×

NMB BANK
NIC ASIA

दिल्लीका कप्तान फेरिए, युवामा नेतृत्व आउँदा सन्दीपले पाउलान् त खेल्न ? यस्तो छ सम्भावना

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ वैशाख- इण्डियन प्रिमियर लिग (आईपीएल) टीम दिल्ली डेयर डेभिल्सको कप्तान फेरिएका छन् । 

Muktinath Bank

दुई पटकका आईपीएल विजेता (कोलकत्ता नाइट राइडरका लागि) कप्तान गौतम गम्भीरले राजीनामा दिएपछि टीमको नेतृत्व युवा ब्याट्सम्यान श्रेयस अय्यरको काँधमा आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्लीले लिग चरणमा खेलिने कुल १४ मध्ये ६ खेल खेलिसकेको छ । जसमा १ खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुच्छारमा छ।


Advertisment
Nabil box
Kumari

अब अर्को एक खेलमात्र हार्ने हो भने पनि दिल्लीको प्लेअफमा पुग्ने सम्भावना लगभग सकिन्छ ।

Vianet communication
Laxmi Bank

आईपीएलमा यही स्तरको खराब शुरुवात सकारात्मक नतिजामा समापन भएको इतिहास पनि छ । शुरुवाती ५ खेल गुमाएको मुम्बइ इण्डियन्सले त्यसपछिका खेलहरू लगातार जित्दै आईपीएलको उपाधि चुमेको थियो । त्यो एक हिसाबले चमत्कार भन्दा कम थिएन ।

त्यस्तै चामत्कारिक प्रदर्शनले मात्र दिल्लीलाई प्रतियोगितामा फर्काउन सक्ने स्थितिमा गम्भीरले राजीनामा दिएका छन् । व्यक्तिगत प्रदर्शनका हिसाबले अब्बल अय्यरले अब आफ्नो प्रदर्शनलाई निरन्तरता दिने मात्र होइन, सम्पूर्ण टीमको नेतृत्व पनि सम्हाल्नु पर्नेछ ।

दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि आवद्ध छन् । तर उनले अहिलेसम्म प्रतियोगितामा डेब्यु गर्न पाएका छैनन् ।

के गम्भीरको राजीनामा र युवाको काँधमा आएको नेतृत्वले सन्दीपको सम्भावना बढ्छ त ? कप्तान फेरिनुले सन्दीपको सम्भावना बढ्ने देखिँदैन । जारी सिजन खराब प्रदर्शन गरिरहेका गम्भीरलाई अब दिल्लीले बेञ्चमा राख्न त सक्छ, तर उनलाई प्रतिस्थापन गर्ने विकल्प सन्दीप होइनन् । त्यसैले सन्दीपको सम्भावना पहिले जति थियो, अहिले पनि त्यतिमै सीमित छ ।

तर आशा गर्ने ठाउँ भने पछाडि छ । दिल्लीले विदेशी खेलाडीका ४ कोटामध्ये तेस्रोमा कहिले क्रिस मोरिस त कहिले ड्यानियल क्रिस्टियनलाई खेलाइरहेको छ । तर दुवैले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । उनीहरूको खराब प्रदर्शन मात्र सन्दीपलाई टीममा ल्याउन पर्याप्त हुँदैन, किनकी त्यो भनेको अलराउण्डर भूमिका हो ।

अर्कोतर्फ दिल्लीका लेग स्पीनरद्वय अमित मिश्रा र शहवाज नदीमले टीममा प्रभाव जमाउन सकेका छैनन् । मिश्राको प्रदर्शन निकै खराब छ भने, नदीमले औसत खेल देखाएका छन् । 

यस्तो अवस्थामा कुनै भारतीय खेलाडीले मोरिस र क्रिस्टियनले बाँड्दै आएको अलराउण्डरको भूमिकालाई प्रतिस्थापन गर्ने हो भने कहिले मिश्रा त कहिले नदीमले खेल्दै आएको पोजिसनमा सन्दीपलाई मौका हुनसक्छ । आशा गर्ने ठाउँ यही हो ।

सन्दीप प्लेइङ ११ मा पर्नु र नपर्नुमा कप्तान परिवर्तनले तात्विक असर पर्ने देखिँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x