×

NMB BANK
NIC ASIA

निजी छाडेर सामुदायिक विद्यालयमा पढ्दै विद्यार्थी, अंग्रेजी शिक्षाका नाममा मनोमानी !

बैशाख १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १६ वैशाख– विराटनगरमा सामुदायिक विद्यालयले अंग्रेजी माध्याममा पढाउन थालेको  ५ वर्ष नाघेको छ । विराटनगरमा पहिलो पटक पोखरिया माध्यामिक बिद्यालयलेसामुदायिक विद्यालयमा आंग्रेजी माध्याम भित्र्यायो । त्यसपछि क्रमश आए नरग्राम, सत्यनारायण, आदर्श, राधाकृष्ण  । यस बर्षदेखि अधिकांश बिद्यालयमा अंग्रेजी माध्यामको ब्यवस्था मिलाउने तयारी भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

अहिले अंग्रेजी माध्याममा पढाउने सामुदायिक विद्यालयहरुले बिद्यार्थीको चाप बढाउन र आकर्षित गराउनको लागि विद्यालयमा निजी बिद्यालयहरुले जस्तै बसहरु पनि किनेका छन् ।  ३ वटा सामुदायिक बिद्यालयमा त स्कूल बसपनि संचालित रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक भीम बस्नेतले भने ‘हामीसँग एउटा गाडी छ अबको केही दिनमै अर्को एउटा गाडीपनि थप्ने कुरा भएको छ ।’ अंग्रेजी माध्याम चलाएका आदर्श, राधाकृष्ण, सत्यनारायण, पोखरिया, नरग्राम मध्ये नरग्राम, आदर्श र पोखरिया स्कूलहरुले बस किनेर विद्यार्थी लिन घर घरै जाने गरेका छन् ।  यी बिद्यालय भौतिक  पूर्वाधारमा अब्बल त छन् नै विद्यार्थीको चाप थेगिनसक्नु  छ । 


Advertisment
Nabil box
Kumari

एकै विद्यालयमा दुई दर्जाका विद्यार्थी !

Vianet communication
Laxmi Bank

यी विद्यालय भौतिक पूर्वाधारमा जतिको अब्बल छन् त्यही अनुपातमा शिक्षालाई पनि अब्बल बनाउँदै लगेका छन्  । तर अंग्रेजी र नेपाली पढ्ने विद्यार्थीमा गरिने व्यवहार भने फरक रहेको अरोप लाग्ने गरेको छ । 
ती सामुदायिक बिद्यालयमा अंग्रेजी माध्याममा भर्ना हुनको लागि परीक्षा दिएर पास भएपछि मात्र पढ्न पाइन्छ । 

यी विद्यालयमध्ये पनि पोखरीया माध्यामिक बिद्यालय अहिले सबैको रोजाईको विद्यालय बन्दै आएको छ । नेपाली माध्याममा मात्र पढाई हुने भएपछि बिद्यार्थीहरु सबै निजी बिद्यालयमा जाने  अनी सामुदायिक बिद्यालयहरु सुनसान हुने अबस्था आएपछि विद्यालयहरु अंग्रेजी माध्याममा प्रवेश गरे । यसै शैक्षिक सत्रको लागि विद्यार्थीको प्रवेश परिक्षा सकिएको छ । अव पोखरिया माध्यामिक बिद्यालयमा चाहेर पनि बिद्यार्थी भर्ना हुन पाउँदैनन्  ।

विद्यालयको लागि आबस्यक कोटा २ सय ११ जना विद्यार्थी भर्नाको लागि ५ सय ४५ जनाले परिक्षा दिएका थिए । यो कक्षा ६ देखि ९ सम्मको अवस्था हो । नयाँ विद्याथी अधिकांश निजी विद्यालयबाट आएका विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताए । 

जिल्लाका अन्य कपिय नाम चलेका सामुदायिक विद्यालयहरुको पठन पाठन अंग्रेजी र नेपाली माध्यमको फरक त छ नै उनीहरुले विद्यालय पोसाकमा पनि एकरुपता छैन । अधिकांश अंग्रेजी माध्यममा पढाउने विद्यालयले नेपाली माध्यमको एकखालको पोसाक र  अंग्रेजी माध्यमको अर्कै खालको गराउँदै आएका छन्  । 


विद्यालयको आफूखुसी निर्णय

यसरी अंगे्रजी माध्यममा पठनपाठन गर्दा विद्यालयले आफूखुशी शुल्क र पोशाक निर्धारण गर्ने गरेका छन् ।  मोरङका कतिपय अंग्रेजी माध्यममा पठनपाठन हुने सामुदायिक विद्यालयले मनोमानी गरिरहेका छन् । जिल्लाकोे अधिकांश सामुदायिक बिद्यालयले विद्यालय सुधारको नाममा रकम लिँदै आएका छन् । वि.स.२०७० सालदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको नरग्राम माध्यमिक विद्यालयमा अंग्र्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुका लागि छुट्टाछुट्टै पोसाक तोकेको छ । 

