×

NMB BANK
NIC ASIA

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- प्रचण्ड

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, १२ वैशाख-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् ।

Muktinath Bank

नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष दाहालले भने, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरू एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरूको विकास पूर्ण हुनेवाला छैन ।” 


Advertisment
Nabil box
Kumari

अध्यक्ष दाहालले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनुपर्ने बताए । पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उनले बताए । 

Vianet communication
Laxmi Bank

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताए । आठ/दश वर्षमात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको दाहालले बताए । 

७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै उनले स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको बताए । संवैधानिक रुपले, राजनीतिक रुपले, हरेक दृष्ट्रिकोणले नेपालमा अब स्थिरता कायम भएको उनले बताए । उनले भने, “कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ठाउँ छैन, सबै मूलधारतर्फ केन्द्रित हुनुपर्छ”। 

कार्यक्रममा उनले शिक्षा स्वास्थ्य र रोजगारी जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले यसलाई विशेष जोड दिने बताए । नेपाल नेत्रज्योति संघले स्वास्थ्य, शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उनले प्रशंसा गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x