×

NMB BANK
NIC ASIA

१२ किलोमिटर सडक विस्तारमा आधा दर्जन ठेकेदार, कलंकी क्षेत्रमा अझै चार वर्ष धूलो र हिलो !

बैशाख २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ वैशाख– वैशाख–त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक निर्माण सम्पन्न हुनुपेर्न अवधि सकिएको चार महिना पुग्दा पनि सडक निर्माणको काम आधा पनि भएको छैन । 

Muktinath Bank

गत पुस मसान्तसम्ममा निर्माण सम्पन्न हुनुपर्ने उक्त सडकखण्डको निर्माण कार्य ५० प्रतिशत पनि नहुँदा कस्तो गतिमा काम भइरहेको छ भन्ने सहज अनुमानग गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चार लेन,ग्रीन बेल्ट र सडकको दुबैतर्फ साइकल र पैदलमार्ग रहने गरि नक्सा कोरिएको त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ ।  


Advertisment
Nabil box
Kumari

श्वास फेर्न सकस हुने धूलो र दुर्घटना निम्त्याउने हिलोबाट  स्थानीय आजित छन् । खाल्डाखुल्डीका कारण उक्त सडक खण्डको यात्रा सकसपूर्ण छ ।

Vianet communication
Laxmi Bank

सडक विस्तारको काम सम्पन्न हुनुपर्ने म्याद नै सकिएको चार महिना वितिसक्दा पनि उक्त सडकखण्ड विस्तारको काम ४५ प्रतिशत मात्रै सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तारको लागि चार ओटा प्याकेजमा विभिन्न ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । 

१२ किलोमिटर सडक विस्तार गर्न आधा दर्जन ठेकेदार

आयोजनाका प्रवक्ता इन्जिनियर विश्वविजय लाल श्रेष्ठका अनुसार त्रिपुरेश्वरदेखि कलंकीसम्मको साढे तीन किलोमिटर सडक निर्माणको  जिम्मा ठेकेदार कम्पनी बज्रगुरु÷विरुवा÷सि.एम. जेभिले पाएको थियो । 

२०७२ साल असार मसान्तमा ठेक्का लिएको बज्रगुरु/विरुवा/सि.एम. जेभिले २०७४ साल कात्तिक मसान्त सम्ममा उक्त सडक निर्माण सम्पन्न गरीक्नुपर्ने सम्झौता भएको थिया । तर निर्माण सम्पन्न हुनुपर्ने अवधि सकिएको ६ महिना भइसक्दा पनि निर्माण कार्य ४० प्रतिशत मात्रै सकिएको छ ।

यस्तै कलंकी– नागढुङ्गा सडक निर्माणको जिम्मा तीनवटा ठेकेदार कम्पनीले पाएका छन् । जसमा कलंकीदेखि तीन किलोमिटर सडक निर्माणको सम्पूर्ण जिम्मा शर्मा/शैलुङ/कान्छाराम जेभिको छ । उक्त कम्पनीले २०७४ साल असोज मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने भनेर २०७२ साल असार मसान्तमा सडक निर्माणको जिम्मा लिएको थियो ।  

निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको सात महिना हुँदा तीन किलोमिटर सडक निर्माणको काम ३५ प्रतिशत मात्रै पुरा भएको आयोजनाको तत्थ्याङ्क छ । 

कलंकी– नागढुङ्गा सडकको थप तीन किलोमिटर सडक निर्माणको जिम्मा लिएको लुम्बिनी/शैलुङ/साप जेभिले पनि गत असोजमा निर्माण सक्नुपर्नेमा हालसम्म ४० प्रतिशत मात्रै काम गरेको छ ।

यस्तै कलंकी–नागढुङ्गा सडकको  बाँकी ३.१० किलोमिटर सडक निर्माण गत पुस मसान्तमा निर्माण सम्पन्न हुनुपर्नेमा हालसम्म ५० प्रतिशत मात्रै काम सकिएको छ । उक्त सडकको जिम्मा पनि शर्मा/शैलुङ/कान्छाराम जेभिको हो । 