विद्यालयले लागू गरेको पोसाकमा अंग्रेजी माध्यममा बोर्डिङ स्कुलको आधार बनाईएको छ भने नेपाली माध्यमबाट पठन–पाठन गर्ने विद्यार्थीको फरक पोसाक रहेको छ । जसमध्ये अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीले हरियो पाइन्ट र सेतोमा हरियो धर्का भएको शर्टको ब्यवस्था गरिएको छ भने नेपाली माध्यममा घ्यु रङको शर्ट र खरानी रङको पाइन्टको ब्यवस्था गरिएको छ । 

एउटै विद्यालयमा दुई प्रकारको शिक्षा अनि दुई किसिमको पोसाकसँगै देखिएको विभेदले कसरी सामुदायिक विद्यालयले एकरुपता ल्याउलान् भन्ने चिन्ता अविभावकमा छ । 

विभेदका बिषयमा विद्यालयका प्रध्यानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिलाई जानकारी गराउँदा पनि वेवास्ता गरिएको नरग्राम माध्यमिक विद्यालय शिक्षक  अभिभावक संघका अध्यक्ष होमनाथ तिमल्सिनाले बताए । 

यता विद्यालय प्रशासनले विविध कारण देखाउँदै छिट्टै सच्याउने जानकारी दिएको छ । विद्यालयका प्रध्यानाध्यापक भीम बस्नेतलले अबको दशैंसम्ममा सबै विद्यार्थीलाई एकै प्रकारको विद्यालय पोसाक कार्यान्वयनमा ल्याउने पहल भईरहेको बताए । 

‘हामीले एक्लो निर्णय गरेर यो कार्यान्वयनमा ल्याउन भन्दापनि अभिभावकको सहभागीतामा पोसाकमा एकरुपता होस् भनेर दशैं सम्ममा कार्यान्वयन गर्ने तयारीमा छौं, प्रअ बस्नेतले भने, अहिले तत्काल कार्यान्वयनमा जाँदा अभिभावकलाई नै समस्या आउँछ ।’ सो विद्यालयमा २०७० सालमा ७० जनाबाट शुरु भएको अंग्रेजी माध्यममा अहिले ४ सय ७२ जना बिद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ  । तर त्यो भन्दा बढी नेपाली माध्यममा ७ सय ९८  विद्यार्थी रहेको बिद्यालयले जनाएको छ । 

अंग्रेजी माध्यमको पढाई गरेर फरक फरक पोसाक व्यवस्था गर्नेमा अधिकांश अंग्रेजी माध्यममा पढाउने विद्यालय छन्  । सत्यनारायण, आदर्श तथा पोखरिया स्कुल पनि रहेको सम्बन्धित बिद्यालयका शिक्षहरु बताउँछन् । 

सामुदायिक विद्यालय निःशुल्क कि सशुल्क ? 

टंकी सिनवारीमा रहेको नरग्राम माविले अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका लागि प्रति विद्यार्थी मासिक २ सय देखि एक हजार २ सय सम्म उठाउँदै आएको छ । नर्सरीमा पढ्ने एउटा विद्यार्थीले २ सय मासिक तिर्दै आएका छन् भने कक्षा १० मा पुग्दा त्यही विद्यार्थीले एक हजार २ सय तिर्नु पर्ने नरग्राम माविका प्रधानअध्यापक बस्नेतले बताए । 

विराटनगरमा रहेको सत्यनारायण माध्यमिक विद्यालयले पनि विद्यार्थीहरुबाट विद्यालय विकास सहयोगको नाममा अंग्रेजी माध्यममा पढेका विद्यार्थीबाट रकम लिन्छ । विद्यालय विकास सहयोगको लागि भन्दै प्रति विद्यार्थी १२ हजार देखि १६ हजार वार्षिक रकम विद्यार्थीले विद्यालयमा तिर्नुपर्छ । कक्षा ६ मा बर्षको १२ हजार तिर्नुपर्छ भने कक्षा १० मा पुग्दा इलेक्ट्रिकल इन्जिनियर पढ्नेले १६ हजार विद्यालय विकासको सहयोगमा खर्च गर्नुपर्ने बिद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले बताए । यो विद्यार्थीले तिरेको रकमबाट शिक्षकहरुको अंग्रेजी माध्यममा खर्च हुने विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x