×

NMB BANK
NIC ASIA

औलो नियन्त्रमा केन्द्रीय बजेट ४१ करोड, लक्ष्यअनुरूप घटेका छैनन् बिरामी

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ वैशाख– आज विश्व औलो दिवस ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Muktinath Bank

सरकारले औलो रोग नियन्त्रणको लागि नेपाल सरकारले सन् २००७ देखि नै राष्ट्रिय औलो नियन्त्रण रणनीति बनाएर विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाललाई सन् २०२५ सम्मा औलोमुक्त बनाउने सरकारको योजना छ । सोही अनुरूप सरकारले सरकारी स्वास्थ्य संस्थाहरूमा औलोको निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराएको छ ।


Advertisment
Nabil box
Kumari

औलो रोग नियन्त्रणका लागि सरकारले औलो लागेका बिरामीको खोजी नै गरेर उनीहरूको निःशुल्क उपचार र जोखियुक्त बस्तीहरूमा प्रत्येक तीन वर्षमा निःशुल्क झुल समेत वितरण गर्ने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

महाशाखाका वरिष्ठ स्वास्थ्य प्रसाशक डा. विवेककुमार लालले औलो रोग नियन्त्रणको लागि आर्थिक वर्ष २०७४/७५ को लागि १२ करोडको मात्रै झुल खरिद तथा वितरण  कार्यक्रम रहेको जानकारी दिए । औलो रोग नियन्त्रणका लागि सरकारको केन्द्रीय बजेट मात्रै ४१ करोड रहेको छ ।

सरकारले विभिन्न कार्यक्रम गरी औलो रोग नियन्त्रणमा करोडौं बजेट छुट्याइए पनि औलो रोगीको संख्या भने लक्ष्यअनुरूप घटेको छैन । आर्थिक वर्ष २०७२/७३ मा औलो रोगिको संख्या ९ सय ९१ मात्रै थियो । तर आर्थिक वर्ष २०७३/७४ भने रोगीको संख्या १ सय ३७ बढिरहेको छ ।

‘अघिल्लो वर्षको तुलनामा बिरामीको संख्या बढेको हो,’ महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. लालले भने, ‘आर्थिक वर्ष २०७३/७४ मा बिरामीको संख्या केही बढे पनि तुलनात्मकरूपमा नेपालमा औलो रोग घटिरहेको छ ।’ उनले आगामी वर्षमा औलो रोगीको संख्या घट्न सक्ने बताए ।

स्थानीय भन्दा पनि बाहिरबाट आउने आयातित औलो रोगी बढी रहेको महाशाखाको तथ्याङ्क छ । आर्थिक वर्ष २०७३/७४ मा ११ सय २८ बिरामीको कुल संख्या रहेकोमा ६ सय ३६ जना बिरामी छन् भने स्थानिय ४ सय ९२ रहेका छन् ।

पछिल्लो समय उच्च पहाडी तथा हिमाली जिल्लाहरू जस्तै बाजुराको कोल्टी, मुगुको ह्यालुंगमा औलोको बिरामीहरू देखिन थालेको महाशाखाको तथ्याङ्क छ ।

नेपालको सातै प्रदेशमा औलो रोग देखिएको छ  । जसमा सबैभन्दा बढी सात नम्बर प्रदेशमा औलोका बिरामी छन् । प्रदेश नम्बर सातमा ५ सय ६ जना औलोका बिरामी भेटिएका थिए ।

देश संघीय संरचनामा गएसँगै जनस्वास्थ्यका कार्यक्रमहरू प्रभावित हुनसक्ने डा. लालको भनाइ छ । संघीय संरचनामा स्वास्थ्य क्षेत्रको संरचना तथा कार्यक्रम कार्यान्वयन हुन नसक्दा, सबै स्थानीयतहमा औलो सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावको कारण औलो रोग नियन्त्रण गर्न चुनौती थपिएको डा. लालले बताए ।

‘जिल्ला जनस्वास्थ्य कार्यलयबाट स्थानीय तहमा अधिकार मात्रै गएको छ । त्यहाँ दक्ष जनशक्तिको अभाव देखिरहेका छौँ ।  जिल्ला जनस्वास्थ्य कार्यलयहरू खारेज हुने क्रममा छन्,’ उनले भने,‘ हामीलाई शंका छ आगामी वर्ष तथ्याङ्क नै आउँछ कि आउँदैन ।’

के हो औलो रोग ?

औलो रोग संक्रमित एनोफिलज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । औलो परजीविहरूमध्ये नेपालमा प्लाज्मोडीयम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स जातको रहेको छ । जसमा प्लाज्मोडीयम फाल्सिपारम गराउने औलो रोग बढी जोखिम रहेको चिकित्सकहरू बताउँछन् ।

औलो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । औलो रोग नियन्त्रणको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगको रोकथामको उपाय हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x