×

NMB BANK
NIC ASIA

बिरामीको उपचार गर्नुपर्ने ‘अञ्चल अस्पताल’ आफैँ बिरामी

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भीमदत्तनगर, १२ वैशाख-सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । 

Muktinath Bank

अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको उदाहरणसम्म छैन । पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण यहाँबाट बिरामीले गतिलो उपचार पाउन सकेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलाबखतमा हुने गरेका अस्पतालभित्रका लापरबाहीलगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासन बीचको तीक्तताले प्रचारबाजी पाउँदा अन्यत्रबाट चिकित्सक यहाँ आउनसमेत नमान्ने गरेको कार्यरत कर्मचारीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

महाकाली अञ्चल अस्पतालका प्रवक्ता केशव अवस्थीले अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी रहे पनि हाल दश जना मात्रै कार्यरत रहेको बताए । “अस्पतालले दरबन्दी अनुसारको चिकित्सक कहिल्यै पाएन”, प्रवक्ता अवस्थीले भने, “मन्त्रालयबाट चिकित्सक नपठाएको पनि धेरै भइसक्यो ।” 

Vianet communication
Laxmi Bank

उनले चिकित्सक कञ्चनपुर सुगम जिल्ला भएका कारण आउन नचाहने गरेको बताए । “दुर्गम जिल्ला भएको भए चिकित्सक बस्थे होला”, उनले भने, “सबै पूर्वाधार र व्यवस्थापन भए पनि चिकित्सक ल्याउन सकिएन ।” 

दैनिक एक सयदेखि १५० जना बिरामी सेवाका लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा स्त्रीरोग, हाडजोर्नी र जर्नल फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । “स्थायी दरबन्दीमा तीन जना चिकित्सक कार्यरत छन्”, उनले भने, “विकास समितिबाट पनि तीन जना चिकित्सक राखेर सेवा दिइरहेका छौँ ।” 

केही समयअघि अस्पतालमा जडान गरिएको आइसियु सेवासमेत दक्ष जनशक्तिकै कारण थला परेको छ । अस्पतालले सामाजिक सेवा इकाइबाट अति विपन्न र गरीब परिवारका सेवा लिन पाउने बिरामीलाई दिने औषधिसमेत तीन महिनादेखि पूर्ति हुन सकेको छैन । 

अस्पतालको अवस्था बुझ्न आउने धेरै स्वास्थ्यमन्त्री र सम्बन्धित निकायका उच्च तहका पदाधिकारीले अस्पतालको स्तरोन्नति गरिने आश्वासन दिने गरेको भए पनि अस्पतालले सामान्य बाहेकका सेवा अझै उपलब्ध गराउन सकिरहेको छैन । 

अस्पतालसित पूर्वाधार र उपकरण भए पनि विशेषयज्ञ चिकित्सकको अभावकै कारण अस्पतालको सेवा प्रभावकारी बन्न नसकेको भीमदत्तनगरका स्थानीयवासी मदन चन्दले बताए । स्वास्थ्य मन्त्रालयले आवश्यकताअनुसार उपकरण खरीद गर्न दिए पनि अस्पतालको सेवा विस्तार गर्न चिकित्सक दरबन्दीअनुसार बढाउनुपर्नेको चन्दको जोड छ । 

सामान्यबाहेक अन्य बिरामी सीमावर्ती भारतीय बजारका अस्पतालसँगै धनगढी, कोहलपुर, नेपालगन्जका साथै काठमाडौँसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता हट्न सकेको छैन । 

दलीय आस्थाका आधारमा आउने अञ्चल अस्पताल विकास समितिको नेतृत्व अस्पतालको सुधारका लागि लाग्नुका साथै स्वास्थ्य मन्त्रालयमा चिकित्सक माग गर्न थालेको पनि धेरै समय भइसक्यो । तर अस्पतालमा आउने चिकित्सक थोरै समयमा सरुवा हुँदा पनि अस्पतालले सेवा दिन सकिरहेको छैन । अञ्चल अस्पतालले सामान्य खालका शल्यक्रिया, ज्वरो, रुघाखोकी, सामान्य चोटपटकबाहेक सघन खालको बिरामीको उपचार नगरेको दशक नाघिसक्यो । 

अस्पतालबाट वितरण हुने औषधिसमेत अभाव रहेको बताउँदै प्रवक्ता अवस्थीले औषधिका लागि माग फारम भरेर धनगढी पठाइएको जानकारी दिए । स्थानीय तहको निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म उम्मेदवार रहेका राजनीतिक दलका नेताहरुले अस्पतालको सुधार चुनावी प्रचारको एजेण्डा बनाए पनि निर्वाचनपछि नेताहरुको ध्यान त्यहाँ जान सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x