×

NMB BANK
NIC ASIA

प्रदेशसभा बैठक बसिरहेको बेला झ्याप्प बत्ति गएपछि..

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देही, १२ वैशाख - प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले विभिन्न सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

Muktinath Bank

बैठकको शून्य समयमा धारणा राख्दै उनीहरुले ५ नं प्रदेशको नामाकरणदेखि पेट्रोलियम पदार्थको अभाव र खनिज पदार्थको चोरी निकासी अन्त्य गर्न माग गरेका छन् । प्रदेशसभा सदस्य सरस्वती गौतमले चिकित्सक सरकारी अस्पतालमा भन्दा निजी क्लिनिकमा व्यस्त भएको उल्लेख गर्दै कृषकलाई मलखाद र बीउबिजनमा अनुदान दिन माग गर्नुभयो । उहाँले भन्नुभयो– “खनिज पदार्थको चोरी निकासी रोक्न नसके त्यसले भयावह अवस्थाको सिर्जना हुन सक्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित प्राचीन पुरातात्विक संरचना बेवारिसे अवस्थामा रहेकाले त्यसका लागि प्राचीन पुरातात्विक बोर्ड गठन गर्न आवश्यक छ भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले सडक विस्तारका क्रममा बुटवललाई कुरुप बनाउन खोजिएको बताउनुभयो । प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडकखण्डको मर्मतसम्भार अविलम्ब शुरु गर्न आग्रह गर्दै चुनढुंगा खानीका कारण त्यस भेगका बासिन्दा धुलो र धुवाँको चेपुवामा परेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले पेट्रोलियम पदार्थको अभावबारे अनुगमन गरी वास्तविकता पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले ५ नं प्रदेशको नाम बुद्धभूमि नामाकरण गर्न अनुरोध गर्दै अर्घाखाँचीका विभिन्न क्षेत्रमा हावाहुरी र आगलागीबाट नौ घर जलेर नष्ट भएकाले पीडितलाई राहतको माग गर्नुभयो । 

प्रदेशसभा सदस्य रमा अर्यालले स्थानीय तहले व्यावसायिक कर, सिफारिश दस्तुर, सम्पत्ति करलगायत विषयमा कर लगाएर व्यवसायीलाई मारमा पारेको बारेमा ध्यानार्कषण गराउनुभयो । 

प्रदेश नं ५ को सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक आज सर्वसम्मतिले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा समक्ष निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतिले पारित भएको हो । त्यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ को सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । 

त्यस्तै मन्त्री केसीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०६ बमोजिम प्रदेश नं ५ को प्रदेश अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । 


प्रदेश नं ५ को प्रदेशसभा बैठक विद्युत् आपूर्तिको समस्याले प्रभावित भएको छ । आजको बैठक शुरु भएलगत्तै केहीबेर स्थगित भएर सञ्चालन भएको प्रदेशसभा बैठकमा अधिंकाश प्रदेशसभा सदस्यले जेनेरेटरको व्यवस्था गर्न माग गरेका थिए । 

प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले प्रदेशसभामा जेनेरेटरको माग गरिरहेको अवस्थामा विद्युत् आपूर्ति सहज भएपछि हाँसो भएको थियो । उहाँले भन्नुभयो, “मैले नबोलेको भए विद्युत् पनि आउदैन्थ्यो ।” प्रदेशसभा सदस्य विष्णु पन्थीले अविलम्ब जेनेरेटरको व्यवस्था गर्न माग गर्नुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x