×

NMB BANK
NIC ASIA

सुनकाण्डमा थप दुई प्रहरी पक्रन सर्कुलर, कहिले के भयो ?

बैशाख १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३ बैशाख- ३३ केजी सुन तस्करीमा अनुसन्धान गरिरहेको छानबिन  समितिको निर्देशनमा दुई बहालवाला प्रहरी अधिकारीलाई पक्रन प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यालय र ७७ वटै जिल्लामा बुधबार दिउँसो आन्तरिक सर्कुलर गरेको छ । एसएसपी श्याम खत्री र ११ गते गृह मन्त्रालयमा बयान चल्दाचल्दै भागेका डीएसपी सञ्जय राउतलाई पक्राउ गर्न यस्तो सर्कुलर जारी गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उच्च स्रोतका अनुसार एसएसपी खत्री केही दिनयता प्रहरी प्रधान कार्यालयसँग सम्पर्कविहीन छन् । खत्रीलाई बयानका निम्ति उपस्थित गराइदिन समितिले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएलगत्तै उनी सम्पर्कबाहिर रहेकाले सर्कुलर जारी गरिएको हो । खत्री तिनै एसएसपी हुन्, जो २०७३ पुस २१ गते विमानस्थलबाट बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीमा पनि मुछिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल भन्सारबाट बाहिरिएको सुन विमानस्थल गोल्डेन गेट हुँदै बाहिरिएलगत्तै समातेको थियो । उक्त सुन पास गराउन एसएसपी खत्रीको समेत संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो । तर खत्रीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए । सुन तस्करीका मुख्य नाइके गोरेसँग एसएसपी खत्रीको नियमित सम्पर्क देखिएको भन्दै अनुसन्धान समितिले उनको खोजी गरेको हो ।


Advertisment
Nabil box
Kumari

कहिले के भयो ?
माघ ९ गते : दुबईबाट भित्रिएको ३३ केजी सुन त्रिभुवन विमानस्थलबाट सेटिङमा बाहिरियो
माघ २२ गते : थाई एअरवेजका वरिष्ठ प्राविधिक सानु वनको विमानस्थलभित्र गुडदै गरेको ट्याक्टरमा ठोक्किएर मृत्यु
१४ फागुन : मोरङ, उर्लाबारीका सनम शाक्य बेपत्ता
१८ फागुन : महानगरिय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेल मोरङ प्रस्थान । टोलीद्वारा शाक्यको शव गाडीभित्र फेला ।
फागुन तेस्रो साता : शाक्यको हत्याबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय विशेष अनुसन्धान समिति गठन ।
२२ चैत : समितिको निर्देशनमा महाशाखाका प्रमुख एसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी मुक्त गर्दै हेडक्वार्टर तानियो
३० चैत : विमानस्थलमा लोडरका रुपमा कार्यरत प्रेमलाल चौधरीद्वारा महानगरीय प्रहरी वृत्त, अनामनगरको थुनुवा कक्षमा पासो लगाई आत्महत्या
चैत अन्तिम साता : अनुसन्धान समितिको निर्देशनमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एअरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतका २५ जना अनुसन्धानका लागि पक्राउ
११ वैशाख : मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनाल बयानपछि नियन्त्रणमा
११ वैशाख : इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको बयान, लगत्तै बेपत्ता
१० वैशाख : महानगरीय अपराध महाशाखामा कार्यरत गजेन्द्र रावल बयानपछि नियन्त्रणमा
९ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेका पूर्व डिआईजी गोविन्द निरौला बयानपछि नियन्त्रणमा
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x