×

NMB BANK
NIC ASIA

३३ किलो सुन प्रकरणमा ट्वीस्ट : गृहको छानवीनमा रहेका डिएसपी एकाएक मोरङमा

बैशाख १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १५ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणको छानवीनमा नयाँ 'मोड' आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

३३ किलो सुन प्रकरण र सोसँगै जोडिएको मोरङका सुन व्यापारी सनम शाक्यको हत्याबारे छानवीन गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ । समितिले अहिले उक्त प्रकरणमा जोडिएका विभिन्न व्यक्तिसँग बयान लिइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले केही वहालवालादेखि पूर्व उच्च प्रहरी अधिकारीसँग बयान लिएर थप छानवीनका लागि हिरासतमा लिन निर्देशन दिएको छ । समितिको निर्देशन बमोजिम प्रहरीले प्रहरीका ३ जना वहालवाला अधिकारी र १ जना पूर्व डिआईजीसहित २७ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

तर घटनामा नयाँ मोड तब आयो, जब सुनकाण्डमा जोडिएका प्रहरी उपरीक्षक (डिएसपी) प्रजित केसी एका–एक जिल्ला प्रहरी कार्यालय मोरङमा पुगे । 

Vianet communication
Laxmi Bank

अपराध महाशाखाको डिएसपी हुँदा सुन काण्डसँग जोडिएको सनम शाक्य हत्याकाण्डमा ‘अनावश्यक चलखेल’ गरेको भन्दै गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको छ । सोही प्रकरणमा जोडिएका कारण केसीलाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाएर गत चैत २२ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो । 

हाल गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको जनाइएको छ । तर उनी शनिवार एका एक जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित भएका छन् । गृह मन्त्रालयको समितिले उनीबारे थप निर्णय नै नगरेको अवस्थामा केसी मोरङ पुगेका हुन् । केसी मोरङ पुग्नुलाई उच्च सरकारी वकिल कार्यालयका केही अधिकारीले घटनामा चलखेलको रुपमा लिएका छन् । 

‘गृह मन्त्रालयको उच्चस्तरीय समितिको छानवीनमा रहेका एक प्रहरी अधिकारी बिनाकुनै जानकारी घटनाको मुद्दा चलाइरहेको प्रहरी कार्यालयमा उपस्थित हुनु आफैंमा विरोधाभाषपूर्ण छ,’ उच्च सरकारी वकिलको कार्यालय मोरङका एक अधिकारीले लोकान्तरसँग भने, ‘डिएसपी केसी मोरङ प्रहरीमा आउनुले पनि घटनामा प्रहरीको संलग्नता कतिसम्म छ भन्ने बुझिन्छ ।’ 

जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार केसीले शनिवार मोरङ जिप्रकामा हाजिर हुन खोजेका थिए । तर उनीसँग कुनै पत्र पनि नभएको र शनिवार बिदाको दिन भएकाले औपचारिक पूरा हुन सकेन । 

घटनाको अनुसन्धान गरिरहेका मोरङ प्रहरीको मुद्दा शाखाका अधिकृतलाई भेटेका केसी त्यसपछि पनि जिप्रकामा रहेको जनाइएको छ । 

प्रहरी स्रोतले डिएसपी केसीसँगै प्रहरीका अन्य दुईजना जवान पनि मोरङ जिप्रका पुगेका थिए । तर उनीहरुको नाम भने खुल्न सकेको छैन । 

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी महानगरीय अपराध महाशाखाको नेतृत्वमा रहेका बेला मोरङमा सनमको हत्या भएको थियो । हत्याका अभियुक्त जोगाउने उद्देश्यले एसएसपी लोहनीसहितको टोली हत्याकाण्डका अभियुक्त खोज्ने भन्दै मोरङ पुगेको थियो । 

मोरङ पुग्नेमा एसएसपी लोहनी, डिएसपी केसी र प्रहरी नायव निरीक्षक सई बालकृष्ण सञ्जेल थिए । गृह मन्त्रालयको समितिले सनम हत्याकाण्डमा सई बालकृष्ण सञ्जेलको संलग्नता रहेकोबारे केही तथ्य फेला परेको भन्दै थप अनुसन्धान गर्न प्रहरी हिरासतमा पठाएको थियो । 

प्रहरीले निलम्बन गरिसकेका सई सञ्जेल अहिले मोरङ प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध र कर्तव्य जानसम्बन्धी मुद्दा दर्ता भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x