत सहुलियतमा सेवा दिने गरिएको छ । 

अघिल्लो वर्ष भरतपुर आँखा अस्पतालले तीन हजार ५२२ जना विपन्नको आँखाको शल्यक्रिया गरेको छ । त्यसमा दुई हजार १६ जनाले निःशुल्क सेवा पाएका छन् भने एक हजार ५०६ जनाले ५० प्रतिशत छुटमा सेवा पाएका छन् । 

अघिल्लो वर्ष अस्पतालमा एक लाख सात हजार ५३९ जनाको आँखा परीक्षण भएको थियो । जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित नौ वटा आँखा उपचार केन्द्रमा २८ हजार ५६ जनाले सेवा पाएको र विभिन्न आँखा शिविरबाट २४ हजार ७७६ जनाले सेवा पाएको तथ्यांक आँखा अस्पतालसँग छ । कूल गरेर एक लाख ६० हजार ३७१ जनाले सेवा पाएको सूचना अधिकारी घिमिरे बताउनुहुन्छ । त्यसमा सात हजार ४२३ जनाको शल्यक्रिया भएको तथ्यांक छ । 

नेपाल नेत्रजयोति संघले विभिन्न तालीम, जानकारी तथा प्रशिक्षणका कार्यक्रमसमेत गरेर आँखा सुरक्षाबारे जानकारी दिने गरेको संघका कार्यवाहक सभापति कृष्णराज धरेल बताउँछन् ।

देशमा ३८ वटा शाखा भएको नेत्रज्योति संघबाट देशका विभिन्न क्षेत्रमा १८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । ८० वटा बढी आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । 

संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के नेपालमा आँखाका बिरामीमध्ये ९० प्रतिशतलाई संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट सेवा दिने गरिएको दाबी गर्छन् । ती अस्पतालमा सेवा प्रभावकारी र सस्तो भएकाले भारत, बंगलादेश र भुटानका बिरामी समेतले उपचार लिने गरेको मास्के बताउँछन् ।

उनले सरकारले गर्न नसकेको काम दाताहरूको सहयोगमा गरिरहेको बताए । ठाउँठाउँमा आँखा बैंकसमेत शुरु गरेको संघले गएको एक वर्षमा देशभर गरेर कूल दुई करोड ७७ लाख ३२ हजार १८६ लाई ओपिडी सेवा दिएकामा ३७ लाख २८ हजार ६२२ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x