×

NMB BANK
NIC ASIA

बलात्कारी ‘धर्मगुरु’ आसारामलाई आजीवन जेल सजाय, को हुन् उनी ?

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नाबालिगसँग बलात्कारको अभियोगमा भारतको जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दाषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आसारामसहित शिवा, शरतचन्द्र, शिल्पी तथा प्रकाश पनि यो मामलामा अभियुक्त थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतले शिल्पी तथा शरतचन्द्रलाई २०–२० वर्षको सजाय सुनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रकाश र शिवा भने छुटेका छन् । 

Vianet communication
Laxmi Bank

शरतचन्द्र छिदवाडा आश्रमका निर्देशक थिए जहाँ नाबालिक किशोरीको पढाइ हुने गरेको थियो । 

७७ वर्षका आसारामले जोधपुरको नजिक बनाइएको आश्रममा २०१३ मा १६ वर्षकी किशोरीमाथि बलात्कार गरेका थिए । किशोरीका आमा बुवा आसारामका भक्त थिए । 

एक दिन आसारमको छिन्विाडा आम्रमको स्कूलमा जब किशोरी लडेर घाइते भइन् तब उनका बाबु आमाले आसारको जोधपुरस्थित आश्रममा लागेका थिए । प्रहरीका अनुसार युवतीका आमा बुबासँग किशोरीमाथि भूत प्रेतले सताएको र उनको उपचार बाबाले नै गरिरहेको बताएका थिए । 

प्रहरीका अनुसार जब किशोरी जोधपुरको आश्रममा पुगेत तब आसारामले किशोरीसँग बलात्कार गरेका थिए । 

१५ अगस्ट २०१३ मा आसारामको यौन दुव्र्यवहारपछि किशोरीले यसको उजुरी दिल्लीमा २० अगस्टको दिन दिल्लीको एक प्रहरी स्टेशनमा गरेकी थिइन् । 

यसपद्धि आसारामलाई इन्दोरमा गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि आसारामका समर्थकले भारी हंगामा तथा प्रदर्शन गरेका थिए । 

 को हुन् आसाराम ?

साठीको दशकमा आसारामले लीलाशाहबाट आध्यात्मिक दीक्षा लिएपछि सन् १९७२ मा भारत अहमदाबाद भन्दा लगभद १० किलोमिटर टाँढा मुटेरामा आफ्नो कुटी बनाएका थिए । 

यहीबाट उनको साम्राज्य खडा हुन शुरु भएको थियो । उनको आध्यात्मिक काम विस्तारै विस्तारै गुजरातको शहर हुँदै देशभर नै फैलिएको थियो । फेरि नेपाल लगायत विदेशमा पनि फैलिएको थियो । 

२०१६ मा भारतको आयकर विभागले आसारामको २ हजार ३ सय करोडको अघोषित सम्पत्ति सार्वजनिक गरेको थियो । 

आसारामको विश्वभर ४ सय आश्रम रहेको र त्यसको माध्यमबाट भक्तहरुबाट रकम उठाउने गरेको समाचारहरु सार्वजनिक भएका थिए । 

भक्तले दिएको रकमबाट उनले कारोबार बढाए । त्यसबाट पत्रिका, प्रार्थना पुस्तक, सीडि, साबुन आदीको व्यापार पनि शुरु गरे । 

त्यति मात्र होइन आश्रमको नामममा कयौं एकड जमिन पहि हडपिएको थियो । आश्रमबाट प्रकाशन हुने दुई पत्रिका ऋषिप्रसाद तथा लोक कल्याण सेतुको १४ लाख कपी विक्रिहुने गरेको थियो । जसबाट वार्षिक १० करोड भन्दा धेरै रकम कमाइ हुने गरेको थियो ।

भक्तलाई आकर्षित गर्न आसारामले आफ्नो प्रवचनपछि निशुल्क खाना खाने व्यवस्था समेत गरेका थिए । जसका कारण उनका समर्थकको वृद्धिसमेत भएको थियो । 
आसारामको आधिकारिक वेभसाइटका अनुसार आज विश्वभर उनका चार करोड अनुयायी छन् ।

उनको भक्तको सूचीमा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीका साथ साथ भारतीय जनता पार्टीका लालकृष्ण आडवाणी तथा नितिन गडकरी, नरेन्द्र मोदी जस्ता दिग्गज नेतापनि सामेल छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x