यो पनि पढ्नुहोस्-कलंकी-नागढुंगामा श्वासै रोक्ने धुलो, स्थानीय भन्छन्- ‘सुत्दा पनि मास्क चाहिन्छ’ [भिडियोसहित]

‘हामीले साढे १२ किलोमिटर सडक निर्माणको लागि चारवटा प्याकेजमा ठेक्काको जिम्मा दिएको थियौं,’ आयोजनाका प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो प्रमुख काम गाडी गुड्ने भागमा कालोपत्रे पर्नुपर्ने हो । कालोपत्रे गर्ने तयारी पनि भइरहेको छ । त्रिपुरेश्वर र थानकोटमा कालोपत्रेको काम शुरु गरीएको छ यो असार मसान्तसम्ममा पाँच किलोमिटर कालोपत्रे गर्छौ ।’

निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएपछि आयोजनाले म्याद थपको लागि कार्य अगाडि बढाएको छ ।  आयोजनाले असार मसान्तसम्म ५ किलोमिटर सडक मात्रै निर्माण हुने जनाएको छ । ०७२ सालमा ठेक्का लिएर शुरु भएको काम चार वर्ष हुनै लाग्दा आधा भन्दा कम मात्र सकिएपछि बाँकी आधा काम सक्न चार वर्षंभन्दा धेरै समय लाग्ने अनुमान सर्वसाधारणको छ ।

स्थानीयमाथि दोष लगाएर पन्छिदैं आयोजना

आयोजनाले सडक विस्तारको काम समयमै सम्पन्न हुन नसक्नुमा स्थानीयको दोष रहेको जनाएको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तारमा स्थानीयले अवरोध गरेका कारण सडक विस्तारको काम समयमै सम्पन्न नभएको आयोजनाका प्रवक्ता श्रेष्ठको तर्क छ । 

स्थानीयले सडक विस्तारको लागि घर भत्काउन नदिएको, जग्गाको क्षतिपूर्ति माग गरेको र घरको मुआब्जा थोरै भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि सडक निर्माणले गति नलिएको प्रवक्ता श्रेष्ठले बताए ।

‘सर्वोच्च अदालतले उक्त सडकखण्डको विभिन्न स्थानमा निर्माण कार्य रोक्न स्टे अर्डर जारी गरेको छ । पुरानो थाङ्कोट, सतुंगल,सोल्टीमोड लगायतका ठाउँमा मुद्दा छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘मुद्दा भएको स्थानमा हामीले निर्माण कार्य अगाडि बढाउन सकेका छैनौं ।’ 

स्थानीयले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत असोज दुई गते नै आदेश दिएपनि के आदेश भयो भन्ने जानकारी नपाउँदा समस्या भएको श्रेष्ठले बताए । 

उनले भने, ‘ एक सय भन्दाबढी स्थानीयले हामी विरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमाथि आदेश भएको भन्ने सुनेका छौं तर के आदेश भयो भन्ने अहिलेसम्म जानकारी पाएका छैनौं । त्यसैले हामीले विवाद नभएको ठाउँमा मात्रै काम गरेका छौं ।’

हालसम्म विवाद नभएका स्थानमा मात्रै काम भएको भन्दै श्रेष्ठले त्रिपुरेश्वरबाट एक किलोमिटर र थानकोटमा एक सय मिटर सडक मात्रै पिच भएको श्रेष्ठले जानकारी दिए । 

सडक विस्तारमा स्थानीयको अवरोध नभए अबको एक वर्ष भित्रमा सडक विस्तारको काम सकिने श्रेष्ठले बताए । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले  काठमाडौं उपत्यकामा १० वटा सडकखण्डमा सडक विस्तारको काम गरिरहेको छ । सडक विस्तारका लागि तोकिएको म्याद सकिएको अधिकांश सडकखण्डको काम आधा पनि सकिएको छैन । जसको दोष आयोजनाले स्थानीयमाथि लगाएर उम्कन खोजिरहेको छ  । 

तस्वीर / भिडियो - गगन अर्याल
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x